एनआरएनए सचिवमा मध्यपूर्वबाट प्रवीण गुरुङको उम्मेदवारी घोषणा

news-details

गैरआवासीय नेपाली संघ (एनआरएन)को आगामी १० औं महाधिवेशनले चुन्ने नयाँ कार्यसमितिमा मध्यपूर्व क्षेत्रीय संयोजक प्रवीण गुरुङले एनआरएनए आइसीसी सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

मध्यपूर्व संयोजक भएर कुशलताका साथ जिम्मेवारी निभाएका गुरुङले आगामी कार्यकाल २०२१–२३ का लागि सचिवमा उम्मेदवारी दिएका हुन् ।

गुरुङले गैरआवासीय नेपाली संघमा संस्थागत स्थायित्व र विकास आफ्नो उम्मेदवारीको मुख्य एजेन्डा बनाएका छन् । संघको अभियानमा आफूले प्राप्त गरेको लामो अनुभव र अग्रजहरुको आग्रहमा उम्मेदवारी दिने निचोडमा आफू पुगेको गुरुङको भनाई छ ।

सचिव पदमा उम्मेदवारी घोषणा गर्दै गुुरुङले भने –‘गैरआवासीय नेपाली संघले दिएको जिम्मेवारीलाई आत्मसाथ गर्दै विश्वसनिय, पारदर्शी र सहभागितामूलक ढंगले मध्यपूर्वी संयोजककोरुपमा प्राप्त गरेको ऐतिहासीक सफलता, सीप, क्षमता तथा अनुभवलाई आईसीसी सचिवका माध्यमबाट विश्वसामु पस्कन पाउँने पूर्ण विश्वास लिदैँ यहाँहरु समक्ष पुनः नयाँ जिम्मेवारी वहन गर्न सक्ने प्रतिवद्धतासहित उपस्थिति जनाएको छु ।’

गुरुङले आफ्नो कार्यकौशलता र अनुभवलाई सहि सदुपयोग गर्दै एनआरएन अभियानमा निरन्तरता दिने दृढ संकल्पसहित सबैको साथ, सहयोग र सद्भाव पाएमा निस्वार्थ सेवाभावका साथ आगामी जिम्मेवारी कुशलतापूर्वक बहन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । एनआरएनका पूर्वअध्यक्षहरु, विश्वभर रहेका एनआरएन अगुवा तथा मध्यपूर्वका सम्पूर्ण एनआरएनहरुको समर्थन लिएर चुनावी मैदानमा उत्रिएका गुरुङ आगामी नेतृत्वका लागि काबिल उम्मेदवार हुन् ।

गुरुङले विश्वभर रहेका नेपालीहरुसँग अपील गर्दै भनेका छन्–‘आजको दिनसम्म आइपुग्दा यहाँहरुको माया, साथ, सुभेक्षा र समर्थनले जुन सफलता हासिल गरे यसका लागि यहाँहरु सबै प्रति ऋणी रहने छु र मलाई विश्वास छ, सोही अनुरुप आईसीसी सचिवमा पनि अत्यधिक मतले विजयी गराई ऐतिहाँसिक सफलतालाई निरन्तरता दिने सु–अवसरका लागि तथा मेरा प्रतिद्धतालाई कार्यान्वयन गर्नका लागि अवसर दिनुहुनेछ भन्ने आशासहित हार्दिक अपिल गर्दछु ।’

कोभिड १९ को दोस्रो भेरिएण्टले नेपालमा अक्सिजनको हाहाकार हुँदा मध्यपूर्वबाट ५६० अक्सिजन सिलिण्डर नेपाल पठाउने अभियनमा नेतृत्वदायी भूमिका खेलेका गुरुङको एनआरएनमा मात्र नभएर नेपाल तथा विश्वभर उच्च मुल्यांकन भएको छ । ‘नेपाललाई समस्या पर्दा मल्हम लगाउन हामी मध्यपूर्वका नेपाली अग्रस्थानमा हुन्छौं’ गुरुङ भन्छन्–‘ अक्सिजन सिलिण्डर मात्र होइन करौडौंको स्वास्थ्य सामाग्री मध्यपूर्वका नेपालीहरुले स्वदेशमा पठायौं ।’

अनेपेक्षित रुपमा श्रृजना भएको कोभिड १९ को विषम परिस्थितिलाई समेत कुनै प्रवाह नगरी मध्यपूर्वमा रहेका २० लाख नेपाली समुदायमाझ नेतृत्वदायी भूमिकामा रहेर गुरुङले विभिन्न स्थानीय निकायसँग समन्वय गरी खाद्यान्न वितरणदेखि स्वेदश फिर्तिका लागि हवाई टिकट तथा रोजगार परिवर्तन एवं व्यवस्थापनमा समेत सक्रिय भूमिका खेलेका थिए ।

त्यतिमात्र नभई गुरुङको अग्रसरता मध्यपूर्वमा वर्षौदेखि अलपत्र मृतक नेपाली श्रमिकका शवहरु तथा कोमामा रहेका वेवारिसे विरामीहरुलाई स्वदेश फिर्ती एवं व्यवस्थापन गरी घर परिवार तथा आफन्तहरुको पिडामा मल्हम पट्टि लगाउने काममा पनि उत्तिकै देखिन्छ ।

भुकम्पका कारण क्षतविक्षत भएको बुदसिंङ्ग लगायत गोरखा जिल्लाका विभिन्न क्षेत्रमा आफु स्वयं उपस्थित भएर अस्थाई बासस्थान, खाद्यान्न, स्वास्थ्य सामाग्री वितरणमा खटेका गुरुङले गैरआवासीय नेपाली संघले शुरुवात गरेको लाप्राक नमुना बस्तीको ५ सय ७३ भवनसहितको स्थाई बासस्थान निर्माणका क्रममा पटक पटक निर्माणस्थलमै पुगेर सहयोग पु¥याएका थिए ।

मध्यपूर्व संयोजकको भूमिकामा गुरुङ भुकम्प, हावाहुरी, बाढीपहिरो, कोभिड–१९ लगायत विभिन्न दैविक प्रकोपको बेला स्वयम उपस्थित भएर गैरआवासीय नेपाली संघको नेतृत्व गर्दै राहत सामाग्री वितरणमा जुटेका थिए । सो क्रममा मध्यपूर्व तथा मलेसियाको नेतृत्वमा बारा–पर्सा लगायतका जिल्लामा हावाहुरीबाट घरवारविहिन भएका ३ सय घरधुरीलाई तथा सिन्धुली लगायत तराईका विभिन्न क्षेत्रमा बाढीपहिरोका कारण पीडित भएका १ सय ५० घरधुरीलाई खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य सामाग्री तथा अस्थाई बासस्थानको व्यवस्थाका लागि उनले अग्रणी भूमिका निर्वाह गरेका थिए ।

त्यसैगरी एनआरएनएको ईतिहासमा पहिलो पटक नेपालको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगीतामा सहभागिता हुने अवसरका लागि एवं विभिन्न खेल, कला–साहित्य तथा नेपाली संस्कार र संस्कृतिको संरक्षण, सम्बर्धन तथा प्रर्वद्धनमा गुरुङ प्रत्यक्ष सहभागी भएका थिए ।

नेपाली कला र संस्कृतीलाई संरक्षण, सम्बर्धन तथा दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरुमा हस्तान्तरण हुनुपर्छ भन्ने मान्यता राख्ने गुरुङले भ्वाईस अफ नेपाल, नेपाल आईडल, बुकीबुकी जस्ता नेपालकै ईतिहाँसमा पहिलो पटक शुरुवात भएका ‘रियालिटी शो’ हरुको ग्राण्ड फिनाले मध्यपूर्वमा सफलतापूर्वक आयोजनासमेत गरेका थिए भने अहिले मध्यपूर्व यूवा विभागमार्फत संचालन भइरहेको विश्व चर्चित कार्यक्रम ‘ग्लोबल एनआरएन सिंगिङ्ग आईडल, सेकेण्ड जेनेरेशन’को मुख्य प्रायोजककोरुपमा भूमिका खेलिरहेका छन ।

मध्यपूर्वबाट आइसीसी सचिव पदका लागि गुरुङ साझा उम्मेदवार भएकोले विजय नजिक भएको जानकारहरु बताउँछन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *