एनआरएनए महासचिवमा गौरी जोशीको उम्मेदवारीसँगै चुलियो चर्चा

news-details

गैरआवासीय नेपाली संघ (एनआरएन)को आगामी १० औं महाधिवेशन मार्फत चुनिने नयाँ कार्यसमितिमा वर्तमान सचिव गौरीराज जोशीले आइसीसी महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आइसीसी सचिव भएर कुशलताका साथ जिम्मेवारी निभाएका जोशीले आगामी कार्यकाल २०२१–२३ का लागि महासचिवमा उम्मेदवारी दिएपछि उनको चर्चा तथा क्रेज चुलिएको छ ।

संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह र आफ्नो एनआरएनए मार्फत काम गर्ने मनोकांक्षाले महासचिव पदमा उम्मेदवारी दिने निर्णयमा आफू पुगेको जोशीको भनाई छ ।

अमेरिकाका सफल युवा व्यवसायी तथा सामाजिक अभियन्ता जोशीले ‘सक्षम, समावेशी र साझा एनआरएनए निर्माण हाम्रो अभियान’ नारासहित उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

सचिव रहंदा उनले गरेका प्रशंसनीय कामले जोशीलाई महासचिव पदमा उम्मेदवारी दिन विश्वभरका नेपालीको आग्रहलाई उनकोे स्वीकार गरेका हुन् । एनआरएन अभियानमा उनको काम गराईले महासचिवको दाबेदारीमा उनलाई बलियो देखाएको विश्वभर रहेका गैर आवासीय नेपालीको बुझाइ छ । ‘कर्म गरे अवश्य फल पाइन्छ’ भन्ने सोचका साथ अगाडि बढेका गौरीलाई पछिल्लो कार्यकालमा पनि सर्वाधिक भोटका साथ सचिवमा विजयी भएका थिए ।

चितवनको मध्यम वर्गीय परिवारमा जन्मिएका जोशी सफल व्यवसायी र समाजसेवीका रुपमा नेपाली समुदायमा चिनिन्छन् । लामो संघर्षपछि अमेरिकामा स्थापित भएका जोशी सरल, मिजासिलो र मिलनसार पनि छन् ।

दुई जनाबाट शुरु भएको उनको व्यवसायले हजारौंलाई रोजगार दिएको छ । उनको आफ्नै भास्तिका भन्ने कम्पनीका चारदेखि पाँच हजार उत्पादन विश्व बजारमा स्थापित भइसकेका छन् । एटीएन्ड टी, सीटी बैंक र अमेरिकन एयरलाइन्सजस्ता प्रसिद्ध व्यवसायिक घरानामासमेत जोडिएको उनको कम्पनीले भारत र नेपालमासमेत सेवा विस्तार गरिसकेको छ ।

गैर आवासीय नेपाली संघ (आइसीसी) केन्द्रीय सचिव जोशीले व्यवसायिक सफलतासँगै एनआरएन अभियानका सारथीका रूपमा आफूलाई अगाडि बढाउँदै लगिरहेका छन् । ‘विदेशमा पढेँ, व्यवसाय गरेँ, धन कमाएँ र अहिले अमेरिकामा बसेर ससारभर छरिएर रहेका प्रवासी नेपालीको मन जित्ने अभियानमा लागेको छु’ जोशी बताउँछन् ।

एनआरएनएमा स्मार्ट एनआरएन बनाउनका लागि जुटेका जोशी प्रविधीमैत्री एनआरएन बनाउनु पर्छ भनेर लागेका छन् । सहयोग र परोपकारी अभियानमा सधै अगाडि सर्ने गौरीले टेक्सासको नेपाली सांस्कृतिक केन्द्र होस् या चितवनको हिन्दु विद्यालय अनि चेपाङ बस्ती या सिन्धुका शिक्षालयमा लाखौं सहयोग गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *