एनआरएनए निर्वाचनको नयाँ मिति सार्वजनिक, यस्तो छ निर्वाचन कार्यतालिका

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नयाँ निर्वाचन मिति सार्वजनिक गरेको छ । संघको निर्वाचन समितिले मार्च २१ तारिख बिहान १० बजेदेखि २२ तारिख बिहान ९ः५९ सम्म मतदान हुनेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

कार्यतालिका अनुसार यही फेब्रुअरी १७ देखि २२ सम्म प्रारम्भिक महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन, फेब्रुअरी २३ मा मतदाता नामावली प्रकाशन, फेब्रुअरी २४ देखि २७ सम्म मतदाता नामावलीमाथि दाबी विरोध, मार्च २ मा दाबी विरोधमाथि निर्णय र मार्च ३ मा अन्तिम नामावली प्रकाशन हुने प्रमुख निर्वाचन अधिकृत भीमसेन बन्जाराले जानकारी दिए ।

यस्तै मार्च ४ र ५ मा उम्मेदवारको मनोनयन पत्र दर्ता, मार्च ६ मा उम्मेदवारको पहिलो नामावली प्रकाशन, मार्च ६ देखि ७ सम्म उम्मेदवारको उम्मेदवारीविरुद्ध दाबी विरोध, मार्च ८ मा उम्मेदवारको मनोनयपत्रको जाँच र उजुरीमाथि निर्णय तथा मार्च ९ मा उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुनेछ ।

यसैगरी मार्च ११ मा उम्मेदवारको मनोनयन फिर्ता, मार्च १२ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र मार्च २१ तारिख बिहान १० बजेदेखि २२ तारिख बिहान ९ः५९ सम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ । मतदान समाप्त भएलगत्तै मतगणना गरिने प्रमुख निर्वाचन अधिकृत बन्जाराले बताए ।

संघको नेतृत्वको लागि वर्तमान उपाध्यक्षद्धय डा. बद्री केसी, रविना थापा र कुल आचार्यले आ–आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *