एनआरएनएलाई विवादित र अनिर्णित बनाउनेहरु नै कुल आचार्यको टिममा

news-details

गैरआवासीय नेपाली संघको निर्वाचन तथा महाधिबेशन रोक्न परराष्ट्र मन्त्रालयमा निवेदन दिएकाहरुले नै आफ्नो भब्य उम्मेदवारी घोषणा गरेका छन् । आगामी निर्वाचनमा अध्यक्ष पदका लागि कुल आचार्यसहितको समूहले उम्मेदवारी घोषणा गर्दा त्यस प्यानलमा विवादित र संस्थालाई राजनीति छिराउन उद्धत हुनेहरु नै अग्रस्थानमा देखिएका छन् ।

एनआरएनएको निर्वाचनको मिति अनिर्णित बनिरहँदा त्यही समूहले उम्मेदवारी घोषणा गर्दा एनआरएनएबृतमा आश्चर्य पैदा भएको छ । अर्को अचम्म त महाधिबेशन स्थगित गरिपाउँ भनेर परराष्ट्रमा निवेदन दिने बेल्जियमकी जानकी गुरुङले नै महिला उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छिन् । कुल आचार्यको प्यानलबाट आइतबार आचार्यसँगै महिला उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेकी गुरुङलाई आफैले दिएको निवेदन र परराष्ट्रको पत्रको बारेमा भने बोल्न गाह्रो भयो ।

उम्मेदवारी घोषणा कार्यक्रममा अध्यक्षका उम्मेदवार आचार्यले निर्वाचन निर्धारित मितिमा हुन्छ या हुन्न अन्योलमा रहेको जनाउँदै कुनै हालतमा रोकिन नहुने बताए । केही सीमित पत्रकार र आफ्नो खेमाका एनआरएनहरुलाई निमन्त्रणा गरेर उम्मेदवारी घोषणा गरेको आचार्य प्यानलले अझै आफ्ना पक्षका उम्मेदवार चयन गर्न सकेको छैन ।

पटक पटक उम्मेदवारी घोषणा कार्यक्रम स्थगित गर्दै आएको आचार्य समूहले आइतबार होटल याक एण्ड यतिमा घोषणा कार्यक्रम त ग¥यो तर सबै पदका उम्मेदवार चिनाउन सकेन । उम्मेदवार घोषणा कार्यक्रममा नै युवा उपाध्यक्षमा दुई जना उम्मेदवारी घोषणा गरेपछि आचार्य प्यानलको हविगत प्रष्ट भयो । कतारबाट मध्यपूर्व युवा संयोजक राज रेग्मी र वर्तमान युवा संयोजक हिमाल गुरुङले युवा उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि आचार्य प्यानलको अपरिपक्कता प्रष्ट देखियो ।

निर्वाचनमा राजनीति घुसाएको आरोप अध्यक्षका उम्मेदवार तथा एनआरएनएका सल्लाहकार कुल आचार्य र उनको समूहलाई जान्छ । आचार्य समूहबाट महिला उपाध्यक्षका लागि उम्मेदवार बनेकी जानकी गुरुङ, एनआरएनए अमेरीकाका सल्लाहकार वेद प्रसाद खरेल, कतार आईसीसी मानार्थ सदस्य नवराज ओली (शनी)ले परराष्ट्रमा महाधिवेशन रोक्न निवेदन दर्ता गराएका थिए ।

आचार्यको उम्मेदवारी घोषणा सभामा तीनै जनाले शुभकामना भाषण मात्र गरेनन् एनआरएनएभित्र राजनीति प्रष्टसँग छिराए पनि । उम्मेदवारी सभामा एनआरएनए अमेरिकाका सल्लाहकार वेदप्रसाद खरेलले संस्थागतरुपमा एनआरएनएलाई कब्जा गर्ने नियतले सचिव र महासचिवले चलाएको ताण्डव नृत्यले एनआरएनए धरासय भएको बताए । एनआरएनएका बर्तमान कार्यसमितिका जिम्मेवार पदाधिकारीलाई सल्लाहकारजस्तो व्यक्तिले व्यक्तिगत आक्षेप लगाएर गरेको भाषणको चौतर्फी आलोचना भइरहेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोवरमा हुने निर्वाचनका लागि प्रतिनिधिको नामावली सार्वजनिक भएलगत्तै अध्यक्षको प्रत्यासी कुल आचार्य समूह अतालिएर परराष्ट्र मन्त्रालयको शरणमा पुगेको आरोप लाग्दै आएको छ ।

संघको निर्वाचनमा आचार्य समूहले आफ्नो पराजय हुने देखेपछि राष्ट्रिय समन्वय परिषदहरुले प्रतिनिधि चयन गरेका तथा केन्द्रलेसमेत प्रतिनिधि चयनमा बिधान उल्लंघन गरेको झूठो आरोप लगाउँदै राजनीति र सरकारी संयन्त्रको दुरुपयोग गरेको एनआरएनबृतमा भनाई छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *