एनआरएनए उपाध्यक्षमा सबैको साझा उम्मेदवारकारुपमा एशी शेर्पाको ‘इन्ट्री’

news-details

गैरआवासीय नेपाली संघको १० औ विश्वसम्मेलन तथा महाधिवेशनबाट चुनिने नयाँ कार्यसमितिमा उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका एशी शेर्पाको उम्मेदवारी अहिले सबत्र चर्चाको विषय बनेको छ ।

संसारभर रहेका गैरआवासीय नेपालीका प्रिय पात्रकारुपमा परिचित शेर्पाले एनआरएन अभियानमा स्थापनाकालदेखि नै तन,मन, धनले तथा आर्थिक र बौद्धिक तवरले पु¥याएको योगदानको कदर स्वरुप कुनैपनि हालतमा कार्यसमितिमा ल्याउनुपर्ने आवाज एनआरएन बृतमा व्यापक छ ।

चुनावी प्रतिष्पर्धाका लागि छुट्टाछुट्टै प्यानल बनाएर अघि बढे बद्री केसी, कुल आचार्य र रबिना थापाले शेर्पालाई आफुतिर तान्न भरपुर प्रयास गरिरहेका छन । तर, शेर्पाले भने कुनै प्यानल विशेषको भन्दा पनि सम्पूर्ण गैरआवासीय नेपालीको साझा उम्मेदवारकोरुपमा उपाध्यक्ष पदका लागि इन्ट्री गरेका छन ।

‘हामी प्यानलगत र राजनैतिकरुपमा नभएर स्वतन्त्ररुपमा आम एनआरएनहरुको साझा उम्मेदवार बन्नुपर्छ’ शेर्पाले भने –‘विश्वभर छरिएर रहेका सम्पूर्ण प्रवासी नेपालीको साझा संस्थामा कुनैपनि हालतमा राजनिती छिराउनु हुदैन, यसलाई बिशुद्ध सामाजिक संस्थाकारुपमा अघि बढाउदै स्थापनाकालदेखि संस्थाले बनाएको शाख कायम राख्नु हाम्रो पहिलो दायीत्व हो ।’

आफु जिम्मेवारीमा रहदा होस या बाहिर रहदा होस् एनआरएन अभियानका कुनैपनि क्रियाकलापबाट पछि नहटेको बताउँदै शेर्पाले संघप्रतिको निःस्वार्थ र निरन्तर सहभागितालाई आगामी कार्यकालमा पनि कायम राख्दै संस्थामार्फत अझ सेवा पु¥याउनका लागि आफुले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताए ।

नेपालमा गएको विनाशकारी भूकम्पमा राहत तथा उद्धारका लागि एनआरएन अभियान अन्तर्गत अग्रपंक्रिमा देखिएका शेर्पाले लाप्राक नमुना बस्ती निर्माण, एनआरएनए मुख्यालय निर्माण तथा एनआरएनएद्धारा संचालित मेघा प्रोजेक्टहरुमा उल्लेख्य भूमिका निर्वाह गरेका छन ।

आइसीसी सदस्य, पूर्वअमेरिकाज् क्षेत्रीय उपसंयोजक तथा आइसीसीका बर्तमान सल्लाहकारको जिम्मेवारी निभाइसकेका शेर्पा एनआरएन अभियानमा इमान्दार, कर्मठ र दृढ इच्छाशक्ति भएका अभियन्ताकारुपमा परिचित छन । उनलाई विश्वभर रहेका एनआरएनका अग्रज अभियान्ता तथा पूर्वअध्यक्षहरुकोसमेत साथ रहेको छ ।

उनले आफु गफ भन्दा पनि काम गरेर देखाउनलाई नै अघि बढेको बताउँदै गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन, नेपालमा विदेशमा कमाएको ज्ञान, सीप, प्रविधि र लगानी भित्र्याउन पहल गर्ने, एनआरएनएमा दोश्रो पुस्तालाई समेटने, भिजन ट्वान्टी–ट्वान्टी एण्ड वियोण्डलाई कार्यान्वयन गर्न, नेपालको पर्यटन बिकास र प्रबद्र्धनमा योगदानगर्न, गैरआवासीय नेपालीको सम्पत्तिको सुरक्षा तथा एनआरएन अभियानका मुद्धाहरुमा सबैसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

सोलुखुम्बुका शेर्पा अमेरिकामा पर्यटन तथा ब्यबसाय गर्दै आएका छन् । अमेरिकामा मात्र नभएर क्यानाडा र नेपालमासमेत ब्यबसाय गरिरहेका शेर्पा सफल व्यक्तिका रुपमा चिनिन्छन् । अमेरिकाको वासिङटन राज्य सियाटल क्षेत्रका लागि नेपाल सरकारका अवैतनिक वाणिज्यदूत समेत रहेका शेर्पा एनआरएन अभियानका हृदयी र मनकारी व्यक्ति हुन् ।

नेपालको सगरमाथा र विश्वका सात चर्चित हिमालहरु सेभेन समिटसमेत सफलातापूर्वक आरोहण गरेका शेर्पाले गैरआवासीय नेपाली संघको झण्डालाई सगरमाथाको चुचुरोमा फहराएर अर्को इतिहाँस बनाएका छन् । यसका साथै सेभेन समिट फाउण्डेशनका अध्यक्ष समेत रहेका शेर्पाले सोलुखुम्बु, सिन्धुपाल्चोक जिल्लामा थुप्रै सामाजिक बिकासका काममा योगदान गरिरहेका छन् ।

एनआरएनएमा गुट उपगुट भन्दा तन, मन र धनले सदैव सहयोग गर्न सक्ने शेर्पालाई नेतृत्व तहमा ल्याउनै पर्ने आवाज विश्वभर रहेका गैरआवासीय नेपालीहरुको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *