एनआरएनए निर्वाचन तीन दिनपछि सर्‍यो, यस्तो छ संशोधित निर्वाचन कार्यक्रम (सूचनासहित)

news-details

गैरआवासीय नेपाली संघको निर्वाचन मिति फेरि परिवर्तन भएको छ । यसअघि मार्च २१ र २२ मा तय भएको निर्वाचन मिति ३ दिन पछि सारेर मार्च २४ र २७ तारिक तय गरिएको हो ।

शनिबार एनआरएनए निर्वाचन समितिले एक सूचना जारी गर्दै निर्वाचन मिति सारिएको जानकारी दिएको छ ।

जारी सूचनामा विद्युतीय माध्यामबाट हुने भनि तय गरिएको निर्वाचन प्राविधिक पक्षलाई मध्यनजर गरी चैत १० र ११ गते (मार्च २४–२५) हुने बताइएको छ । सूचनामा सो मितिमा निर्वाचन गर्न उपयुक्त हुने अन्तर्राष्ट्रिय समन्वय परिषदका अख्तियार प्राप्त अध्यक्षबाट लिखित निर्देशन प्राप्त भएको समेत उल्लेख गरिएको छ ।

त्यस्तै समितिले निर्वाचन कार्यतालिका समेत संशोधन गरेको छ । संशोधित कार्यतालिका अनुसार मार्च १२ मा उम्मेदवारको पहिलो नामावली प्रकाशित गर्ने, सोही दिन उम्मेदवारी विरुद्ध दावी विरोध गर्ने, मार्च १३ मा उम्मेदवारहरूको मनोनयपत्रको जाँच र उजुर उपर निर्णय गर्ने, सोही दिन उम्मेदवारहरूको दोश्रो नामावली प्रकाशित गर्ने लगायतका रहेका छन् ।

एनआरएनभित्र देखिएको विवादका कारण यसअघि पनि निर्वाचन मिति पटक पटक सरेको थियो ।

यस्तो छ संशोधित निर्वाचन कार्यक्रम

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *