हङकङबाट टिका गुरुङको एनआरएनए महिला सचिवमा चुलियो चर्चा
- भदौ १८, २०७८
- 0
गैरआवासीय नेपाली संघ एनआरएनएको १० औं महाधिबेशन तथा विश्व सम्मेलनले चुन्ने नयाँ कार्यसमितिका लागि एनआरएनए हङकङकी निवर्तमान अध्यक्ष राधिका गुरुङ ‘टीका’ले आइसीसी महिला सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन् । उनको उम्मेदवारीसँगै एनआरएनबृतमा चर्चा चुलिएको छ ।
एनआरएनए एनसीसी हङकङको दुई पटक कुशलताका साथ नेतृत्व सम्हालिसकेकी गुरुङलाई महिला सचिव पदमा जिताउनका लागि एनआरएनए हङकङले सर्वसम्मत अनुमोदन गरिसकेको छ । ‘मेरो उम्मेदवारी एउटा व्यक्तिको उम्मेदवारी नभएर लामो अनुभव, विनयशिलता, कर्मठ, जोश र उत्साहको साझा उम्मेदवारी हो’ महिला सचिव पदमा आफ्नो औपचारिक उम्मेदवारी घोषणा गर्दै गुरुङले भनिन ।
हङकङमा बसोबास गर्ने नेपाली र अन्य मुलका नागरिकहरुसँग सहकार्य र समन्वय गर्दै हङकङमा भइ परिआउने प्राकृतिक विपद टाईफुन, आगलागी जस्ता घटनाहरुमा सहयोग तथा उद्धार जस्ता कार्यहरुको अभियानमा एनआरएनएको बलियो उपस्थिति जनाएकी गुरुङको खोजी एनआरएनए आइसीसीमा बढेको हो ।
एनआरएनएले बिश्वको विभिन्न देशहरुमा गरिरहने सम्मेलनहरुमध्ये चौध बर्ष पश्चात गुरुङको कार्यकालमा एशिया प्यासिफिक (एशिया महादेश) क्षेत्रीय सम्मेलन हङकङमा गर्न सफल भएको थियो ।
उम्मेदवारी दिदै गुरुङले आफ्नो ७ बुँदे प्रतिवद्धतापत्र समेत सार्वजनिक गरेकी छिन । जसमा अनुभवको सदुपयोग, नेपाली नागरिकताको निरन्तरता, गोरखा समानताको आन्दोलन, सम्मानित बैदेशिक रोजगार, महिला सशक्तिकरण, नेपालमा प्राविधिक शिक्षा र युवा पुस्तालाई संस्थामा आवद्धको विषयलाई प्रमुखताका साथ उनले उठाएकी छिन ।
हङकङमा सफल महिला व्यवसायीको रूपमा चिनिने गुरुङ एनआरएन अभियानसँगै सामाजिक कार्यमा लामो समयदेखि सक्रिय छिन् । गुरुङ हङकङमा बसोबास गर्ने नेपाली र अन्य मुलकका नागरिकहरुसँग सहकार्य र समन्वय गर्दै हङकङमा भइपरिआउने प्राकृतिक बिपद (टाईफुन) आगलागी जस्ता घटनाहरुमा आर्थिक सहयोग तथा उद्धार जस्ता कार्यहरुको अभियानमा निरन्तर लागीरहने एक महिला सामाजिक अभियन्ताको रूपमा चिनिन्छन् ।
हङकङ सरकारले बिरलै प्रदान गर्ने चिफ एक्जुकेटिभ कमेन्डेसन फर कम्युनिटि सर्भिस पदबीबाट समेत गुरुङ सम्मानित भइसकेकि छन् ।
कोभीड १९ को कारण नेपालका अस्पतालहरुमा अक्सिजन समस्या हुदा गुरुङकै नेतृत्व तथा एनआरएनए हङकङको पहलमा आर्थिक संकलन गरि १३० थान अक्सिजन कन्सन्टेटर नेपालका करिब दुई दर्जन सरकारी अस्पतालहरु र कोभीड आइसुलेसन केन्द्रलाई बितरण गरिएको थियो । हालै १७ लाख थान मास्क नेपालका विभिन्न अस्पतालहरु र विभिन्न सस्था तथा संगठनहरुलाई पनि एनआरएनए हङकङले बितरण गरिरहेको छ ।
नेपालका विभिन्न राजनीतिक दलहरुका शिर्ष नेताहरुसँग राम्रो सम्बन्ध रहेकी गुरुङले निरन्तर नागरिकता समस्या समाधान र वैदेशिक रोजगारमा रहेका नेपालीहरुको संरक्षण तथा हितका लागि नीति निर्माण र कार्यान्वयन गर्न नेपाल सरकारलाई अनुरोध गर्दै आइरहेकी छन् ।
महिला सचिबमा गुरुङको उम्मेदवारी र बिजयीले बिश्वभर छरिएर रहेका महिला बर्गको मात्र नभई सिङ्गो एनआरएनएको गरिमा र उद्धेश्य प्राप्तिमा ईट्टा थपिने धेरै शुभेच्छुकहरुको आकलन रहेको छ ।