वैदेशिक रोजगार पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई गैरआवासीय नेपाली संघका पदाधिकारीहरुले बधाई तथा सम्मान गरेका छन् । समाजको १२ औं साधारणसभाबाट गत आइतबार उद्वव भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको थियो ।

एनआरएनएका सचिव आरके शर्माले सोमबार आयोजना गरेको कार्यक्रममा समाजका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गर्दै सफल कार्यकालका लागि एनआरएनका पदाधिकारीले शुभकामना दिएका हुन् ।

श्रम, आप्रवासन तथा सुरक्षित वैदेशिक रोजगारमा क्षेत्रमा कलम चलाउने पत्रकारहरुको साझा संस्थाका रुपमा समाज रहेको छ । सामाजको नवनिर्वाचित पदाधिकारीलाई बधाई दिदै संघका सचिव तथा उपाध्यक्षका उम्मेदवार आरके शर्माले खाडी तथा मलेसियामा रहेका श्रमिकहरुको आवाज उजागर गर्न समाजले महत्वपूर्ण भूमिका खेल्न आग्रह गरे ।

एनआरएनएद्वारा वैदेशिक रोजगार पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई सम्मान

शर्माले भने–‘एनआरएनएले उठाएका मुद्धामा पत्रकारहरुले वाचडगको काम गर्न र भोलिका दिनमा एनआरएनए र समाज सहकार्य गर्न आवश्यक छ ।’ शर्माले वैदेशिक रोजगार पत्रकार समाजका सदस्यहरुका लागि छुट्टै कल्याणकारी कोष स्थापनाका लागि आर्थिक सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे । एनआरएनए अभियानमा निरन्तर अगाडि बढ्न र अहिलेसम्म एनआरएनएले उठाएका मुद्धा स्थापित गर्न उपाध्यक्ष पदमा उम्मेदवारी दिने समेत शर्माले सो अवसरमा उद्घोष गरे ।

एनआरएनएका सल्लाहकार टिबी कार्कीले पत्रकार समाजले छुट्टै कल्याणकारी कोष स्थापना गर्नु पर्ने र त्यसका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । समाजले वैदेशिक रोजगारका मुद्धालाई प्राथमिकतामा राखेर यस क्षेत्रका बिकृति र बिसंगति हटाउन आवश्यक रहेको कार्कीले औल्याए । एनआरएनएभित्र पनि केही राजनैतिक दलका नेताहरुको चलखेलका कारण विवाद बाहिर आएको बताउँदै एनआरएनहरु आफैले सबै समाधान गर्न सक्ने बताए ।

एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजक खगेन्द्र न्यौपानेले मलेसिया तथा खाडीका श्रमिकहरुको आवाज बन्न आग्रह गर्दै नयाँ कार्यसमितिको सफल कार्यकालको शुभकामना दिए । उनले श्रमिकका आवाज एनआरएनएमा बुलन्द बनाउन आइसीसी सचिव पदमा उम्मेदवारी दिएको घोषणासमेत गरे ।

कार्यक्रममा एनआरएन मलेसियाका निवर्तमान अध्यक्ष तथा एसिया प्यासिफिक उपसंयोजकका उम्मेदवार हरि भट्टराई, दक्षिण कोरियाबाट महिला संयोजकको उम्मेदवार जुनु गुरुङ, नेपाल पत्रकार महासंघ कोरियाका अध्यक्ष रंजन कुँवरलगायतले समाजको नवनिर्वाचित पदाधिकारीलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

समाजका अध्यक्ष उद्वव भट्टराईले एनआरएनए र समाज एकआपसमा सहकार्य गर्न तयार रहेको बताउँदै समाजका लागि सल्लाह र सुझावको अपेक्षा रहिरहने बताए । कार्यक्रमको संचालन समाजका महासचिव केशव भूलले गरेका थिए ।

एनआरएनएद्वारा वैदेशिक रोजगार पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई सम्मान

 

एनआरएनएद्वारा वैदेशिक रोजगार पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई सम्मान
एनआरएनएद्वारा वैदेशिक रोजगार पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई सम्मान
एनआरएनएद्वारा वैदेशिक रोजगार पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई सम्मान