अध्यक्षमा अरुलाई भिडाएर आफै दोहो-याउने भित्री खेलमा कुमार पन्त

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १० औं महाधिबेशन नजिकिदै जाँदा चुनावी सरगर्मी बढेको छ । आगामी अक्टोबरमा आफ्नो कार्यकाल सकिन लाग्दै गर्दा वर्तमान अध्यक्ष कुमार पन्तको आन्तरिक सक्रियता बढ्न थालेको छ ।

एनआरएनएले अक्टोबरमा नयाँ नेतृत्व समेत चयन गर्ने हुँदा यतिबेला नेतृत्वका दावेदारहरु मैदानमा उत्रिएका छन् । अध्यक्षका लागि वर्तमान उपाध्यक्ष डा बद्री केसी, वर्तमान महिला उपाध्यक्ष रबिना थापा र पूर्व उपाध्यक्ष तथा सल्लाहकार कुल आचार्यले अनौपचारिक उम्मेदवारी घोषणा गरेर तीब्ररुपमा तयारी गरिरहेका छन् ।

वर्तमान अध्यक्ष पन्त एनआरएनएको नेतृत्व संहालेपछि कोभिडका कारण अपेक्षाकृत काम गर्न नसकेपछि आफ्नो कार्यकाल सकिनै लाग्दा फेरि एक कार्यकाल अध्यक्ष बन्ने दाउमा देखिन्छन् । अहिलेसम्म खुलेर आगामी कार्यकालका लागि अध्यक्ष बन्छु नभनेता पनि अध्यक्ष पन्तले आफैले दोहो¥याउनका लागि भने माहोल सृजना गरिरहेको प्रष्ट हुन्छ ।

यद्यपी अध्यक्ष पन्तले गत निर्वाचनमा नै उपाध्यक्ष केसीलाई अध्यक्ष बनाउनका लागि बाटो प्रशस्त गर्ने वाचा गरिसकेका छन् । उपाध्यक्ष केसीलाई चिडियाएर अध्यक्ष दोहो¥याउने भन्दा पनि अध्यक्ष पदमा धेरैलाई भिडाएर सर्बसम्मतबाट आफ्नो पक्षमा पार्न पन्तले कुटिल चाल खेलिरहेका छन् ।

एनआरएनएका पूर्वअध्यक्षहरुलाई एकएकवटा जिम्मेवारी दिएर आफ्नो पक्षमा पार्न खोजिरहेका पन्त नजिककाहरुलाई भनिरहेका छन्–‘म चुनाव चै लड्दिन तर सर्वसम्मतबाट अध्यक्ष फेरि बनाउने हो भने अर्को कार्यकाल गर्न तयार छु ।’
अध्यक्षको कार्यभार संहालेपछि कोरोनाको कारण देखाउँदै खासै काम गर्न नसकेका पन्तका २०२१–२३ का लागि अध्यक्षमा दोहो¥याउने आन्तरिक खेल यस्ता छन्–

अझै नखुल्नु : आगामी अक्टोबरसम्ममा पद हस्तान्तरण गर्नु पर्ने अध्यक्ष पन्तले अहिलेसम्म नयाँ आकाक्षीलाई खुलेर स्वागत गर्न सकेका छैनन् । उनले न दोहो¥याउँछु भन्न सकेका छन् नत अध्यक्षमा उठ्दिन नै भनेका छन् । सबैलाई भँडाएर वा जुधाएर पन्त नै ठीक छ भन्ने बनाउनका लागि नखुलेको आंकलन उनका नजिककाहरु बताउँछन् ।

कोरोनाको कारण : कोरोनाका कारण एनआरएनएनएका अधिकांश एनसीसीहरुले सर्बसम्मत नेतृत्व चयन गरे । कोभिडका कारण आइसीसीको अध्यक्ष पदमा पनि सर्वसम्मत नेतृत्व चयन गर्नका लागि आफु नै योग्य पात्र बनाउन पन्त लागेका छन् । अर्को पक्ष उनले कोभिडका कारण केही अधुरा काम पुरा गर्न आवश्यक रहेकाले दोहो¥याउन चाहेका छन् ।

पूर्व अध्यक्षहरुको समर्थन लिने दाउ : एनआरएनएका प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष शेष घलेलाई नीति प्रतिष्ठानको अध्यक्षमा चयन गरेर अध्यक्ष पन्तले अर्को खेल रचेका छन् । चुनावको मुखैमा घलेलाई प्रतिष्ठानको अध्यक्ष बनाउनु, एनआरएन फाउण्डेशनको अध्यक्षमा पूर्व अध्यक्ष जीवा लामिछाने राख्नु अनि एनआरएन नेपाल डेभलपमेण्ट फण्डको अध्यक्षमा संस्थापक अध्यक्ष उपेन्द्र महतोलाई ल्याएर समर्थन बटुल्न खोज्नु अध्यक्ष पन्तको अर्को खेल भएको जानकारहरु बताउँछन् ।

उपाध्यक्ष लामाको साथ : एनआरएनएको अध्यक्षमा उम्मेदवारी दिने भन्दै हिडेका वर्तमान उपाध्यक्ष सोनाम लामा अहिले कुनै पदमा पनि उम्मेदवारी नदिने भन्दै पन्तलाई अध्यक्ष बनाउने दाउमा छन् । अहिले नेपालमा रहेका लामा र पन्त प्रायसँगै हुन्छन् । अध्यक्ष पन्तले लामालाई आगामी कार्यकालमा अध्यक्ष बनाउने र अहिले आफ्नो पक्षमा रहन आग्रह गरिरहेको बुझ्नमा आएको छ ।

निर्वाचन समिति आफ्नो अनुकुल : अध्यक्ष पन्तले आगामी महाधिबेशन तथा नेतृत्व चयनका लागि निर्वाचन समिति बनाएका छन् । उक्त निर्वाचन समितिमा पन्त इतरका व्यक्ति मात्र समेटिएको भन्दै विरोधसमेत भइरहेको छ । पन्तले आफ्नो पक्षमा माहोल मिलाउनका लागि यस्तो निर्वाचन समिति बनाएको आंकलन एनआरएनभित्र नै छ ।

राजनैतिक भेटघाट तीब्र : लामो समय जर्मनीमा नै सुतेका पन्त अहिले आएर निकै सक्रिय देखिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवादेखि मन्त्री तथा राजनैतिक दलका सबै नेताहरुलाई भेटिरहेका पन्त आफ्नो पक्षमा माहोल बनाइदिनका लागि आग्रह गर्न थालेका छन् । मिडिया भनेपछि हुरुक्कै हुने पन्त अहिले भने भाग्न खोजिरहेका छन् ।

एनआरएनभित्र सबैको विश्वास जित्न नसकेका अध्यक्ष पन्तलाई पुनः सोही पदमा जानका लागि त्यति सहज भने पक्कै छैन । आफैसँग लडेका अध्यक्षका प्रत्यासी कुल आचार्य र आफ्नै सारथी डा. बद्री केसीसँग यस पटक चुनाव लड्न पन्तको नैतिकताले नै दिदैन । उनले अहिले नै मार्ग प्रसस्त गरेर निर्वतमान अध्यक्ष भट्टजस्तो आगामी निर्वाचनमा आफु अध्यक्षको दावेदार होइन भन्न सक्नु पर्छ । नत्र उनको यो ढलमले प्रवित्तीले अलिकती बाँकी रहेको शाख पनि मेटिनेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *