एसिया प्यासिफिक संयोजकमा कोरियाबाट विनोद कुँवरको उम्मेदवारी घोषणा

news-details

गैरआवासीय नेपाली संघ (एनआरएन)को आगामी १० औं महाधिवेशन मार्फत चुनिने नयाँ कार्यसमितिमा एसिया प्यासिफिक क्षेत्रीय संयोजक (आरसी) पदका लागि दक्षिण कोरियाबाट विनोद कुँवरले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

एनआरएनए दक्षिण कोरियाको संस्थापक सदस्य हुँदै एसिया प्यासिफिक उपसंयोजक भएर कुशलताका साथ जिम्मेवारी निभाएका कुँवरले आगामी कार्यकाल २०२१–२३ का लागि क्षेत्रीय संयोजकमा उम्मेदवारी दिएका हुन् ।

संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह र संस्थामा रहेर काम गर्ने उच्च चाहनाका कारण एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दिएको कुँवरको भनाई छ ।

कुँवरले आफ्नो उम्मेदवारी घोषणा गर्दै भनेका छन् –‘एनआरएनए कोरियाको दुई कार्यकाल अध्यक्ष, आइसीसी सदस्य, एसिया प्यासिफिक क्षेत्रीय उप–संयोजक (२०१७–२०१९) हुँदै अहिले मानार्थ परिषद सदस्य हुदासम्म करिव १६ बर्षको अनुभबलाई समेट्दै आगामी कार्यकालका लागि एशिया प्यासिफिक क्षेत्रको क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दिने निर्णय गरेको जानकारी गराउन चाहान्छु ।’

एनआरएन अभियानमा निरन्तर लागिरहँदा थप जिम्मेवारी सम्हाल्ने अभिप्रायले उम्मेदवारी घोषणा गरेका कुँवरले गैरआवासीय नेपालीहरूको अभियानमा लाग्ने क्रममा सबैबाट हौसला तथा उत्साह पाउदा यस अभियानमा लागेकोमा झनै आनन्दित र गौरवान्दित महसुस गरेको बताएका छन् ।

विश्व अर्थतन्त्रको लगभग ३० प्रतिशत हिस्सा ओगट्ने सामथ्र्य राख्ने एसिया प्यासिफिक क्षेत्रमा रोजगारी, व्यापार, अध्ययन तथा अन्य कारणले वसोवास गर्ने नेपाली समुदायको संख्या उल्लेख्य मात्रामा रहेको छ ।

एसिया प्यासिफिक क्षेत्रका नेपालीको यो अभूतपूर्व अनुभव सँगसँगै ज्ञान, सीप, प्रविधि र पुँजी नेपालको समृद्धिका निम्ति लगाउन सक्नु धेरै ठुलो उपलव्धि हुने हुदा नेपालको समग्र विकासमा एसिया प्यासिफिकका नेपाली समुदायको पनि प्रत्यक्ष सहभागिता गराउनु आफ्नो प्रमुख उद्देश्य रहेको कँुवरको भनाई छ ।

लामो इतिहास बोकेको गरिमामय संस्था गैरआवासीय नेपाली संघमार्फत एशियाली देशहरूमा भएका द्रुत गतिको विकास मोडलमा बर्षौदेखि सहभागी गैरआवासीय नेपालीहरूको अनुभवलाई मातृभूमिको समृद्धिका निम्ति सदुपयोग गर्नको लागि काम गर्ने कुँवरको प्रतिवद्धता छ ।

आफ्नो उम्मेदवारीका बारेमा कुँवर भन्छन् –‘म कुरा भन्दा काम गरेर देखाउनेमा विस्वास राख्दछु, एशियाका कुना–कुनामा रहेका नेपाली युवाहरुको आवाज, सीप, उर्जा र क्षमतालाई एकीकृत गर्दै वुलन्द र सशक्त रूपमा एनआरएनए मार्फत मातृभूमि नेपालको समृद्दिको निम्ति हरेक तह र तप्कामा ठोस नीति तथा कार्यक्रम निर्माण गर्ने एउटा नयाँ अभियान संचालन गर्ने लक्ष्यका साथ अघि बढ्ने प्रण गर्दछु ।’

कुँवरका प्रतिवद्धताहरु :

१. संस्थागत सबलीकरणको लागि : नेटवर्किङ, समावेशीता, पारदर्शिता

२. श्रम डिप्लोमेसीमार्फत सुरक्षित, मर्यादित एवं व्यवस्थित वैदेशिक रोजगारको सुनिश्चितता

३. ब्रेन पुलिङद्वारा सम्बृद्ध नेपालका लागि ज्ञान, सीप र प्रविधि हस्तान्तरण अभियान

४. उद्यमशीलताको प्रोत्साहन गर्दै स्थानीय उद्यमशीलता प्रवद्र्धन र रोजगारी सृजना

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *