एनआरएनए सचिवमा मलेसियाबाट खगेन्द्र न्यौपानेको उम्मेदवारी घोषणा

news-details

गैरआवासीय नेपाली संघ (एनआरएन)को आगामी १० औं महाधिवेशन मार्फत चुनिने नयाँ कार्यसमितिमा एसिया प्यासिफिक क्षेत्रीय सहसंयोजक खगेन्द्र न्यौपानेले एनआरएनए आइसीसी सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

एसिया प्यासिफिक सहसंयोजक भएर कुशलताका साथ जिम्मेवारी निभाएका न्यौपानेले आगामी कार्यकाल २०२१–२३ का लागि सचिवमा उम्मेदवारी दिएका हुन् ।

संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह र साथीभाईको अनुरोधमा सचिव पदमा उम्मेदवारी दिने निचोडमा आफू पुगेको न्यौपानेको भनाई छ । न्यौपानेले भनेका छन्–‘सन् २०२१–२३ कार्यकालका लागि सबैको आग्रह र आफ्नो केही गर्ने इच्छा अनुसार मैले एनआरएनए आइसीसी सचिव पदमा उम्मेदवारी दिने निर्णय गरेको छु ।’

एनआरएनए मलेसियाको उपाध्यक्ष, आइसीसी सदस्य, एक कार्यकाल अध्यक्ष र अहिले एसिया प्यासिफिक सहसंयोजकको जिम्मेवारी कुशलतापूर्वक निभाइसकेका न्यौपानेले एनआरएनए अभियानमा लागिरहँदा आफ्ना मुद्धालाई स्थापित गर्न आइसीसी सचिव पदमा उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

गैरआवासीय नेपाली संघले दिएको जिम्मेवारीलाई आत्मसाथ गर्दै विश्वसनिय, पारदर्शी र सहभागितामूलकढंगले विगतमा प्राप्त गरेको ऐतिहासीक सफलता, सीप, क्षमता तथा अनुभवलाई आईसीसी सचिवका माध्यमबाट विश्वसामु पस्कन नयाँ जिम्मेवारी वहन गर्न सक्ने प्रतिवद्धता उनको छ ।

न्यौपानेले विश्वभर रहेका नेपालीहरुसँग अपील गर्दै भनेका छन्–‘आजको दिनसम्म आइपुग्दा यहाँहरुको माया, साथ, सुभेक्षा र समर्थनले जुन सफलता हासिल गरे यसका लागि यहाँहरु सबै प्रति ऋणी रहने छु र मलाई विश्वास छ, सोही अनुरुप आईसीसी सचीवमा पनि अत्यधिक मतले विजयी गराई ऐतिहाँसिक सफलतालाई निरन्तरता दिनुहुनेछ भन्ने आशासहित हार्दिक अपिल गर्दछु ।’

मलेसिया तथा नेपालमा विभिन्न व्यवसायमा लगानी गरेका न्यौपाने सफल व्यवसायी हुन् । एसिया प्यासिफिकबाट आइसीसी सचिव पदका लागि न्यौपाने साझा तथा एक्लो उम्मेदवार भएकोले विजय नजिक भएको जानकारहरु बताउँछन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *