एनआरएनए मध्यपूर्व युवा संयोजकमा वाशिदको उम्मेदवारी, युवा र श्रमिकको हितमा लाग्ने अठोट

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी अक्टोबरमा हुने १० औ महाधिवेशन मार्फत चुनिने नयाँ कार्यसमितिको मध्यपूर्व क्षेत्रीय युवा संयोजकमा कतारबाट अब्दुल वाशिदले उम्मेदवारी घोषणा गरेका छन ।

सुरक्षित वैदेशिक रोजगार युवा र उद्यमशिलता भन्ने नारासहित मध्यपूूर्व युवा संयोजकमा वाशिदले उम्मेदवारी घोषणा गरेका हुन । वर्तमान कार्यसमितिमा आइसीसी सदस्य रहेका वाशिदले एनआरएनए आइसीसीको सामाजिक उद्यमशीलता विकास समितिको मध्यपूर्व संयोजक भएर समेत उत्कृष्ट भूमिका निभाइसकेका छन ।

‘एनआरएन अभियानमार्फत युवा र श्रमिकका हितमा केहि गर्ने अठोट र योजनासहित आएको छु’ वाशिदले भने –‘मध्यपुर्व युवा संयोजकमा विजयी गराएर एनआरएन अभियानमा थप जिम्मेवारी वहन गर्ने मौका दिनुहुन एनआरएनए अग्रज, अभियन्ता र मध्यपुर्बमा रहनुभएका सम्पूर्ण गैरआवासीय नेपालीहरुमा हार्दिक आग्रह गर्दछु ।’

मध्यपूर्वमा रहेका अधिकांश नेपाली युवा श्रमिककारुपमा कार्यरत रहेकाले उनीहरुको हकहित र सुरक्षा आफ्नो पहिलो एजेण्डा रहेको उनको भनाई छ । वाशिदले सक्षम युवाहरुलाई एनआरएनमा समेट्न आफूले युवामैत्री कार्यमा विशेष कदम चाल्ने जनाउदै युवा जगतमा नेतृत्व विकासका लागि काम गर्नेसमेत बताएका छन ।

‘मध्यपूर्वमा अधिकांश नेपाली श्रमिककारुपमा कार्यरत रहेका छन र उनीहरुका समस्या पनि धेरै छन, यी समस्या समाधानका लागि एनआरएनए आइसीसीमार्फत पहल गर्ने अठोटसहित मध्यपूर्व युवा संयोजकमा उम्मेदवारी घोषणा गरेको हुँ’ वाशिदले भने ।

अहिले धेरै नेपाली अदक्ष कामदारकारुपमा वैदेशिक रोजगारीमा जादा समस्या बढेको भन्दै वाशिदले दक्ष या अर्ददक्ष बनाएर मात्र वैदेशिक रोजगारीमा पठाउन सरकारलाई पहल गर्ने बताए । कामदारको मुद्दालाई नै मुख्य एजेन्डा बनाएका उनले वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि विभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने पनि आफ्नो योजना रहेको बताए ।

वाशिदले मध्यपूर्वी मुलुकमा कार्यरत नेपाली युवाको सीपलाई नेपालका युवासम्म लैजाने र उनीहरुसँगको सहकार्यबाट देशको विकासमा योगदान दिने योजना आफूले तयार पारेको समेत बताए । मध्यपूर्वी मुलकमा कार्यरत नेपाली युवाहरुको सीप, क्षमता र दक्षतालाई नेपाल निर्माणमा जोड्नु नै आफ्नो उद्देश्य रहेको वासिदको भनाई छ ।

खाडी मुलुकमा कामदारकारुपमा प्रवेश गरेर सन २०११ बाट व्यवसायिक क्षेत्रमा प्रवेश गरेका वाशिद मध्यपूर्वका नेपालीमाझ सफल युवा व्यावसायीकारुपमा परिचित छन । एनआरएन अभियानमा सधैव अग्रपंक्तिमा देखिने उनी एनआरएन अभियानमा उदाउदो युवा अभियान्ता पनि हुन ।

वाशिदले भाई अब्दुल हाफिज र दाजु अब्दुल कदिर बासिदको सहयोगमा आफ्नै नेपालको गाँऊ बेलाको नाममा इलेक्ट्रोनिक्स सामाग्रीहरुको ब्राण्ड ‘बेलाको ब्राण्ड’ स्थापित गरेका छन । कतारमा सफल ब्राण्ड बनेको उनको ‘बेलाको ब्राण्ड’ अहिले बेलायतमा विस्तार भैसकेको छ भने छिट्टै यो ‘ब्राण्ड’ नेपालमा र अन्य मुलुकहरुमा पनि विस्तार गर्ने तयारीमा उनी जुटेका छन । बेलाको ब्राण्ड आफ्नो जन्मभूमि जनकपुरको बेलाको गाउँबाट जुराएका हुन वाशिदले ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *