एनआरएनए कोषाध्यक्षमा जापानबाट अरुणकुमार श्रेष्ठको उम्मेदवारी

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए आईसीसी) अन्तर्राष्ट्रिय समन्वय परिषदको १० औ विश्व सम्मेलन तथा महाधिबेशनबाट चुनिने नयाँ कार्यसमितिमा कोषाध्यक्ष पदका लागि एनआरएन अभियानका अगुवा अरुणकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।

‘चुस्त, पारदर्शी र मितब्ययी एनआरएनए आजको आवाज’ भन्ने मुल मन्त्रसहित एनआरएनए आईसीसी कोषाध्यक्षमा जापानबाट श्रेष्ठले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

प्रविधियुक्त, आर्थिक पारदर्शीता, उद्दमशीलता, र नेपाली एकताको संगठन बनाउने एजेन्डासहित श्रेष्ठले उम्मेदवारी घोषणा गर्दै एनआरएन अभियानमा आफुले आर्जन गरेको अनुभव र विज्ञतालाईलाई सदुपयोग गर्ने बताएका छन् ।

लामो समयदेखि जापानमा व्यावसाय गर्दै आएका श्रेष्ठ एनआरएन अभियानमा संस्थापनकालदेखि नै लागिरहेर दुई कार्यकाल एनआरएनए आईसीसी सदस्य भइसकेका छन् । श्रेष्ठले सन् २०१३–१५ कार्यकालमा नै कोषाध्यक्ष पदमा उम्मेदवारी दिएकोमा वर्तमान उपाध्यक्ष डा. बद्री केसीसँग झिनो मतले पराजय भएका थिए ।

चितवन निवासी श्रेष्ठ जापानमा नेपाली ब्राण्डको सामग्रीहरु, नेपाली ब्राण्डको रक्सी लगाएत ब्यापार गरि मयूर कर्पोरेशन र ग्लोबल बजारबाट नुनदेखि सुन सम्म ब्यवसाय गरेर जापानमा स्थापित नेपाली व्यवसायीका रुपमा चिनिन्छन् ।

नेपाल तथा जापानमा सामाजिक क्षेत्रमा समेत सहयोगी मनका श्रेष्ठले संस्थालाई चलायमान र आर्थिक पारदर्शीको लागि कोषाध्यक्ष पदमा उम्मेद्वारी दिन लागेको र एनआरएनएको अभियानलाई थप उचाईमा पु¥याउने बताएका छन् ।
एनआरएनएमा अहिलेसम्म मुद्धा र एजेण्डाहरु धेरै उठेता पनि कार्यान्वयन हुन नसकेकाले अवको आवश्यकता ठोस कार्यान्वयन भएकाले आफ्नो उम्मेदवारी रहेको श्रेष्ठको भनाई छ ।

श्रेष्ठले आफ्नो कार्यकौशलता र अनुभवलाई सहि सदुपयोग गर्दै एनआरएन अभियानमा निरन्तरता दिने दृढ संकल्पसहित सबैको साथ, सहयोग र सद्भाव पाएमा निस्वार्थ सेवाभावका साथ आगामी जिम्मेवारी कुशलतापूर्वक बहन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।

एनआरएन अभियानमा पुरानो र अनुभवी श्रेष्ठ एनआरएनएमा गुट उपगुट बनाउन नहुने तर्क राख्दछन् । सबैका साझा श्रेष्ठ आगामी नेतृत्वका लागि काविल व्यक्तित्व हुन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *