एनआरएनए निर्वाचन : प्रारम्भिक मतदाता नामावली प्रकाशित (नामावलीसहित)

news-details

गैरआवासीय नेपाली संघको १० औँ महाधिवेशनमा भाग लिने प्रतिनिधिको प्रारम्भिक नामावाली प्रकाशन भएको छ।

गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माका अनुसार गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा भाग लिने प्रतिनिधिको नामावली सार्वजनिक गरिएको छ । गैरआवासीय नेपाली संघको १० औ महाधिवेशनमा भाग लिने प्रतिनिधिको प्रारम्भिक नामावली संघको वेभसाईटमार्फत सार्वजनिक गरिएको हो ।

पहिलो चरणमा नाम प्रकाशित भएका मध्ये डकुमेन्ट, सेल्फी र विवरण छुटेका प्रतिनिधिहरुले सेप्टेम्बर १२ तारिख सम्म पठाइ सक्नु पर्ने छ ।

पहिलो चरणमा ६५ र १० प्रतिशतबाट छनोट भएर आएका प्रतिनिधिको नामावली सार्वजनिक गरिएको हो ।

चार देश बाहेक बाँकि २५ प्रतिशतको नामावली भोलि सार्वजनिक गरिने संघले जनाएको छ ।

त्यस्तै, एउटै देशबाट दुई वटा नामावली आएका यूके, अष्ट्रेलिया, अमेरिका र जापानको हकमा २५ प्रतिशतको विषयमा भने विधान ब्याख्या समितिले अन्तिम निर्णय गरेपछि मात्र नामावली सार्वजनिक गरिने भएको छ ।

चार देशबाट वर्तमान कार्यसमिति र निवर्तमान कार्यसमितिबाट छुट्टाछुट्टै नामावली आएपछि विवाद भएको थियो । विधानको विषयमा प्रश्न उठेपछि त्यसको निर्णय गर्ने जिम्मा विधान ब्याख्या समितिलाई दिइएको हो ।

संघले विवरण समय अबधी भित्र प्राप्त हुन नसके महाधिवेशन अन्तर्गतको मतदान सहितको निर्वाचनमा भाग लिने आधिकारीता प्राप्त नहुने समेत निर्देशन दिएको छ ।

संघको निर्वाचन समितिका सदस्य सचिव भूषण घिमिरेका अनुसार मतदाता नामावली प्रकाशन भए पछि निर्वाचनको मिति केहि दिनमा घोषणा गर्ने तयारी निर्वाचन समितिले गरेको छ ।

संघका महाधिवेशनमा विश्वभरिका ६४ देशबाट ३५ सय बढी प्रतिनिधि सहभागि हुने भएका छन् ।

हेर्नुहोस नामावलीसहित

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *