एनआरएनए आइसीसी सचिवमा ओम गुरुङद्धारा उम्मेदवारी दिने घोषणा

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए)को विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय समवन्य परिषद्को १० औं महाधिवेशनमा अजीब गुरुङ ‘ओम’ ले आइसीसी सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

‘सम्वृद्धि, समावेशिता, सामुहिकता र संस्थागत सुदृढिकरणका लागि मेरो उमेदवारी’ भन्दै गुरुङले अग्रजहरुको आग्रह र आफ्नो इच्छाशक्तिका कारण आइसीसी सचिव पदमा उम्मेदवारी दिने बताएका हुन् । अघिल्लो निर्वाचनमा एसिया प्यासिफिक संयोजक पदमा झिनो मतले पराजित गुरुङ एनआरएन अभियानमा निरन्तर लागिरहेका छन् ।

एनआरएनए जापानको उपाध्यक्षमा भएर एनआरएन अभियानमा संलग्न हुदै अध्यक्ष भई सफल कार्यकाल सम्पन्न काम गरिसकेका गुरुङले ३ पटक आईसीसीको पदमा बसी विभिन्न महत्वपूर्ण जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरिसकेका छन् । आफ्नो अनुभवलाई एनआरएन अभियानमा लगाउन उनले आगामी २०२१–२३ कार्यकालका लागि आइसीसी सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

पर्वत जिल्लाको फलेवास नगरपालिका ८ ठानामौलाको खाल्टेमा जन्मिएर गुरुङ चितवनको माडीमा बसाईसराई भएपनि बिगत लामो समयदेखि जापानमा स्थापित सफल रेष्टुरेण्ट र रेमिट्यान्स ब्यवसायी हुन । उनले आफ्नो उम्मेद्धारी व्यक्तिगत स्वार्थ भन्दा पनि गैरआवासीय नेपालीकोहरुको समुचित बिकासको लागि निरन्तरता भएको दावी गरेका छन् ।

नेपालीका लागि नेपाली, एक पटकको नेपाली सधैंका लागि नेपाली भन्ने गैरआवासीय नेपाली संघको मुल नारालाई सार्थकता दिन आफुले सचिव पदमा उम्मेदवारी दिएको गुरुङले बताएका छन् ।

जापानस्थित नेपाल आदिबासी जनजाति महसंघ जापानको सस्थापक अध्यक्ष समेत् रही विभिन्न संस्थामा पनि महत्वपूर्ण ठाउँमा बसेर काम गरी सकेका गुरुङ गैरआवासीय नेपाली आन्दोलन र अभियानको अगुवामा निकै परिचित नाम हो । बिगत एनआरएनए जापानको एनसीसीदेखी नै पूर्व अध्यक्ष भवन भट्टसंग नजिक रहेर काम गरेका गुरुङ एनआरएनका महत्वपूर्ण जिम्मेवारीमा बसेर काम गरिसकेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *