अध्यक्ष पद दिँदा पनि आचार्य समूह सहमतिमा आएन्ः डा. बद्री केसी, उपाध्यक्ष एनआरएनए

news-details

गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीले असन्तुष्ट समूहलाई समेट्न हदै सम्मको लचकता अपनाइएको बताएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि अध्यक्षका प्रत्यासी समेत रहेका डा बद्री केसीले कुल आचार्य समूहलाई समेटेर लैजाना बहुअध्यक्ष पद सृजना गरेर जना आफु तयार रहे पनि आचार्यले सो पद अस्वीकार गरेको बताए ।

संस्था बिभाजनबाट रोकिन्छ सबै जनालाई एकै ठाउँमा आउने वातावरण बन्छ भने बहुअध्यक्ष बनाऔं भनेर संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरु र अग्रहहरुले प्रस्ताव ल्याउनस भएको थियो थियो मैले सकरात्मक रुपमा लिएको थिए डा. केसी केसीले बताए ।

वर्तमान कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारीमा रहेका डा केसीले सहमतिको नाममा विधानविपरीत कुनै पनि किसिमको सम्झौता नहुने स्पष्ट पारे।

‘संस्था जोगाउन हामी लचककता अपनाउन तयार छौँ। तर, विधि विधानभन्दा एक इन्च पनि पछि हट्दैनौँ,’ शनिबार ओसिनिया क्षेत्रका महाधिवेशन प्रतिनिधिसँग अन्त्तक्रियाका क्रममा उनले भने।

संघको निर्वाचन २४ र २५ मार्चमा अनलाइनमार्फत हुँदैछ। नयाँ नेतृत्वका लागि डा. केसी र अर्का उपाध्यक्ष रवीना थापाको दावेदारी परेको छ। अध्यक्षमा उम्मेदारी दिने चर्चामा रहेका कुल आचार्यले उम्मेदवारी दर्ता गरेनन् ।

यता संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो र पूर्व अध्यक्ष जीवा लामिछानेले आचार्य समूहलाई पनि मिलाएर लैजान अन्तिम प्रयास गरिहरेका छन् ।

आचार्य समूह निर्वाचन प्रक्रियामा सामेल नभइ पावरको आडमा नेतृत्वमा आउन खोजिरहेको डा केसीको आरोप छ। ‘एनआरएनएमा अहिले अति नै धेरै राजनीतिक हस्तक्षेप भयो। नेतृत्वमा आफ्नै मान्छे आए ठिक, नआए सबै बेठिक ?,’ डा. केसीले भने, ‘राजनीतिक पार्टी र सरकारको पावर देखाएर संस्था कब्जा गर्ने दुस्प्रयास कसैले नगरे हुन्छ।’

‘नयाँ विधानमा प्रतिनिधि छनोटको प्रक्रिया यसअघिको भन्दा फरक छ। चुनावको बेला प्रतिनिधि किनबेच गर्ने अवस्था अहिले छैन,’ डा। केसी भन्छन्, ‘प्रोफेशनली जाँदा दलालहरुको पसल बन्द भयो। त्यसैले प्रतिनिधि छनोटमा धाँधली छ भनेर भम्र छरिएको छ।’

पूर्व अध्यक्ष घले समूहका केही व्यक्तिले चुनाव रोक्न अदालतमा समेत चलखेल गरेको उनको भनाइ छ।

कार्यक्रममा संघका महासचिव डा। हेम राज शर्मा संघको नेतृत्वको लागि पहिलो पटक अनलाइन मार्फत निर्वाचन हुन लागे पछि विश्वभरका नेपालीहरु सो मतदानमा भागलिन उत्साहित भएको बताए ।

उनले अष्ट्रिेलिय कम्पनी भेरोले अनलाइन निर्वाचन गराउने जिम्मा लिएको हुँदा मतदान कार्य सफल रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरे ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *