एनआरएनए युवा उपाध्यक्षमा सर्वसम्मतिको माहोल बनाउँदै राज रेग्मी

news-details

गैरआवासीय नेपाली संघ (एनआरएन)को आगामी अक्टोवरमा १० औं महाधिवेशनका लागि कतारबाट वर्तमान मध्यपूर्व युवा संयोजक राज रेग्मीले एनआरएनए आइसीसी युवा उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेपछि सर्बसम्मत हुने माहोल बनिरहेको छ । एनआरएनएमा युवा सहभागिता वा सक्रियता बढाउने लक्ष्यसहित रेग्मीले युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

मध्यपूर्व युवा संयोजक भएर कुशलताका साथ जिम्मेवारी निभाएका रेग्मीले आगामी कार्यकाल २०२१–२३ का लागि युवा उपाध्यक्षमा उम्मेदवारी दिएपछि उनको चर्चा चुलिएको छ । एनआरएनएले विधान संशोधन गरी यस बर्षदेखि युवा उपाध्यक्ष पद राखेको हुँदा रेग्मीको उक्त पदमा उम्मेदवारी आएको हो ।

एनआरएन अभियानमा उदयीमान तथा उर्जाशिल रेग्मी कतारमा सफल व्यवसायीका अलावा समाजसेवीका रुपमा परिचित छन् । एनआरएनए युवा उपाध्यक्षका लागि सर्बसम्मतबाट सहमति बटुलेका रेग्मी निर्विरोध निर्वाचित हुने संभावना बढेको छ ।

संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह र साथीभाईको अनुरोधमा युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा आफू पुगेको रेग्मीको भनाई छ । रेग्मीले भनेका छन्–‘सन् २०२१–२३ कार्यकालका लागि सबैको आग्रह र एनआरएनएभित्र काम गर्न सक्ने पदमा पुगेर आफ्नो केही गर्ने इच्छा अनुसार मैले एनआरएनए आइसीसी युवा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छु ।’

एनआरएनए कतार तथा विभिन्न संघसंस्थामा रहेर र अहिले मध्यपूर्व युवा संयोजकको जिम्मेवारी कुशलतापूर्वक निभाइसकेका रेग्मीले एनआरएन अभियानमा लागिरहँदा एनआरएनएमा युवापुस्ताका मुद्धालाई स्थापित गर्न, दोश्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्न, विदेशमा रहेका श्रमिकहरुको आवाज बुलन्द बनाउन आइसीसी युवा उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

कतार तथा नेपालमा सामाजिक कार्यका लागि सदैव अग्रस्थानमा रहेर सहयोग तथा समर्थन गर्दै आएका रेग्मी कसैसँग नबिझाउने व्यक्तिका रुपमा चिनिन्छन् । एनआरएन अभियानमा उनको उपस्थितिलाई विश्वभरका नेपालीले अन्र्तआत्मादेखि स्वागत गरेका छन् ।

विश्वभर रहेका दोश्रो पुस्ताका युवालाई लक्षित गरेर ग्लोवल एनआरएन सिंगिङ आइडलको आयोजना गरिरहेका रेग्मीले दोश्रो पुस्तालाई एनआरएनएमा जोड्ने कार्यक्रम सफलतापूर्वक गरिरहेकोमा उनको चर्चा विश्वभर छ । मध्यपूर्व युवा विभागबाट नै आयोजना गरिएको कार्यक्रममा विश्वभरका दोश्रो पुस्ताको सहभागिता रहेको छ । मध्यपूर्वमा रहेका युवाहरुलाई टेवा पु¥याउने उद्देश्यले छुट्टै कोष स्थापना लागि ३६ सय डलर सहयोग गरेका रेग्मीले युवालाई लक्षित कार्यक्रमहरु भोलिका दिनमा अझ प्रभावकारीढंगबाट ल्याउने बताएका छन् ।

विश्वभर रहेका नेपालीहरुसँग अपील गर्दै रेग्मीले भनेका छन्–‘आजको दिनसम्म आइपुग्दा यहाँहरुको माया, साथ, सुभेक्षा र समर्थनले जुन सफलता हासिल गरे भोलिका दिनमा आईसीसी युवा उपाध्यक्षमा रहेर काम गर्ने अवसर दिनुहुनेछ भन्ने आशासहित हार्दिक अपिल गर्दछु ।’

रेग्मीका प्रमुख एजेण्डा

एनआरएनएमा मध्यपूर्व युवा संयोजक भएर सफलतापूर्वक काम गरिरहेका रेग्मीले युवा उपाध्यक्ष बन्नका लागि युवा केन्द्रित एजेण्डा अघि सारेका छन् ।

सामुहिक लगानीमा युवाहरुको सहभागिता : आम नेपालीले सोचेको शुखी र सम्बृद्ध नेपाल बनाउने सपना साकार पार्नका उचित क्षेत्रमा एनआरएनहरुको सामूहिक लगानी ल्याउने, सामुहिक लगानीमा सबैको सानो सानो पूँजी समेटर देश विकासमा लगानीका लागि पहल गर्ने रेग्मीको प्रतिवद्धता छ । सामुहिक लगानीका लागि युवाहरुको सहभागिता धेरैभन्दा धेरै गराउने उनको पहिलो लक्ष्य छ ।

युवा स्वरोजगार : युवा शक्ति मुलुक निमार्णको प्रमुख अंग हुन् । नेपाली युवाहरुलाई उद्यमशील तथा स्वरोजगार बनाउनका लागि पहल गर्दै एनआरएनए मार्फत रोजगार सृजना गर्ने र उपलब्धीमुलक क्षेत्रमा युवाहरुको लगानी बढाउने प्रतिवद्धता रेग्मीको छ ।

सीप र पूँजीको व्यवस्थापन : विदेशमा सिकेको र आर्जन गरेको सीप र पूँजीलाई स्वदेशमा लगानी गरेर स्वदेशमा नै रोजगारको विकास गर्ने, वैदेशिक रोजगारबाट फर्किएपछि पुनः विदेश जानु पर्ने अवस्थाको अन्त्यका लागि पहल गर्ने रेग्मीको अर्को एजेण्डा छ ।

एनआरएनमा युवाको आकर्षण बढाउने : विदेशमा रहेका विभिन्न पेशा तथा क्षेत्रमा रहेका युवाहरुलाई एनआरएनएप्रतिको आकर्षण बढाउने, धेरैभन्दा धेरै युवाहरुलाई एनआरएनएको महत्व र आवश्यकताको अनुभूति दिलाउने जसका लागि युवा केन्द्रित कार्यक्रमहरु संचालन गर्ने रेग्मीको अर्को प्रतिवद्धता छ ।

सुरक्षित र मर्यादित वैदेशिक रोजगारी : वैदेशिक रोजगार नेपालीका लागि अझै बाध्यता नै छ तर वैदेशिक रोजगारी सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन जरुरी छ । स्वदेशमा नै सीप तथा तालिमको व्यवस्था गर्ने, वैदेशिक रोजगारको चक्रलाई सहजीकरण, अभिमूखिकरण तथा जनचेतनाका कार्यक्रमका लागि काम गर्ने रेग्मीको अभियान छ ।

राहत कोष स्थापना : वैदेशिक रोजगार तथा अध्ययनका लागि मध्यपूर्व, मलेसिया तथा अन्य देशमा रहेका नेपालीहरु समस्या तथा अफ्ठ्यारोमा परेमा सहयोगका लागि छुट्टै राहत कोष स्थापना गर्ने रेग्मीको प्रतिवद्धता छ ।

नेपाली कला सँस्कृतिको जगेर्ना : विदेशमा नेपाली कलासंस्कृति तथा भाषाको महत्व बढाउन तथा दोश्रो पुस्ताका नेपालीहरुलाई नेपालको कला संस्कृति तथा भाषा प्रति आकर्षण बढाउन विभिन्न कार्यक्रमहरु ल्याउने रेग्मीको योजना छ ।( जस्तै :गायन प्रतियोगिता, नृत्य प्रतियोगिता, खेलकुद प्रतियोगितालगायत आयोजना गर्ने)

मतदानका लागि पहल गर्ने : विदेशमा झण्डै ८० लाख नेपाली रहेको अनुमान छ । नेपालमा हुने आम परिवर्तनका लागि विदेशमा रहेका नेपालीहरुको ‘नोट चल्ने तर भोट नचल्ने’ परिस्थिति छ । अव एनआरएनएमार्फत विदेशमा रहेका नेपालीहरुले नेपालमा हुने निर्वाचनमा मतदान गर्न पाउने अधिकारको ग्यारेण्टी गर्न आफ्ना् प्रतिवद्धता रहेको रेग्मीको छ ।

नेपाली नागरिकताको निरन्तरता : नेपालको संविधानले गैरआवासिय नागरिकताको हक प्रत्याभुत गरेपनि नागरिकता बिधेयक अझै कार्यान्वयनमा आएको छैन । छिटो कार्यान्वयनमा ल्याउन संघको तर्फबाट लबी गर्न रेग्मीको प्रतिवद्धता छ । त्यसैगरी गैरआवासिय नेपालीहरुको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली ऐन बन्ने प्रकृयामा छ । गैरआवासीय ऐन हाम्रो माग अनुसार ल्याउनका उम्मेदवारी रेहको रेग्मी बताउँछन् ।

स्मार्ट र वैज्ञानिक एनआरएनए बनाउन : विदेशमा रहेका सवैको अपनत्व हुने गरी सबै बर्ग, क्षेत्र, उमेर, लिङलाई समेट्ने गरी विधान र पद्धतिमा चल्ने निस्वार्थ र गैर राजनीतिक संस्थाका रुपमा एनआरएनएलाई आगाडि बढाउने रेग्मीको एजेण्डा छ । त्यसैगरी १८२ दिनभन्दा बढि विदेशमा बसोवास गर्ने नेपालीलाई एनआरएनएको परिभाषामा समेट्न पहल गर्ने रेग्मीको प्रतिवद्धता छ ।

यसका अलावा एनआरएनएका आफ्ना विधान तथा पद्धति अनुसार चल्ने र स्मार्ट एनआरएन बनाउन सबैको साथ, सहयोग र समर्थन अनुसार अगाडि बढ्ने रेग्मीको प्रतिवद्धता छ । जुजारु, सफल र उर्जाशिल साझा उम्मेदवार भएकाले रेग्मीलाई एनआरएन युवा उपाध्यक्ष बनाउन सवै एनआरएनहरु आतुर छन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *