एनआरएनएको निर्वाचन कार्यतालिका स्थगित

news-details

गैर आवासीय नेपाली संघ (एनआरएनए) को यही डिसेम्बर २६ र २७ मा तय भएको निर्वाचनको सम्पूर्ण कार्यतालिका स्थगित भएको छ ।

संघको निर्वाचन समितिले बुधबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन मिति बाहेकका सबै कार्यतालिका स्थगित भएको जानकारी दिएको हो ।

यसअघि निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त लिलामणि पौडेलले राजीनामा दिएपछि उक्त पदमा भिमसेन बन्जरा नियुक्त गरेर संघले निर्वाचनको कार्यक्रम अघि बढाएको थियो ।

नयाँ मतदाता सूची पूर्णरुपमा प्राप्त नभइसकेकाले तालिका प्रभावित भएको निर्वाचन समितिले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ । निर्वाचन तालिका स्थगित भएसँगै एनआरएन नेतृत्व चयनका लागि हुने चुनाव फेरि पनि अनिश्चित बनेको छ ।

यसैबीच प्रतिनिधि सम्बन्धी विवाद संवाद र सहमतिका आधारमा समाधान गर्न भन्दै अध्यक्ष कुमार पन्तले चार सदस्यीय उच्चस्तरीय समिति गठन गरेका छन् । उक्त समितिमा संघका सल्लाहकार विश्वआदर्श पण्डित, एनआरएनए अमेरिकाका पूर्वसल्लाहकार डा। यादव पण्डित, सचिव गौरीराज जोशी र प्रवक्ता डिबि क्षेत्री छन् ।

अध्यक्ष पन्तद्वारा बुधबार जारी गरिएको वक्तव्यमा संघभित्र देखिएको विषम परिस्थितिको सर्वसम्मत समाधान खोज्न प्रमुख संरक्षक, संरक्षकहरु, सल्लाहकारहरु र आईसीसी सदस्यहरुसँग सल्लाह जारी राखेको उल्लेख छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *