एनआरएनए आइसीसी युवा उपाध्यक्षमा उर्जाशिल राज रेग्मीको उम्मेदवारी

यस्ता छन रेग्मीको युवा केन्द्रित प्रमुख एजेण्डा
news-details

गैरआवासीय नेपाली संघ (एनआरएन)को आगामी १० औं महाधिवेशन मार्फत चुनिने नयाँ कार्यसमितिमा मध्यपूर्व युवा संयोजक राज रेग्मीले एनआरएनए आइसीसी युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

मध्यपूर्व युवा संयोजक भएर कुशलताका साथ जिम्मेवारी निभाएका रेग्मीले आगामी कार्यकाल २०२१–२३ का लागि युवा उपाध्यक्षमा उम्मेदवारी दिएपछि उनको चर्चा चुलिएको छ ।

संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह र साथीभाईको अनुरोधमा युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा आफू पुगेको रेग्मीको भनाई छ । रेग्मीले भनेका छन्–‘सन् २०२१–२३ कार्यकालका लागि सबैको आग्रह र एनआरएनएभित्र काम गर्न सक्ने पदमा पुगेर आफ्नो केही गर्ने इच्छा अनुसार मैले एनआरएनए आइसीसी युवा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छु ।’

एनआरएनए कतार तथा विभिन्न संघसंस्थामा रहेर र अहिले मध्यपूर्व युवा संयोजकको जिम्मेवारी कुशलतापूर्वक निभाइसकेका रेग्मीले एनआरएनए अभियानमा लागिरहँदा एनआरएनएमा युवापुस्ताका मुद्धालाई स्थापित गर्न, दोश्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्न, विदेशमा रहेका श्रमिकहरुको आवाज बुलन्द बनाउन आइसीसी युवा उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

एनआरएन अभियानमा उदयीमान तथा उर्जाशिल रेग्मी कतारमा सफल व्यवसायीका अलावा समाजसेवीका रुपमा परिचित छन् । एनआरएनए युवा उपाध्यक्षका लागि सर्बसम्मतबाट सहमति बटुलेका रेग्मी सम्भवत निर्विरोध निर्वाचित हुनेछन् ।

कतार तथा नेपालमा सामाजिक कार्यका लागि सदैव अग्रस्थानमा रहेर सहयोग तथा समर्थन गर्दै आएका रेग्मी कसैसँग नबिझाउने व्यक्तिका रुपमा चिनिन्छन् । एनआरएन अभियानमा उनको उपस्थितिलाई विश्वभरका नेपालीले अन्तरआत्मादेखि स्वागत गरेका छन् ।

गैरआवासीय नेपाली संघले दिएको जिम्मेवारीलाई आत्मसाथ गर्दै विश्वसनिय, पारदर्शी र सहभागितामूलकढंगले विगतमा प्राप्त गरेको ऐतिहासीक सफलता, सीप, क्षमता तथा अनुभवलाई आईसीसी युवा उपाध्यक्षका माध्यमबाट विश्वसामु पस्कन नयाँ जिम्मेवारी वहन गर्न सक्ने प्रतिवद्धता उनको छ ।

विश्वभर रहेका दोश्रो पुस्ताका युवालाई लक्षित गरेर ग्लोवल एनआरएन सिंगिङ आइडलको आयोजना गरिरहेका रेग्मीले दोश्रो पुस्तालाई एनआरएनमा जोड्ने कार्यक्रम सफलतापूर्वक गरिरहेकोमा उनको चर्चा विश्वभर छ । मध्यपूर्व युवा विभागबाट नै आयोजना गरिएको कार्यक्रममा विश्वभरका दोश्रो पुस्ताको सहभागिता रहेको छ ।

मध्यपूर्वमा रहेका युवाहरुलाई टेवा पु¥याउने उदेश्यले छुट्टै कोष स्थापानालागि ३६ सय डलर सहयोग गरेका रेग्मीले युवालाई लक्षित कार्यक्रमहरु भोलिका दिनमा अझ प्रभावकारीढंगबाट ल्याउने बताएका छन् ।

विश्वभर रहेका नेपालीहरुसँग अपील गर्दै रेग्मीले भनेका छन्–‘आजको दिनसम्म आइपुग्दा यहाँहरुको माया, साथ, सुभेक्षा र समर्थनले जुन सफलता हासिल गरे भोलिका दिनमा आईसीसी युवा उपाध्यक्षमा रहेर काम गर्ने अवसर दिनुहुनेछ भन्ने आशासहित हार्दिक अपिल गर्दछु ।’

युवा केन्द्रित रेग्मीको प्रमुख एजेण्डा

एनआरएनएमा मध्यपूर्व युवा संयोजकमा इन्ट्री मारेपछि छलाङ मारेका रेग्मीले युवा उपाध्यक्ष बन्नका लागि युवा केन्द्रित एजेण्डा अघि सारेका छन् ।

युवा स्वरोजगार : नेपाली युवाहरुलाई उद्यमशील तथा स्वरोजगार बनाउनका लागि पहल गर्दै एनआरएनए मार्फत रोजगार सृजना गर्ने र उपलब्धीमुलक क्षेत्रमा युवाहरुको सामूहिक लगानी बढाउने ।

सामुहिक लगानी :आम नेपालीले सोचेको शुखी र सम्बृद्ध नेपाल बनाउने सपना साकार पार्नका उचित क्षेत्रमा एनआरएनहरुको सामूहिक लगानी ल्याउने । सामुहिक लगानीमा सबैको सानो सानो पूँजी समेटर देश विकासमा लगान पहल गर्ने ।

सीप र पूँजीको सदुपयोग : विदेशमा सिकेको र आर्जन गरेको सीप र पूँजीलाई स्वदेशमा लगानी गरेर स्वदेशमा नै रोजगारको विकास गर्ने, वैदेशिक रोजगारबाट फर्किएपछि पुनः विदेश जानु पर्ने अवस्थाको अन्त्यका लागि पहल गर्ने ।

युवाको आकर्षण बढाउने : विदेशमा रहेका विभिन्न पेशा तथा क्षेत्रमा रहेका युवाहरुलाई एनआरएनएप्रतिको आकर्षण बढाउने, धेरैभन्दा धेरैयुवाहरुलाई एनआरएनएको महत्व र आवश्यकताको अनुभूति दिलाउने । जसका लागि युवा केन्द्रित कार्यक्रमहरु संचालन गर्ने ।

सुरक्षित र मर्यादित वैदेशिक रोजगारी : वैदेशिक रोजगार नेपालीका लागि अझै बाध्यता नै छ तर वैदेशिक रोजगारी सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन जरुरी छ । स्वदेशमा नै सीप तथा तालिमको व्यवस्था गर्ने, वैदेशिक रोजगारको चक्रलाई सहजीकरण, अभिमूखिकरण तथा जनचेतनाका कार्यक्रमका लागि काम गर्ने ।

राहत कोष स्थापना : वैदेशिक रोजगार तथा अध्ययनका लागि मध्यपूर्व, मलेसिया तथा अन्य देशमा रहेका नेपालीहरु समस्या तथा अफ्ठ्यारोमा परेमा सहयोगका लागि छुट्टै राहत कोष स्थापना गर्ने ।

नेपाली कला सँस्कृतिको जगेर्ना : विदेशमा नेपाली कलासंस्कृति तथा भाषाको महत्व बढाउन तथा दोश्रो पुस्ताका नेपालीहरुलाई नेपालको कला संस्कृति तथा भाषा प्रति आकर्षण बढाउन विभिन्न कार्यक्रमहरु ल्याउने । जस्तै :गायन प्रतियोगिता (ग्लोवल एनआरएन सिंगिङ आइडलको निरन्तरता), नृत्य प्रतियोगिता, खेलकुद प्रतियोगितालगायत आयोजना गर्ने ।

स्मार्ट एनआरएनए बनाउन :विदेशमा रहेका सवैको अपनत्व हुने गरी सबै बर्ग, क्षेत्र, उमेर, लिङलाई समेट्ने गरी विधान र पद्धतिमा चल्ने निस्वार्थ र गैर राजनीतिक संस्थाका रुपमा एनआरएनएलाई आगाडि बढाउने ।

यसका अलावा एनआरएनएका आफ्ना विधान तथा पद्धति अनुसार चल्ने र स्मार्ट एनआरएन बनाउन सबैको साथ, सहयोग र समर्थन अनुसार अगाडि बढ्ने रेग्मीको प्रतिवद्धता छ । जुजारु, सफल र उर्जाशिल साझा उम्मेदवार भएकाले रेग्मीलाई एनआरएन युवा उपाध्यक्ष बनाउन सवै एनआरएनहरु पर्खिरहेका छन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *