एनआरएनएमा चुनाव हार्ने भएपछि भाँडभैलो मच्चाउँदै कुल आचार्य समूह, पुग्यो परराष्ट्रको शरणमा

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोवरमा हुने निर्वाचनका लागि प्रतिनिधिको नामावली सार्वजनिक भएलगत्तै अध्यक्षको प्रत्यासी कुल आचार्य समूह अतालिएर परराष्ट्र मन्त्रालयको शरणमा पुगेको छ ।
संघको निर्वाचनमा आचार्य समूहले आफ्नो लजास्पद हार हुने देखेपछि राष्ट्रिय समन्वय परिषदहरुले प्रतिनिधि चयन गरेका तथा केन्द्रलेसमेत प्रतिनिधि चयनमा बिधान उल्लंघन गरेको झूठो आरोप लगाउँदै परराष्ट्र मन्त्रालयमा उजुरी दिएको हो ।

अर्कोतिर लोकतान्त्रिक समूहको अध्यक्ष भएको दाबी गर्दै आचार्यलाई संघकी महिला उपाध्यक्ष रवीना थापाले काउन्टर दिएपछि सो समूह थप अत्तालिएको छ । विभिन्न बाहाना बनाउँदै अक्टोवरमा हुने महाधिवेशन रोक्न परारष्ट्र मन्त्रालय आचार्य समूह पुगेको हो ।

आचार्य समूहबाट महिला उपाध्यक्षका लागि उम्मेदवार बनेकी जानकी गुरुङ, एनआरएनए अमेरीकाका सल्लाहकार वेद प्रसाद खरेल, कतार आईसीसी मानार्थ सदस्य नवराज ओली (शनी)ले मन्त्रालयमा महाधिवेशन रोक्न निवेदन दर्ता गराएका हुन् ।

निवेदनमा महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया विधानविपरित भएको दाबी गर्दै आगामी अक्टुबर २३, २४ र २५ मा हुन लागेको संघको महाधिवेशनसम्बन्धी सम्पूर्ण कार्य तत्काल रोक्न एनआरएनए आइसीसीसमेतका नाममा निर्देशन माग गरिएको छ । २४ जनाको नाम उल्लेख गरिएको भएपनि निवेदनमा तीन जनाले मात्र हस्ताक्षर गरेका छन् ।

मन्त्रालयका सचिवलाई सम्बोधन गर्दै हालिएको उजुरीमा समस्याको निरुपण नभएसम्म निर्वाचन प्रक्रिया रोक्न, मन्त्रालयद्वारा नै अनुगमन गर्न र छानबिन गरिदिनसमेत आग्रह गरिएको छ । उजुरीमा केन्द्रिय अध्यक्ष र केन्द्रिय समितिलाई निर्देशन दिन माग गर्दै भनिएको छ, ‘गैरआवासीय नेपाली संघको नियमावलीअनुसार आगामी अन्तर्राष्ट्रिय महाधिवेशनमा भाग लिने प्रतिनिधिहरू चयन गर्दा विधानविपरित सिफारिस गर्ने/गराउने प्रक्रियाको आवश्यक अनुगमन गरी विधान बमोजिम वर्तमान वहालवाला राष्ट्रिय समन्वय परिषदले मात्र प्रतिनिधिहरूको सिफारिस र चयन गर्नु÷गराउनु भनि संघको अन्तर्राष्ट्रिय समन्वय परिषद, अध्यक्ष, अन्तर्राष्ट्रिय समन्वय परिषदको सचिवालय तथा सबै राष्ट्रिय समन्वय परिषदका नाममा अविलम्ब निर्देशन जारी गरि पाउँ ।’

आचार्य समूहले मन्त्रालयमा दिएको उजुरीमा केन्द्रिय समितिले विधानविपरित कार्य गरेको दाबीसहित कपोकल्पित, र भ्रमपूर्ण सूचना दिदै परराष्ट्र मन्त्रालयलाई समेत मिसलिडिङ गर्न खोजिएको छ ।

आफू अनुकुलको सरकार र नेतृत्वको फाइदा उठाउँदै आचार्य समूहले संघको विधान र निर्वाचन प्रक्रियाबाट आएका प्रतिनिधिको समेत आत्मसम्मानमा ठेस पुग्नेगरि चुनावसमेत रोक्न प्रपन्च गरेको हो ।

संघको केन्द्रिय सचिवालय र केन्द्रिय नेतृत्वलेसमेत व्यापक छलफल गरी विधान अनुरुप छनोट गरिएका प्रतिनिधिका विषयमा प्रश्न उठाउदै उक्त समूह संघको चुनाव भाँड्ने तयारीमा लागेको छ । चुनावी प्रकृयामा समावेश नभएका अष्ट्रियाको वर्तमान कार्यसमितिका अध्यक्षलाई समेत प्रतिनिधि राख्नुपर्ने उनीहरुको जिकीर रहेको छ ।

अष्ट्रीयाकी अध्यक्ष भवानी तिवारी ले ६५ प्रतिशत प्रतिनिधि छनोट चरणमा आफ्नो नाम समेत दर्ता गराएकी थिइनन् । त्यस्तै, ६५ प्रतिशत प्रतिनिधि चयन प्रक्रियामा उमेद्वारीसमेत दर्ता नगरेका चेक रिपब्लिकका संस्थापक अध्यक्ष जितेन्द्र रायमाझीले समेत महाधिवेशन प्रतिनिधि दाबी गर्दै आएका छन् ।

आचार्य समूहका युरोप संयोजक नारायण आचार्य समेत आफ्नै देशमा अल्पमतमा परेपछि नेदरल्याण्डमा ६५ प्रतिशत र २५ प्रतिशत नामवली नराखी नामावली प्रकाशित गरिएको भन्दै गलत विवरण परराष्ट्र मन्त्रालयमा पठाएका छन् । यस्तै, निवेदनकर्ताले लक्जेम्बर्ग, रुस, पोल्याण्ड लगायतका प्रतिनिधि छनोट प्रकृयालाई लुकाएका छन् ।

एनआरएनए परराष्ट्र मन्त्रालयमा दर्ता भएकाले संघको विधान तथा निर्णयहरूका विषयमा प्रचलित कानुन बमोजिम एकरुपता कायम गरी विवाद समाधान गर्ने एक मात्र निकाय परराष्ट्र रहेको निवेदकहरुको दाबी छ । मतदाता आफ्नो अनुकुल बनाउने मनसायबाट कतिपय देशमा धाँधली गरेको आरोप समेत निवेदकहरुको छ । त्यसरी संस्थागत रुपमा धाँधली गरिएका घटनालाई निरुपण गरी निर्वाचनको प्रकृया अगाडी बढाउन पनि उनीहरुले परराष्ट्र मन्त्रालयसमक्ष माग गरेका छन् ।

४ देशको विवाद के हो ?

गैरआवासीय नेपाली संघको राष्ट्रिय समिति अमेरिका, अष्ट्रेलिया, यूकेको निर्वाचन जिते पछि उत्साहित भएको आचार्य समूहले चुनाव हारेका र आफ्ना प्रतिनिधि कम भएका देशमा विवाद निकाल्दै आएको छ । संघको गत जनवरीमा सम्पन्न विषेश महाधिवेशन भाँड्न तम्मतयार रहेको समूहले विधान संशोधनमा राष्टिय समन्वय परिषदहरूमा पूर्वकार्यसमितिबाट ६५ प्रतिशत, निर्वाचनबाट २५ प्रतिशत र अध्यक्षले १० प्रतिशत प्रतिनिधि छनोट गर्ने विषयमा सहमति जनाएको थियो ।

तर आचार्य समूहले पुर्वकार्यसमिति आफ्नो अनुकुल नभएका देशमा ६५ प्रतिशित प्रतिनिधि नयाँ कार्यसमितिले छनोट गर्न पाउनुपर्ने माग गर्दै आएको छ । समूहले २५ प्रतिशतको व्यवस्थालाई अपव्याख्या गर्दै निर्वाचन नै नभएपनि अमेरिका, बेलायत, अस्ट्रेलियाबाट सिफारिस गरिएका २५ प्रतिशतलाई मान्यता दिन नेतृत्वलाई दबाब दिदै आएको छ । अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गत महिना सम्पन्न पदाधिकारी बैठकले विधानविपरीत आएका प्रतिनिधिलाई मान्यता नदिने निर्णय गरेको थियो । त्यस्तै, चुनाव हारेपछि आचार्य समूहले जापानमा पनि विवाद उत्पन्न गराउँदै आएको छ ।

त्यस्तै, बेलायतको निर्वाचनमा पनि उक्त समूहले व्यापक धाँधली गरेको थियो । निर्वाचन व्यवस्थापनको जिम्मा लिएको बेलायती भेन्टर च्वाइस भोटिङले एनआरएनए यूकेको निर्वाचन गैरकानूनी भएको भन्दै अवैधानिक भनेर रिपोर्ट सार्वजनिक गर्दा समेत आचार्य समूह नतिजाको पक्षमा उभिएको छ । एनआरएनए यूकेको निर्वाचनमा भएको व्यापक अनियमिताबामा वेलायतस्थित अदालत र परराष्ट्र मन्त्रालयमा उजुरी हाल्ने तयारी गरिएको छ ।

किन अतालियो कुल आचार्य समूह ?

नेपाली कांग्रेसको तर्फबाट एकलौटी उम्मेदवार बन्ने प्रयासमा लागेका कुल आचार्य अहिले बेचैन बनेका छन् । संघको गत निर्वाचनमा लोकप्रिय मत प्राप्त गरेकी संघकी उपाध्यक्ष रविना थापाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि आचार्यलाई अहिले तातो दुध निल्नु नओकेल्नु भएको छ । रविनाले अध्यक्षका अर्का प्रत्यासी डा. बद्री केसी समूहसंग ठूलो रकम लिएर उम्मेदवारी दिन लागेकी आचार्य समूहको आरोप छ । आचार्य स्वयंमले संघका पूर्वअध्यक्ष शेष घलेलाई समेत थापा केसी समूहको उम्मेदवार भएको जनाकारी दिएका थिए । आचार्य समूहमा रहेका केहीले थापाले दुई सय भोट काटे पनि आचार्यलेनै चुनाव जित्नै भन्दै उस्काएका छन् ।

यसैबीच, विहीवार एक टेलिभिजन अन्तरवार्तामा अध्यक्षकी प्रत्यासी रविना थापाले संघको निर्वाचनमा उत्कृष्ट उम्मेदवार नभेटिएका कारण आफुले उम्मेदवारी दिनु परेको दाबी गरेकी छन् । थापाले आफु कुनैपनि हालतमा पछि नहट्ने भन्दै उम्मेदवारी दर्ता गर्ने दिनको प्रतिक्षामा रहेको बताइन् ।

आफ्नै देश वेलायतमा आचार्य तेस्रो

संघको निर्वाचनमा रविना थापाले उम्मेदवारी दिएको खण्डमा कुल आचार्य आफ्नै देश वेलायत तेस्रो हुने देखिएको छ । संघमा नेपाली कांग्रेसका तर्फबाट चुनाव लड्न लागेका आचार्यलाई बेलायतस्थित भातृसंस्था नेपाली जनसम्पर्क समितिले अस्वीकार गर्दै रविना थापाको पक्षमा उभिए पछि आचार्य तेस्रो हुने अवस्थामा पुगेका हुन् ।

नेपाली जनसम्पर्क समिति र संघको वर्तमान कार्यसमितिको पूर्णसाथ पाउँदा थापा पहिलो, डा. बद्री केसी दोस्रो र आचार्य तेस्रो हुने पक्का छ । डा. केसीलाई बेलायतस्थित पुराना संस्थापक नेताहरुको साथ छ । आफ्नै श्रीमती, छोरी, र रेष्टुरेन्टमा काम गर्ने केहीको नाम १० प्रतिशत र २५ प्रतिशतमा पार्न सफल भएका आचार्यले परिवारबाहिरको भोट पाउन कठिन छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *