मार्च ६ सम्म सदस्यता शुल्क नतिरे ५ एनसीसी भंग गर्ने आइसीसीको निर्णय

संरक्षक परिषद्लाई सधन्यवाद विघटनको निर्णय
news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको ८२ औं बैठकले सदस्यता शुल्क नतिर्ने ५ देशको एनसीसीलाई मार्च ६ तारिखसम्म शुल्क भुक्तानी नगरेमा कार्यसमिति भंग गर्ने निर्णय गरेको छ ।
संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा भर्चुअल माध्यमबाट बुधबार सम्पन्न वैठकले पञ्जिकृत सदस्यता शुल्क नतिर्ने एनसीसी यूके, अमेरिका, अष्ट्रेलिया, जापान र क्यानाडालाई मार्च ६ तारिखसम्म शुल्क भुक्तानी गर्न अवसर दिएको हो ।
गत अक्टोवरमा हुनु पर्ने संघको महाधिबेशन तथा निर्वाचन अहिलेसम्म हुन नसक्दा दुई धारमा एनआरएनहरु देखिएका छन् । पञ्जिकृत सदस्यहरुबाट पैसा उठाएर पनि यी ५ एनसीसीले आइसीसीमा सदस्यता शुल्क अहिलेसम्म बुझाएका छैनन् ।
‘मार्च ६ सम्म शुल्क भुक्तानी नगरेको खण्डमा विधानको दफा १७.७ अनुसार यी एनसीसीहरुको मान्यता स्वतः समाप्त हुनेछ’ वैठकमा सहभागी एकले रोजगार मञ्चलाई बताए ।
उक्त एनसीसी भंग भएपछि नयाँ एनसीसीको निर्वाचन गर्नको लागि संघका आइसीसी अध्यक्ष, महासचिव, क्षेत्रीय संयोजक, सहसंयोजक र क्षेत्रीय महिला संयोजक रहेको एक समितिले तदर्थ समितिको गठनबारे निर्णय गर्ने जनाइएको छ ।
एनआरएनए आइसीसी बैठकले हालको संरक्षक परिषद्लाई विघटन गरेको छ । संरक्षक परिषद्को अध्यक्ष डा. शेष घले रहेका थिए । ‘यसै बैठक देखि लागू हुने गरी सधन्यवाद संरक्षक परिषद्लाई विघटन गरिएको छ’ निर्णयमा भनिएको छ ।

एनआरएनए आइसीसी बैठकले महाधिवेशन प्रतिनिधिको निकासको सुझाव दिन गठित उच्चस्तरीय समितिलाई ३ फेब्रुअरी साँझ ५ बजे सम्म प्रतिनिधिबारे सुझाव पेश गर्ने अन्तिम अवसर दिने र उच्चस्तरीय समिति स्वतः विघटन हुने निर्णय गरेको छ । उक्त समितिका सदस्य डा. उपेन्द्र महतोले हिजै समितिमा राजिनामा दिइसकेका छन् ।
उच्चस्तरीय समितिले प्रतिवेदन पेश नगरेको खण्डमा आइसीसीको तर्फबाट अध्यक्षले निर्वाचन समितिलाई पेश गरेको प्रतिनिधिहरुबाट निर्वाचन अगाडि बढाइने जनाइएको छ ।
एनआरएनए आइसीसीले आफुले घोषणा गरेको महाधिवेशन तथा निर्वाचन गर्ने निर्णय गरेको छ । निर्वाचन अनुगमन गर्न एक समितिको गठन गर्ने जनाएको छ । एनआरएनएले मार्च २१ र २२ तारिखमा निर्वाचन र मार्च २६ र २७ तारिखमा काठमाडौँमा १० औं अन्तर्राष्ट्रिय महाधिवेशन गर्ने घोषणा गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *