एनआरएनए रोमानियाको सातौँ महाधिवेशन सम्पन्न, अध्यक्षमा खगेन्द्र अधिकारी चयन

news-details

गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रोमानियाको सातौं राष्ट्रिय महाधिवेशनले सर्वसम्मत रुपमा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद यूरोपका सह संयोजक शुक्रराज न्यौपानेको पहलमा महाधिबेशन सम्पन्न भएको हो ।

राष्ट्रिय महाधिवेशनले एनआरएनए रोमानियाका संस्थापक अध्यक्ष तथा रोमानियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत नवराज पोखरेललाई प्रमुख संरक्षकमा, पूर्ब अध्यक्ष आलोक साहलाई संरक्षकमा, सुरेन्द्र गौतमलाई आईसीसी सदस्यमा, डा अमित रिजाललाई सल्लाहकारमा र खगेन्द्र अधिकारीलाई अध्यक्ष पदमा निर्विरोध चयन गरेको छ ।

अधिवेशन रोमानियाका लागि अवैतनिक वाणिज्यदूत नवराज पोखरेलको अध्यक्षतामा बुखारेस्ट स्थित नेपाली एभरेष्ट रेष्टुरेण्टमा सम्पन्न भएको थियो ।

अधिकारीको अध्यक्षतामा गठित नयाँ कार्यसमितिमा बरिष्ठ उपाध्यक्षमा ल्हाक्पा तेन्जी लामा शेर्पा, उपाध्यक्षमा गोपाल खड्का, महासचिवमा फुर्साङ लामा, सचिवमा प्रकाश चन्द, कोषाध्यक्षमा बिजय कुँवर, सह–कोषाध्यक्षमा सन्दिप शाह, युवा संयोजकमा सबिन आचार्य, प्रवक्तामा युवराज लामिछाने र महिला संयोजकमा शोभा मानन्धर चयन भएका छन ।

यस्तै सदस्यहरुमा अनिल खनाल, अनु खड्का, डिकेश मगर, ईशा श्रेष्ठ, सहिल हुसेन, नबिन कुमार नगरकोटी, गोमा थापा, आड्रीआन श्रेष्ठ, पदम श्रेष्ठ, बिष्णुराज पाण्डे, रमेश ढकाल, जेनी गुरुङ, जाङ्बो शेर्पा, सुमी शेर्पा र सचेन्द्र कार्की चयन भएका छन ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *