एनआरएनएको एकताका लागि एक कदम पछाडि सरौ :आरके शर्मा

news-details

गैरआवासीय नेपाली संघका (एनआरएनए) सचिव आरके शर्माले एनआरएनएको विभाजनको हल्लामा नलागि एकै ठाउमा बसेर संस्थालाई अझ बालियों बनाउन अनुरोध गरेका छन् ।

संस्थाको हीत र एकताका लागि सबैले एक कदम पछाडि सरेर एकताका लागि अग्रसर हुन शर्माको आग्रह छ । शर्माले एनआरएनएको १० औं महाधिबेशनमा उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । शर्माले सोमबार सामाजिक सञ्जालमा लेख्दै भनेका छन्–‘ म अहिले पनि भन्छु संस्था एक हुन्छ भने म एक कदम पछाडि सर्न तयार छु । मेरो उम्मेदवारी केबल एकता र भाइचाराका लागि हो नकि एकता भाड्ने हो ।’

नेपालीका लागि नेपाली भन्ने मूलनाराका साथ आज भन्दा १९ बर्ष पहिला स्थापना भएको हाम्रो सबैको पवित्र र ठुलो संजाल भएको एनआरएनएमा आज केहि असहज अवस्था आइपरेको उनले उल्लेख गरेका छन् । एनआरएनएले उठाएका धेरै मुद्धा केही हदसम्म सम्बोधन भए पनि अझै धेरै मुद्दा पुरा हुन बाकÞी रहेको शर्माको भनाई छ ।

उपाध्यक्षका उम्मेदवारी घोषणा गर्दै शर्माले यस अगाडि नै आफ्ना प्रतिवद्धता र मुद्धाहरु सार्वजनिक गरिसकेका छन् । उनले भनेका छन्–‘श्रमिकका लागि सामाजिक सुरक्षा कोष, कÞानूनी परामर्श सेवा , नागरिकताका निरंतरता , गोरखाजको सम्मान, लगानीको वातावरण, रेमिटेन्सको सही सदुपयोग, वैदेशिक रोजगारबाट फर्किएकालाई पुनःस्थापन कार्यक्रमलगायतका मुद्दा कार्यान्वयन गर्न आज पनि तपाई हामीको काँधमा जिम्मेवारी रहेको छ ।’

शर्माले अहिलेको अवस्थामा संस्था विभाजनको कल्पना पनि गर्न नसकिने बताएका छन् । ‘बिदेश बस्ने नेपालीहरूको आस्थाको धरोहर एनआरएनएमा रहनु हुने सम्पूर्ण पक्षलाई दुई हात जोडेर विनम्र अनुरोध गर्न चाहंछुकी आज संस्था बिभाजन पटक्कै होईंन’ शर्माले अनुरोध गरेका छन् ।

एनआरएनए आइसीसीमा रहेर एकताका लागि जुटिरहेका शर्माले आम एनआरएनहरुको आत्मा बिस्वासलाई मर्न नदिने र सस्थालाई एक बनाउन हरदम प्रयास रहिरहने बताएका छन् ।

संस्था दुई टुक्रा भयों भने सम्पूर्ण विदेशमा बस्ने नेपालीजनको दुर्भाग्य हुने शर्माको ठहर छ । ‘आजसम्म एकै मालामा गासियर रहेको बिदेशमा बस्ने हामी नेपालीहरुको माला चुडाउने काम कसैले नगरौं’ शर्मा भन्छन्–‘ कृपया मतभेद कहाँ हुदैंन र तर मनभेद नगरी निकासको बाटो निकालौ, अझै समय छ संस्था एकै रहने कुरामा म बिश्वस्त छु ।’

८० लाखभन्दा बढि नेपालीको आस्थाको धरोहर ढल्न दिनु हुदैन, आम गैरआवासिय नेपालीलाई खुशीको सन्देश दिन ढिलो गर्न शर्माको आग्रह छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *