युक्रेनबाट द्वन्द्व प्रभावित अधिकांश नेपालीको उद्धार सम्पन्न, ५८४ नेपाली सुरक्षित गन्तव्यमा

news-details

रूस-युक्रेन द्वन्द्व प्रभावित अधिकांश नेपालीको उद्धार सम्पन्न भएको छ।

रूस युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई बुधवार साँझ सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपाल सुरक्षित स्थानमा पुगेकाले उद्धार कार्य सम्पन्न भएको बताएका हुन्।

खड्काले अन्य देशको तुलनामा नेपालीको उद्धार कार्य निकै छिटोछरितो भएकाले युद्वमा नेपालीको ज्यान सुरक्षित रहेको बताए। उनले उद्धारको कार्य सम्पन्न भएपछि उनीहरुको पुर्नस्थापना गर्ने कार्य चुनौतीपूर्ण रहेको बताए।

युद्व शुरू भएपछि युक्रेनका नेपालीहरु आफ्नो ज्यान बचाउन पोल्याण्ड, स्लोभाकिया, हंगेरी, स्पेन, जर्मनी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेका छन्।

पछिल्लो तथ्यांक अनुसार हालसम्म पोल्याण्डमा ४६६ जना, स्लोभाकियामा ७८ जना, रोमानियामा २८ जना, हंगेरीमा ८ जना, र ४ माल्दावा पुगेका हुन्। हालसम्म ५८४ जना नेपालीहरु सुरक्षित गन्तन्यमा पुगिसकेका छन्।

राजदूत खड्काकाअनुसार ३ जना नेपालीलाई भारतीय उडान मार्फत उद्धार गरिएको छ। उनीहरू भारतको नयाँ दिल्लीहुँदै नेपाल जाने तयारीमा छन्।

युक्रेनबाट निस्किएका मध्ये ४० जना नेपालीले यात्रा अनुमति पत्र (ट्राभल्स डकुमेन्ट) लिएको जर्मनस्थित नेपाली दूतावासले जनाएको छ।

करिब ३८ जनाको परिवार आफ्नो व्यवसायसहित स्थायी बसोबास गर्दे आएकाले पारिवारिक, कानुनी र व्यवहारिक कारणले युक्रेनमै छन्।

बैठकलाई सम्बोधन गर्दै उद्धार समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष डा. बद्री केसीले युक्रेको युद्वमा परेका नेपालीको उद्धारको लागि नेपाली समुदायले ठूलो सहयोग गरेकाले नेसमयमै उद्धार गरेर ज्यान बचाउन सफल भएको बताए।

उनले नेपालीको उद्धारको लागि संयुक्त राष्ट्रसंघका एजेन्सीसँग काम गर्न इच्छुक रहेको बताउँदै गैरआवासीय नेपाली संघको सञ्जाल संसारकै उत्कृष्ट लिस्टमा अन्तर्राष्ट्रिय समुदायले राखेको बताए। उनले एनआरएनए सञ्जाल सकृय भएकैले यति छिटो उद्धार सम्भव भएको दाबी गरे।

गैरआवासीय नेपाली संघका सह-कोषाध्यक्ष लोक प्रसाद दाहालले युद्वपीडित नेपालीको पुर्नस्थापनको लागि आर्थिक संकलन गर्न आग्रह गरे। उनले युद्वमा परेका नेपालीको दुःखमा साथ दिन सबैलाई हातेमालो गरेर अघि बढ्न अनुरोध गरे।

बैठकले दाहालको संयोजकमा युद्व पीडितको लागि आर्थिक सहयोग संकलन समिति गठन गरेको समितिको प्रेस संयोजक चिरन शर्माले जानकारी दिए।

एनआरएनए पोल्याण्डका अध्यक्ष जीवन केसीले नेपालीको सहयोगमा युद्वपीडितको उद्धार र व्यवस्थापन सफल भएको बताए। उनले युक्रेनबाट धेरै नेपालीहरु पोल्याण्डमा आएकाले उनीहरूको व्यवस्थापनको लागि ठूलो चुनौती रहेको बताए। उनले २०३ जना नेपालीलाई संघको पहलमा बसोबासको व्यवस्था मिलाएको जानकारी दिए।

एनआरएनए हंगेरीमा संस्थापक अध्यक्ष सुरेन्द्र श्रेष्ठले ४ जना नेपाल फर्किएको र ती मध्ये २ जना भारतीय सरकारको सहयोगमा हवाई जहाजमार्फत नेपाल गएको जानकारी दिए। उनले युक्रेनमा चिकित्सा शिक्षा अध्ययनको लागि आएका विधार्थीलाई हंगेरी सरकारले आफ्नो कोर्ष पुरा गर्न अवसर प्रदान गर्न लागेको बताए।

एनआरएनए स्लोभाकियाका प्रतिनिधि जय प्रकाश शिवाकोटीले अचानक रूपमा आएको युद्वमा परेका नेपालीलाई दूतावास र नेपाली समुदाय मिलेर गरेको उद्धार एक उत्कृष्ट कार्य भएको बताए।

बैठकमा स्वास्थ्य समितिका संयोजक डा. बोध सुवेदीले युक्रेनका तर्फबाट अन्य देशमा आउने नेपाली संख्या कम हुँदै गएको जानकारी दिए। युद्वबाट विस्थापित नेपालीलाई नेपालीद्धारा संचालित व्यवसायमा रोजगारीको अवसर दिनुपर्नेमा उनको ण्जोड थियो। उनले युद्धपीडित नेपालीलाई तत्काल आर्थिक र कानुनी सेवाको आश्यकता रहेको बताए।

बैठकमा संघका महासचिव डा. हेम राज शर्मा, प्रवक्ता डिबी क्षेत्रीलगायत १३ देशका एनआरएनए अध्यक्षहरुको उपस्थिति थियो।

बैठकमा चिरन्जीबी खड्का (चेक रिपब्लिका), सन्तोष भट्टराई (जर्मनी), सुनिल रानाभाट (स्पेन), एनआरएनए स्पेनका अध्यक्ष शालिकग्राम डुम्रे, एनआरएनए प्रोर्चुगलका महासचिव राजकुमार थापा, एनआरएनए डेनमार्कका अध्यक्ष शैलेन्द्र अधिकारी, एनआरएनए अष्ट्रियाकी अध्यक्ष भवानी तिवारी, चित्र सुवेदी (बेल्जियम), हेमराज सुवेदी (स्पेन), एनआरएनए स्वीजरल्याण्डकी अध्यक्ष शुभ एल्मर लामालगायतले आआफ्नो भनाइ राखेका थिए।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *