एनआरएनएको उपाध्यक्षमा आरके शर्माको खोजी, यस्ता प्रतिवद्धतासहित दिए उम्मेदवारी

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी अक्टोबरमा हुने १० औ महाधिवेशन मार्फत चुनिने नयाँ कार्यसमितिको उपाध्यक्ष पदका लागि सचिव आर.के. (राजेन्द्रकुमार) शर्माले उम्मेदवारी घोषणा गरेका छन ।

सन् २०२१–२०२३ को कार्यसमितिका लागि विभिन्न पदमा उम्मेदवारीहरु आइरहदा वर्तमान कार्यसमितिमा सचिवको जिम्मेवारीमा रहेर उत्कृष्ट कार्यशैली प्रस्तुत गरेका शर्माको खोजी हुन थालेपछि अन्तत : उनले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन ।

सन् २००८ देखि एनआरएन अभियानमा सक्रिय भएर लागेका शर्मा एनआरएनए एनसीसी कतारको सल्लाहकार, आइसीसी सदस्य, मध्यपूर्व संयोजक हुदै अहिले सचिव पदमा रहेर कुशलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन ।
खाडि मुलुक कतारलाई कार्यथलो बनाएर स्वदेश र विदेशका विभिन्न मुलुकमा व्यवसाय गर्दै आएका शर्मा प्रवासमा रहेका नेपाली व्यवसायीसँगै श्रमिकहरुमाझ पनि उत्तिकै लोकप्रिय रहेका छन । एनआरएन अभियानमा जोडिएर विदेशमा रहेका नेपालीको सुख दुखमा अग्रपंक्रिमा रहेर साथ दिदै आएका शर्माले स्वदेशमा पनि विभिन्न सामाजिक कार्यमा आफुलाई लगाएका छन ।

उपाध्यक्षमा आफ्नो उम्मेदवारीबारे प्रष्ट्याउदै शर्माले भन्छन –‘विगतको मेरो भूमिकालाई नजिकबाट समीक्षा गर्नु हुने सम्पूर्ण अग्रज, साथीभाईले मलाई उपाध्यक्ष पदमा बसेर संघलाई अझ बढि योगदान दिन गरेको अनुरोधलाई आत्मसात् गर्दै उपाध्यक्ष पदमा उम्मेदबार दिने निर्णय गरेको हुँ र एनआरएनको यो अभियानलाई थप उचाईमा पु-याउन सतप्रतिशत प्रतिबद्ध रहेको व्योहोरा जानकारी पनि गराउँदछु ।’

शर्माले एनआरएनएलाई विदेशमा रहेका सम्पूर्ण नेपालीको साझा चौतारी बनाउने आफ्नो अभियान रहेको बताउदै यसका लागि आफ्नो तन, मन र धन सदैव समर्पित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । ‘आजसम्म एनआरएन अभियानबाट हासिल गरेको अनुभव प्रयोग गर्दै थप जिम्मेवारी निर्वाह गर्ने अठोटसहित अघि बढेको छु, विगतमा जस्तै साथ, सहयोग र सुभेच्छासहित यहाँहरुले साथ दिनुहुनेमा म पूर्णरुपमा आशावादी छु ।’

उपाध्यक्ष पदमा उम्मेदवारी दिने क्रममा शर्माले आफ्ना ७ बुदे प्रतिवद्धतासमेत सार्वजनिक गरेका छन । उनले सुरक्षित, मर्यादित र सम्मानित वैदेशिक रोजगार, गैरआवासीय नेपाली नागरिकता , रेमिट्यान्सको सही सदुपयोग र लगानी, स्वदेशमा पर्यटन प्रवद्र्धन र विदेशमा नेपाल चिनाउन, एनआरएनमा सबैको स्वामित्व, गोर्खाजको सम्मानित अधिकार तथा राष्ट्र विकासका लागि योगदान र विज्ञ नेपालीको पहिचानलगायतका विषयसहित आफु उपाध्यक्ष पदको जिम्मेवारी निर्वाहमा अघि बढेको बताएका हुन ।

अहिले एनआरएनएको नयाँ नेतृत्वको चुनावी सरगर्मी बढीरहदा डा.बद्री के.सी र कुल आचार्यले छुट्टाछुट्टै प्यानल बनाएर नेतृत्वका लागि प्रतिष्पर्धा गर्ने तयारी थालेका छन । यी दुवै पक्षले उपाध्यक्ष पदमा शर्मालाई उम्मेदवार बनाउन खोजिरहदा शर्मा भने अहिलेसम्म कतै खुलेका छैनन । जसका कारण शर्मा दुवै पक्षको साझा उम्मेदवार हुने संभावना बढेर गएको छ ।

यस्ता छन उपाध्यक्ष पदमा उम्मेदवारी दिएका शर्माका ७ बुँदे प्रतिवद्धता

१, सुरक्षित, मर्यादित र सम्मानित वैदेशिक रोजगार : वैदेशिक रोजगारमा रहेका मध्यपूर्व, मलेसिया, दक्षिण कोरिया, जापान, अफ्रिका लगायतका देशमा रोजगार गर्ने कामदारका मुद्दा पहिलो प्राथमिकतामा राख्न मेरो उम्मेदवारी हो ।आज देशको अर्थतन्त्र धान्ने श्रमिकहरुको सही सम्मान हुन सकेको छैन । देश धान्ने हिरोहरुको मुद्दा एनआरएनको सर्वाधिक महत्वको विषय हुनुपर्छ भन्नेमा मेरो जोड रहनेछ । सुरक्षित वैदेशिक रोजगार बनाउन तथा समस्यामा परेकाहरुको सहयोगका लागि सरकारसँगको सहकार्यमा छुट्टै कोष स्थापना गरी पीडितलाई तत्काल सहयोग गर्न र स्वास्थ्य सुरक्षा तथा जनचेतनाका कार्यक्रम संचालन गर्न मेरो उम्मेदवारी हो ।

२, गैरआवासीय नेपाली नागरिकता : सन् २००५देखि हाम्रो माग गैरआवासिय नेपाली नागरिकताको निरन्तता अझै टुंङ्गोमा पुगेको छैन । २०७२ को संविधानले गैरआवासिय नागरिकताको हक प्रत्याभुत गरेपनि नागरिकता बिधेयक विचाराधिन छ । कानुन ल्याई कार्यान्वयनमा ल्याउन संघको तर्फबाट लबी गर्न मेरो उम्मेदवारी हो । त्यसैगरी गैरआवासिय नेपालीहरुको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली ऐन बन्ने प्रकृयामा छ । गैरआवासीय ऐन हाम्रो माग अनुसार ल्याउनका लागि मेरो उम्मेदवारी हो ।

३, रेमिट्यान्सको सही सदुपयोग र लगानी : विदेशबाट पठाएको रेमिट्यान्सको ६० प्रतिशत भन्दा धेरै रकम अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ । देश विकासको रामबाण मानिने रेमिट्यान्सलाई अनुत्पादक क्षेत्रमा भइरहेको खर्च कटौती गर्दै राष्ट्र विकासमा योगदान पु¥याउने वातावरण बनाउनु मेरो प्राथमिकता हो । साथै विदेशी लगानी नेपाल भित्र्याउन र विदेशमा रहेका आम एनआरएनहरुको सामुहिक लगानी ल्याउन मेरो विशेष जोड रहनेछ । १० अर्बको एनआरएन नेपाल डेभलपमेण्ट फण्डमा विशेषगरी श्रमिक बर्गको लगानी सुनिश्चितता गर्नका लागि पनि मेरो उम्मेदवारी हो ।

४, स्वदेशमा पर्यटन प्रवद्र्धन र विदेशमा नेपाल चिनाउन : पर्यटकहरुलाई नेपाल भित्राउनका लागि प्रोत्साहन गर्न आवश्यक भूमिका खेल्नेछु । पर्यटन सम्बन्धी विशेष दख्खल राखेका गैर आवासीय नेपाली विज्ञहरुलाई समेटेर विशेष कार्यदल गठन गरी एनआरएन अभियान अन्तर्गत नै पर्यटन प्रवद्र्धनका लागि विशेष कार्यक्रमहरु संचालन गर्नतिर दत्तचित्त भएर लाग्नेछु । साथै, एनआरएनए भनेको नेपाल बाहिरको नेपाल हो त्यसैले विदेशमा नेपाल र नेपालीपन झल्काउन पहल गर्नेछु ।

५, एनआरएनमा सबैको स्वामित्व : एनआरएन धनीहरुको मात्रै संस्था भन्ने भ्रमलाई चिर्दै सम्पुर्ण विदेशमा रहनुभएका नेपालीहरुको साझा संस्थाकारुपमा विकास गर्ने लक्ष्य मैले लिएकोछु । मध्यपूर्वमा नेपालीलाई समस्या पर्दा होस् वा अफ्रिकामा नेपाली चेली परिबन्दमा पर्दा, चाहे विश्वकै कुनै कुनामा नेपालीले दुख पाउँदा एनआरएन सधै निस्वार्थ रुपमा खट्नु पर्छ । यसमा मेरो भूमिका अग्रपंक्तिमा रहनेछ । विदेशमा रहेका कलाकार, खेलाडी, स्वास्थ्यकर्मी, विद्यार्थी र विभिन्न पेशाकर्मीको छुट्टै सञ्जाल बनाएर राष्ट्र विकासमा टेवा पु¥याउने कार्यको शुरुवात गर्नेछु । भावनात्मक एकतासहितको बलियो संगठन बनाउन पहल गर्नेछु ।

६, गोर्खाजको सम्मानित अधिकार : दुईसय वर्ष अगाडिदेखि नेपालीहरुको बिरताको गाथारुपमा चिनिएका गोर्खाजहरु संसारभरि फैलिएका छन् । उहाँको अधिकारको लागि आमरण अनसन तथा आन्दोलन गर्नु परिरहेको छ । उहाँहरुको समान हक र अधिकारको लागि मैले आफ्नो अर्को मुद्धा बनाएको छु ।

७, राष्ट्र विकासका लागि योगदान र विज्ञ नेपालीको पहिचान : आजसम्म एनआरएनएले आफ्नो अभियानमा धेरै समय तथा स्रोत साधन मानवीय कार्यमा केन्द्रित गरिरहेको छ । आगामी दिनहरुमा यसका अलावा एनआरएनएको स्रोत साधन राष्ट्र विकासको अभियानमा केन्द्रित गराउन पहल गर्नेछु । गैरआवासीय नेपालीहरु विदेशमा दक्ष काम गरिरहनु भएको छ, हामीहरुले सीपको पहिचान र क्षमता अभिवृद्धी गरेर भोलिका दिनमा नेपाली दक्ष तथा विज्ञ नेपालीहरु विदेशमा होइन नेपालमा नै योगदान दिने वातावरण बनाई सम्बृद्ध नेपाल निमार्णका लागि टेवा पुग्ने परियोजनाहरु ल्याउन मैले विशेष पहल गर्नेछु ।

माथि उल्लेखित बुंदाहरु मेरा प्राथमिकतामा परे पनि तत्कालिन अवस्थामा आइपर्ने सबै काममा मेरो सक्रिय भूमिका रहनेछ । एनआरएनए अभियानमा काम गर्ने मेरो अभिप्रायलाई एनआरएनए आईसीसी उपाध्यक्षको भूमिकामार्फत पूरा गर्ने अवसरका लागि यहाँहरु सबैमा हार्दिक अनुरोध गर्दछु । अन्तमा तपाइको सद्भाव, सहयोग र सुझाव नै मेरो लागि अमूल्य नीधि हुन्, त्यसकै बलमा एनआरएन अभियानलाई अझ उचाईमा पु¥याउन सधै प्रतिवद्ध रहनेछु ।
धन्यवाद सहित

आरके शर्मा (राजेन्द्रकुमार शर्मा)
उम्मेदवार
उपाध्यक्ष (२०२१—२०२३)
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *