एनआरएनए युकेको अध्यक्षमा प्रेम गाहामगर निर्वाचित

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको अध्यक्षमा प्रेम गाहामगर निर्वाचित भएका छन  ।

शुक्रबार अबेर राति भएको मतपरिणाम अनुसार गाहामगर चार हजार ५७४ मत पाएर निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । अध्यक्षका अर्का प्रत्यासी दीपक श्रेष्ठले २ हजार १९१ र रोजिना प्रधान राईले २ हजार १४८ मत प्राप्त गरेका छन  । निर्वाचन साउन १८ गते अनलाईन मतदानमार्फत सम्पन्न भएको थियो ।

उपाध्यक्षमा सुनिलबाबु खड्का र गोविन्द खरेल स्कटल्याण्ड उपाध्यक्षमा मोहनकुमार कार्की, नर्दन आयरल्याण्ड उपाध्यक्षमा नारायण कँडेल र महिला उपाध्यक्षमा शकुन्तला गुरुङ निर्वाचित भएका छन ।

यसैगरी, महासचिवमा खुशी लिम्बु, सचिवमा विष्णु चालिसे र ज्ञानेन्द्रबहादुर आले,सचिव (महिला) मा नम्रता घले गुरुङ,कोषाध्यक्षमा विष्णु खरेल र सहकोषाध्यक्षमा शशाङ्क शर्मा निर्वाचित भएका छन भने युवा संयोजकमा तीर्थबहादुर मल्ल अनिल र महिला संयोजकमा विमला लिम्बु विजयी हुनु भएको निर्वाचन समितिले जनाएको छ ।

सदस्यहरुमा बालकृष्ण दाहाल, विशाल राई, चम्पा थापामगर, चेतबहादुर राना, दीपक सापकोटा, ईन्दिरा सपना खनियाँ, पदमबहादुर शाही, उपेन्द्र पौडेल, सुमन शर्मा, सुरेश परियार, भानुभक्त घिमिरे, भीमलाल खनाल निर्वाचित हुनुभएको छ । यसैगरी, इङल्याण्ड राज्यसमितिको अध्यक्षमा लालबहादुर गुरुङ र स्कटल्याण्ड राज्यसमितिको अध्यक्षमा काशीराम भण्डारी निर्वाचित हुनु भएको छ । वेल्स राज्यसमिति अध्यक्षमा कृष्णप्रसाद भण्डारी र नर्दन आयरल्याण्ड राज्यसमितिमा अध्यक्ष बलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन  ।

यसअघि नै अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्यका लागि राजेन्द्र पुडासैनी, महेश अधिकारी, समिर खनाल, भीमलाल भट्टराई, एलएन पाण्डे, कोशलेश्वर ढकाल र दिनेश घिमिरे पनि निर्विरोध निर्वाचित भएका छन । निर्वाचन समितिका प्रमुख आयुक्त महेन्द्रराज कँडेलको अध्यक्षतामा घोषणा कार्यक्रम भएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *