एनआरएनएमा प्रत्यक्ष राजनीति देखियो, चुनावमा समन्वय गर्न कांग्रेसले खटायो ८ नेता

news-details

गैरआवासीय नेपाली संघको नयाँ नेतृत्व चयनको निर्वाचनमा प्रष्टरुपमै राजनैतिक दलको उपस्थिती देखिएको छ । आफ्ना समूहका उम्मेदवार जिताउन भन्दै सत्तारुढ दल नेपाली कांग्रेसले निर्णय नै गरेर आफ्ना ८ नेतालाई जिम्मेवारी दिएपछि एनआरएनएमा प्रत्यक्षरुपमा राजनैतिक दलको उपस्थिती देखिएको हो ।

कांग्रेसले एनआरएनएको निर्वाचनमा आफ्ना समूहका उम्मेदवारलाई जिताउन भन्दै विदेशस्थित कांग्रेसका जनसम्पर्क समितिहरूलाई आवश्यक समन्वय र सहयोग गर्नका लागि ८ नेतालाई जिम्मेवारी दिएपछि यसअघि नेपथ्यमा मात्रै रहेको राजनैतिक दलको चासो मैदानमै आइपुगेको छ ।

महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा असोज ७ मा बसेको बैठकले कांग्रेसको आधिकारिक उम्मेदवार कुल आचार्यको समूह रहेको निर्णय गर्दै आचार्य समूहलाई एनआरएनएमा जिताउन ८ नेतालाई जिम्मेवारी दिएको हो ।

जस अनुसार कांग्रेसले सहमहामन्त्री प्रकाशशरण महत र केन्द्रीय सदस्य गगन थापालाई युरोप क्षेत्र, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र अर्जुनप्रसाद जोशीलाई एशिया क्षेत्र, केन्द्रीय सदस्य मिनेन्द्र रिजाललाई अमेरिका क्षेत्र, केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेलाई ओसियाना क्षेत्र तथा केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख रहेका गोविन्द भट्टराई र प्रवक्ता विश्वप्रकाश शर्मालाई अफ्रिका, मध्यपूर्व क्षेत्र र नेपाली जनसम्पर्क समिति हेर्ने जिम्मेवारी दिइएको छ ।

एनआरएनएको नयाँ नेतृत्वका लागि समूह नै बनाएर डा. बद्री केसी, रविना थापा र कुल आचार्य मैदानमा उत्रिएका छन । तिनवटै समूहले आफुहरुले एनआरएनएमा राजनीति नछिराएको बरु बिचार मिल्नेहरु एक ठाँउमा उभिएर प्रतिष्पर्धामा गएको बताइरहदा कांग्रेसले सार्वजनिकरुपमै आर्चायलाई जिताउन अपिल गरेको हो ।

प्रतिष्पर्धामा होमिएका मध्ये थापा र आचार्य प्रजातान्त्रिक खेमाका भनेर चिनिन्छन चने केसी कम्न्युष्ट धारका भनेर चिनिन्छन । तिनवटै समूहले सबै राजनैतिक दललाई समेटेर उम्मेदवार चयन गरिरहदा आचार्य समूहलाई भने राजनैतिक दलले औपचारिकरुपमै बोक्नु र उनलाई संघका राजनीति घुसाउन लागिपरेको भन्ने आरोप संयोग मात्र हो या यर्थाथ हो त्यो समयले नै बताउला ।

एनआरएनएमा राजनीति छिराउन नहुने भनेर चर्को बहस चलिरहदा यो निर्णयले संसारभर रहेका एनआरएन बृतमा तरंग पैदा गरेको छ । एनआरएनएका संस्थापक तथा अग्रजहरुले एनआरएनएमा राजनीति छिराइयो भने यो संस्था उद्देश्य विमुख हुने र यसको अस्थित्व संकटमा पर्ने बताउदै आएका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *