एनआरएनए उपाध्यक्षमा एसी शेर्पाको उम्मेदवारी, संस्थामा पद्धति र पारदर्शिता ल्याउने प्रतिवद्धता

news-details

विश्वभर छरिएर रहेका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) १० औ विश्व सम्मेलन तथा महाधिबेशनमा अमेरिकाबाट आङछिरी शेर्पा (एसी शेर्पा) ले आइसीसी उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

संघप्रतिको निःस्वार्थ र निरन्तर सहभागितालाई आगामी कार्यकालमा पनि कायम राख्दै संस्थामार्फत अझ सेवा पु¥याउनका लागि पूर्वअमेरिकाज् क्षेत्रीय उपसंयोजक तथा आइसीसीका बर्तमान सल्लाहकार शेर्पाले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

‘पद्धति र पारदर्शिताः समावेशी एनआरएनए हाम्रो प्रतिबद्धता’ भन्ने प्रमुख एजेण्डासहित शेर्पाले आइसीसी उपाध्यक्ष पदका लागि आफ्नो उमेदवारी घोषणा गरेका हुन् । ‘मेरो उम्मेदवारी एनआरएनएमा पद्धति र पारदर्शिताको विकास गरी समावेशी एनआरएनए बनाउन र एनआरएनएभित्र फोहोरी राजनीतिको गन्धसमेत छिर्न नदिन हो’ शेर्पाले आफ्नो उम्मेदवारीबारे प्रष्ट पार्दै भने ।

सोलुखुम्बुका शेर्पा अमेरिकामा पर्यटन तथा ब्यबसाय गर्दै आएका छन् । अमेरिकामा मात्र नभएर क्यानाडा र नेपालमासमेत ब्यबसाय गरिरहेका शेर्पा सफल व्यक्तिका रुपमा चिनिन्छन् । अमेरिकाको वासिङटन राज्य सियाटल क्षेत्रका लागि नेपाल सरकारका अवैतनिक वाणिज्यदूत समेत रहेका शेर्पा एनआरएन अभियानका हृदयी र मनकारी व्यक्ति हुन् ।

नेपालको सगरमाथा र विश्वका सात चर्चित हिमालहरु सेभेन समिटसमेत सफलातापूर्वक आरोहण गरेका शेर्पाले गैरआवासीय नेपाली संघको झण्डालाई सगरमाथाको चुचुरोमा फहराएर अर्को इतिहाँस बनाएका छन् । यसका साथै सेभेन समिट फाउण्डेशनका अध्यक्ष समेत रहेका शेर्पाले सोलुखुम्बु, सिन्धुपाल्चोक जिल्लामा थुप्रै सामाजिक बिकासका काममा योगदान गरिरहेका छन् ।

शेर्पा एनआरएनएको पदिय जिम्मेवारीमा २०१३–२०१५ कार्यकालमा अमेरिकाबाट आइसीसी सदस्य, २०१५–२०१७ मा अमेरिकाज क्षेत्रको क्षेत्रीय उपसंयोजक हुँदै अहिले एनआरएनए आइसीसी सल्लाहकार भएर आगामी कार्यकालका लागि उपाध्यक्षका लागि उम्मेद्वार बनेका हुन् ।

एनआरएनएमा गुट उपगुट भन्दा तन, मन र धनले सदैव सहयोग गर्न सक्ने शेर्पालाई नेतृत्व तहमा ल्याउनै पर्ने आवाज विश्वभर रहेका गैरआवासीय नेपालीहरुको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *