मलेसियाबाट भट्टराईको एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा उम्मेदवारी घोषणा

news-details

गैरआवासीय नेपाली संघको १० औं विश्व सम्मेलन तथा महाधिबेशनमा मलेसियाबाट हरिप्रसाद भट्टराईले एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजक (डिआरसी) पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

‘सुरक्षित, मर्यादित र व्यवस्थित वैदेशिक रोजगार, युवा पुस्ताको सहभागिता र श्रमिक मैत्री एनआरएन मेरो सरोकार’ भन्ने मुल मन्त्रसहित भट्टराईले २०२१–२३ कार्यकालका लागि क्षेत्रीय उपसंयोजक पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन् ।

काठमाडौंमा बिहीबार एक कार्यक्रम नै आयोजना गरी उम्मेदवारी घोषणा गरेका भट्टराईले एनआरएन अभियानमा अझ काम गर्न, श्रमिक मैत्री एनआरएन बनाउन र एसिया प्यासिफक क्षेत्रका नेपालीहरुका मुद्धालाई स्थापित गर्न आफ्नो प्रमुख उदेश्य रहेको बताएका छन् ।

एनआरएनए मलेसियाको निवर्तमान अध्यक्ष रहेका भट्टराईले आफ्नो कार्यकालमा एनआरएनए मलेसियाको शाख थप उचाईमा पु¥याउनुका साथै सबैको मन मनमा एनआरएनए मलेसियाको अनुभूत गराउन सफल भएका छन् । एनआरएनजस्तो पवित्र संस्थामा लिनका लागि होइन दिन सक्नुपर्दछ भन्ने मान्यता राख्ने भट्टराई मलेसियाका सफल नेपाली व्यवसायी हुन् ।

आफैले १५ लाख नेपाली रुपैयाजम्मा गरेर कल्याणकारी कोष बनाउनदेखि, एनआरएनए मलेसियाको आफ्नै कार्यालय स्थापना गर्न, कोभिडको समयमा ६३ सयभन्दा बढिलाई राहत तथा उद्धार मात्र नभएर ७० जनाभन्दा बढि जेलमा रहेका नेपालीलाई स्वदेश फर्काउन सफल भएको भट्टराईको दावी छ ।

एनआरएनए मलेसियाको सातौ महाधिबेशन भब्यरुपमा मनाउँदै सर्वसम्मत नेतृत्व चयन गरेको मलेसियाले उदाहरणीय एनसीसीको नाम कमाएको छ । त्यही अनुभवलाई एसिया प्यासिफिक उपसंयोजकमार्फत एनआरएनएमा काम गर्ने भट्टराईको भनाई छ । ‘कोभिडका कारण धेरै काम अधुरा नै रहेका छन्, अव डिआरसी पदमा रहेर श्रमिकका मुद्धालाई एनआरएनए मार्फत समाधानका लागि उम्मेदवारी घोषणा गरेको छु’ भट्टराईले भने ।

एनआरएनएमा एसिया प्यासिफिक उपसंयोजक दुई वटा पद हुन्छ जसमा मलेसियाबाट नै विश्व राईले समेत उम्मेदवारी घोषणा गरिसकेका छन् । यद्यपी सहमतिमा मलेसियाले उपसंयोजक पद पाउनु पर्ने भट्टराईको दावी छ । ‘एनआरएन मलेसियाको वर्तमान कार्यसमितिले मलाई सर्वसम्मत उपसंयोजकमा जानलाई अनुरोध गरिसकेको र एसिया प्यासिफिक देशमा रहेका एनआरएनहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएकाले मेरो विजयी निश्चित छ’ भट्टराईले आफ्नो आधार प्रस्तुत गरे ।
एनआरएनए मलेसियामा सवल र सक्षम भट्टराईलाई क्षेत्रीय उपसंयोजक पदमा सर्वसम्मत लैजान एनआरएनबृतमा चौतर्फी दवाव भने परिरहेको छ ।

भट्टराईका ९ प्रतिवद्धताहरु :

१. एनआरएनए एसिया प्यासिफिकका हरेक गतिबिधीहरुलाई श्रमिकमैत्री बनाइनेछ ।

२, नेपाल र एसिया प्यासिफिकको सम्बन्ध श्रममैत्री मात्र नभएर व्यपारिक तथा आर्थिक सम्बन्ध विस्तार गर्न पहल गरिनेछ ।

३, कोभिडका कारण रोजगार गुमाएका वा समस्यामा परेका, विरामी तथा जेलमा रहेका नेपालीलाई निशुल्क स्वदेश पठाउन, रोजगारका लागि पहल गर्न तथा सहयोगका लागि पहल गरिनेछ ।

४, नेपालीका लागि प्रमुख श्रम गन्तब्य मलेसिया, जापान, दक्षिण कोरियालगायतका देशमा रहेका नेपाली श्रमिकलाई फाइदा पुग्ने गरी दुईदेशबीचको सम्बन्ध स्थापित गराइ रोजगारी सहज बनाउन पहल गरिनेछ ।

५. विदेशमा रहेका नेपाली नियोगसंग एनआरएनको सहकार्यलाई थप बलियो बनाइनेछ ।

६. कोभिड १९ महामारीको समस्या र यसले पार्ने मनोवैज्ञानिक असरका बारेमा चेतनामुलक कार्यक्रम, स्वास्थ्य शिविर तथा परामर्शका कार्यक्रम गरिनेछ ।

७, नेपालको पहिचान रहने नेपाली कला तथा सस्कृतिलाई विश्व सामु चिनाउनका लागि गैरआवसिय नेपाली संघको विश्व संजाल मार्फत आवश्यक पहल गरिनेछ ।

८, श्रमिक गन्तब्य देशमा जाने तथा आउने हवाई टिकट सस्तो र सुलव बनाउन पहल गरिनेछ ।

९, एनआरएनएमा युवा तथा दोश्रो पुस्ताको आकर्षण बढाउने कार्यक्रम गर्नुका साथै विदेशमा नेपाली भाषा, कला–संस्कृति जगेर्नाका लागि अभियान चालिनेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *