एनआरएनए निर्वाचन : प्रमुख निर्वाचन आयुक्तमा बन्जरा नियुक्त

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रमुख निर्वाचन आयुक्तमा भीमसेन बन्जरा नियुक्त भएका छन्।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार उनलाई संघको १०औँ महाधिवेशनमा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीसहित नियुक्ति गरिएको हो।

बन्जरा नेपाल बार एसोशियनका केन्द्रीय सदस्य र सर्वोच्च अदालतका अधिवक्ता हुन्। यसअघि प्रमुख निर्वाचन आयुक्त लीलामणि पौडेलले आफ्नो कार्यव्यस्तताका कारण पदबाट राजीनामा दिएपछि बन्जरालाई नियुक्त गरिएको हो।

गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय परिषदको पूर्ण बैठकले निर्वाचन समितिको गठन गर्ने जिम्मेवारी अध्यक्ष पन्तलाई दिए अनुरुप पन्तले नयाँ आयुक्त तोकेका हुन्।

गैरआवासीय नेपाली संघको निर्वाचन डिसेम्बर २६ र २७ मा नलाइन मतदान हुने तयारी गरिएको छ। संघको नेतृत्वका लागि डिसेम्बर १६ र १७ तारिखमा मनोनय दर्ता हुँदैछ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *