एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङ विजयी

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङ विजयी भएका छन् ।

शनिबार सम्पन्न निर्वाचनमा ८५८३ मतसहित गुरुङ आगामी दुइ वर्षका लागि अध्यक्ष निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी डाक्टर ज्ञानेन्द्र रेग्मीले ४८७९ मत प्राप्त गरेका थिए भने कोहि पनि छान्दिन भन्नेमा ७४४ मत परेको थियो।

अध्यक्षमा निर्वाचित भए पश्चात आफुलाई मतदान गर्ने सम्पूर्ण मतदाताहरूमा धन्यवाद ज्ञापन गर्दै गुरुङले आफ्ना प्रतिवद्धताबाट पछि नहट्ने पनि बताएका छन् । एनआरएनएको आफ्नै कार्यालय स्थापना गर्ने र कुलतमा फसेका युवाहरुलाई सहि बाटोमा ल्याउन काउन्सिलिङ्ग सेसनाहरु संचालन गर्ने मुख्य एजेन्डासहित गुरुङ चुनावी मैदानमा होमिएका थिए । उनि न्यु साउथ वेल्स राज्यका पुर्व संयोजक समेत हुन् ।

सन् २०२१-२३ को कार्यसमितिमा महासचिवमा राजु बाबु अधिकारी, सचिवमा सन्ध्या शाह, कोषाध्यक्षमा राजकुमार नगरकोटी, नारि संयोजकमा मंजु खड्का र युवा संयोजकमा बबिन मिश्र निर्वाचित भएका छन्।

यस्तै शनिबारनै सम्पन्न निर्वाचनले एनआरएनएको केन्द्रीय निर्वाचनका लागि प्रतिनिधि पनि छानेको छ। निर्वाचित केन्द्रीय प्रतिनिधिहरुमा बुद्धि डल्लाकोटी, परशुराम अधिकारी, प्रज्वल भट्टराई, सूर्य खनाल, प्रवेश राज घिमिरे, राजेश बुढाथोकी र प्रेम कंडेल रहेका छन्।

त्यस्तै राज्य र केन्द्र बीच समन्वय कायम गर्ने राज्य संयोजन समितिहरुमा पनि प्रमुख संयोजक सहित सबै पदाधिकारीहरु निर्वाचित भएका छन्। अस्ट्रेलियन क्यापिटल टेरिटोरीको संयोजकमा अशोक बस्नेत, न्यु साउथ वेल्समा देव गुरुङ, नर्थन टेरिटोरीमा बिष्णु चापागाईं, क्विन्सल्याण्डमा बिनोद भक्त आचार्य, साउथर्न अस्ट्रेलियामा रेनुका लामा, तास्मानियामा राकेस शाक्य, भिक्टोरियामा राम हरि खड्का र वेस्टर्न अस्ट्रेलियामा दिपक बस्नेत संयोजकका रुपमा निर्वाचित भएका छन्।

एनआरएनएको शनिवार सम्पन्न चुनावमा ९२ दशमलव ९२ प्रतिशत मतदान भएको थियो।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *