अष्ट्रेलियाबाट एनआरएनए उपाध्यक्षमा धर्मराज अधिकारीले बाजी मार्दै

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १० औं महाधिवेशनमा अष्ट्रेलियाबाट धर्मराज अधिकारीले उम्मेदवारी घोषणा गरेसँगै यस पटक बाजी मार्दैछन् ।

अघिल्लो निर्वाचनमा झिनो मतले निर्वाचित हुन नसके पनि आगामी नेतृत्वका लागि अब्बल साबित भएका हुन् । एनआरएनएको अन्तर्राष्ट्रिय अभियानमा सकृय र परिचित अधिकारी आगामी उपाध्यक्ष पदका लागि सबैका साझा उम्मेदवार बनेका छन् ।

नेपालबाट अध्ययन र व्यापारको सिलसिलामा अष्ट्रेलिया पुगेका अधिकारी एनआरएनएको हरेक अभियानमा सरिक हुँदै आएका छन् । अधिकारीले नेपाली नागरिकताको निरन्तरता, नेपालमा एनआरएन लगानी, संघभित्र नेतृत्वको प्रभावकारिता र नेपालमा सीप तथा ज्ञानको प्रवर्धन गर्ने महत्वपूर्ण एजेन्डासहित उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

आफ्नो उम्मेदवारी पुष्टी गर्दै अधिकारीले रोजगार मञ्चलाई भने–‘अघिल्लो निर्वाचनमा मेरो केही तयारी पुगेको थिएन होला, अहिले विश्वभरका एनआरएनले उपाध्यक्ष पदका लागि उम्मेदवारी दिन आग्रह गरे अनुसार उपाध्यक्षको लागि उम्मेदवारी दिने घोषणा गरेकोछु ।’

अष्ट्रेलियामा मात्र नभएर विश्वभर रहेका नेपाली समुदायमा सामाजिक कार्यकर्ताका रुपमा परिचित अधिकारीले कार्ययोजना सहित केही दिनमा निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने जनाएका छन् ।

एनआरएनए भनेको नेपाल छाडेर विदेश आएका गैरआवासीय नेपालीहरुको डायस्पोराको साझा संस्था भएको बताउने अधिकारी एनआरएनएमा धनी, गरीब, शिक्षित, अशिक्षित सबै अटाएका र आफुले सिकेको सीप र आर्जन गरेको सम्पतिलाई स्वदेशमा लैजान एक मत हुने बताउँछन् ।

निकै मिलनसार र भद्र व्यक्तित्वको रुपमा परिचित अधिकारी आफ्नो क्षेत्रको मात्र नभएर एसिया प्यासिफिक, मध्यपूर्व, अफ्रिकाका मुद्धालाई नजिकबाट बुझेका छन् ।

अष्ट्रेलियामा रहेर व्यवसायमा संलग्न अधिकारी सफल व्यवसायी पनि हुन् । नेपालको नुवाकोटबाट अध्ययन र व्यवसायको सिलसिलामा अष्ट्रेलिया पुगेका अधिकारी एनआरएनएको अन्तर्राष्ट्रिय अभियानमा स्थापित अभियन्ता हुन् ।

संघको नेतृत्वको लागि अनलाइन मतदान हुने महाधिवेशन यही अक्टोबर २३ देखि २५ तारिख हुदैछ । आगामी नेतृत्वका लागि बर्तमान उपाध्यक्ष डा.बद्री केसी, महिला उपाध्यक्ष रबिना थापा र सल्लाहकार कुल आचार्यले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *