एनआरएनए मध्यपूर्व क्षेत्रीय संयोजकमा जोन अर्यालको एकल उम्मेदवारी

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए)को दशौ महाधिवेशन मार्फत चुनिने नयाँ कार्यसमितिमा मध्यपूर्व क्षेत्रीय संयोजकमा साउदी अरबबाट राजेन्द्र अर्याल (जोन)ले उम्मेदवारी घोषणा गरेका छन ।

वर्तमान कार्यसमितिमा मध्यपूर्व क्षेत्रीय उपसंयोजकको जिम्मेवारीमा रहेका अर्यालले ५ बुँदे घोषणापत्रसहित सन् २०२१–२०२३ कार्यकालका लागि संयोजक पदमा उम्मेदवारी दिएका हुन । अहिलेसम्म मध्यपूर्व क्षेत्रीय संयोजकमा अर्यालको मात्र एकल उम्मेदवारी परेको छ ।

मध्यपूर्वका श्रमिकहरुको हकहित तथा समस्या समाधानमा सधैव अग्रपंक्तिमा देखिने अर्यालले कोभिड–१९ महामारीको समयमा राहत तथा उद्धार कार्यमा पनि उल्लेख्य भूमिका खेलेका थिए ।

सन् २०१३ देखि एनआरएन अभियानमा जोडिएका अर्याल एनआरएन साउदी अरबको एनसीसी सदस्य, आइसीसी सदस्य,  मध्यपुर्व क्षेत्रीय उपसंयोजक हुदै आगामी कार्यकालका लागि क्षेत्रीय संयोजकको जिम्मेवारी वहनका लागि अघि बढेका हुन ।

‘लामो समयदेखिको प्रवास बसाइ र एनआरएनए अभियानबाट आर्जन गरेको ज्ञान, सीप र अनुभवलाई सही सदुपयोग गर्दै प्रवासी नेपाली श्रमिकको हितमा काम गर्ने अठोटसहित मध्यपूर्व क्षेत्रीय संयोजकमा उम्मेदवारी दिएको हुँ’ आफ्नो उम्मेदवारीबारे प्रष्ट्याउदै अर्यालले भने ।

आफुले हिजोका दिनमा पनि मध्यपूर्व क्षेत्रमा रहेका श्रमिकको एजेण्डा लिएर हिडेको र भोलीका दिनमा पनि आफ्नो मुख्य एजेण्डा त्यही रहने बताउदै अर्याल भन्छन –‘एनआरएन अभियानमार्फत विगतदेखि नै प्रवासमा रहेका श्रमिकको समस्या समाधान र हितमा लागिपरेको यहाँहरुलाई अवगत नै छ, आगामी दिनमा पनि थप जिम्मेवारी वहनका साथ काम गर्ने अवसरका लागि तपाईहरुको साथ, सहयोग र सुभेच्छाको अपेक्षा गरेको छु ।’

उनले विदेशमा बस्ने नेपालीहरूमा सबैभन्दा ठूलो समस्या भनेको मध्यपूर्वमा काम गर्ने श्रमिकको भएको भन्दै यसको समाधानका लागि वैदेशिक रोजगारका नीतिगत सुधारको पहलदेखि विदेशमा रहेका नेपाली कुटनैतिक निकायमार्फत रोजगारदाता मुलुकका सम्वन्धित निकायसँग समन्वय तथा विदेशमा रहेका नेपाली संघ–संस्थासँग सहकार्य गर्ने बताए ।

यस्तै प्रवासमा रहेका नेपालीलाई स्वदेशमा लगानीको क्षेत्रमा जोडने आफ्नो अर्को लक्ष्य रहेको अर्यालको भनाई छ । ‘प्रवासमा आर्जन गरेको सीप र पूँजीलाई एनआरएन अभियान मार्फत देशमा लगानी गर्न र गराउन म अगाडि आएको छु,’ अर्यालले भने ।

साउदी अरबमा विगत २० वर्षदेखि व्यवसाय गर्दै आएका अर्याल मध्यपूर्वमा गैरआवासीय नेपाली तथा नेपाली कामदारहरुमाझ परिचित व्यक्ति हुन । गैरआवासीय नेपाली संघका क्रियाकलापदेखि आप्रवासीका समस्या र सामाजिक क्रियाकलापमा सक्रिय रहँदै आएका उनले एनआरएन अभियानमा एक सशक्त अभियन्ताको छवी बनाएका छन् ।

अर्यालका ६ बुँदे घोषणापत्र

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *