एनआरएनएको लेटरप्याड र लोगो दुरुपयोग गरेको भन्दै उपाध्यक्ष लामालाई कारवाहीको चेतावनी

news-details

गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन तथा विश्व सम्मेलनको तयारी भइरहेको अवस्थामा एनआरएनए उपाध्यक्ष सोनाम लामाले समानान्तर सम्मेलन आयोजना गर्दै भ्रम सृजना गरेकोले सबैलाई सचेत रहन एनआरएनएले अपील गरेको छ ।

एनआरएनए प्रवत्ता डिबी क्षेत्रीले प्रेस विज्ञप्ती जारी गर्दै उपाध्यक्ष लामालाई संघको लेटरप्याड, लोगो लगायत संस्थाका सदस्यहरुको व्यक्तिगत विवरणको दुरुपयोग नगर्न सचेत गराएको छ ।

एनआरएनएले संस्थालाई अहित हुने कुनै पनि गतिविधिमा संलग्न भएमा संघको विधान बमोजिम उपाध्यक्ष लामालाई कारवाहीको प्रकृया अघि बढाइने जनाएको छ ।

संघको महाधिवेशन तथा विश्व सम्मेलनको तयारीको लागि संघका अध्यक्ष कुमार पन्त अहिले काठमाण्डौंमा सकृय भइरहेको अवस्थामा उपाध्यक्ष लामाले समानान्तर सम्मेलन भन्दै पत्राचार गरिरहेका छन् ।

संघको नयां नेतृत्व चयनको लागि निर्वाचनका अधिकांस प्रकृयाहरु सम्पन्न भएर आगामी २४ र २५ तारिख मतदानको गर्ने तयारी निर्वाचन समितिले गरेको छ ।

विज्ञप्तीमा भनिएको छ–‘गैरआवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले संघको बिरुद्धमा सामानन्तर सम्मेलनको आयोजना गरिएको भन्दै भ्रमक पत्राचार गर्ने र बिभिन्न संचार माध्यमलाई गलत सूचना प्रवाह गरेको देखिएकाले त्यस्ता गतिविधि प्रति सचेत रहन् संघका सम्पूर्ण सदस्यहरुलाई अपिल गरिन्छ ।’

विश्वभर छरिएका सम्पूर्ण प्रतिनिधिहरुलाई आगामी मार्च २४ र २५ मा हुने निर्वाचनमा उत्साहपूर्ण सहभागिताको लागि एनआरएनएले अनुरोध गरेको छ ।

यता संघका उपाध्यक्ष लामाको संयोजकत्वमा १० औं महाधिबेशन आयोजक कमिटी बनाएर सक्रिय भइरहेका छन् । एनआरएनए संस्थापन पक्षले समस्या समाधान नगरी एकतर्फि निर्वाचन प्रकृया अगाडि बढाएको आरोप लगाउँदै आएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *