गैरआवासीय नेपाली संघ मलेसियाले आफ्नो सातौ महाधिबेशन भर्चुअल माध्यमबाट भब्यरुपमा सम्पन्न गरेको छ । महाधिबेशनमा सहभागि अतिथिहरुले एनआरएन मलेसियाले आफ्नो कार्यकालमा राम्रो काम गरेर उदाहरणीय एनसीसी बनेको भन्दै प्रसंसा गरेका छन् ।

एनआरएनएको प्रधानकार्यालय काठमाडौंको हल र जुम माध्यमबाट शुक्रबार भएको कार्यक्रममा एनआरएन मलेसियाले आफ्नो कार्यकालमा उदाहरणीय कार्य गर्न सफल भएको र सर्बसम्मत नयाँ नेतृत्व चयन गरेर विश्वभर राम्रो सन्देश दिएको अतिथिहरुले बताए ।

नेपाली दूतावास मलेसियाका राजदूत उदयराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको महाधिबेशनको सभापतित्व एनआरएन मलेसियाका अध्यक्ष हरिप्रसाद भट्टराईले गरेका थिए । कार्यक्रममा एनआरएनएका उपाध्यक्ष डा. बद्री केसी, महिला उपाध्यक्ष रविना थापा, महासचिव हेमराज शर्मा, प्रवत्ता डिबी क्षेत्री, सल्लाहकारहरु टिबी कार्की, कुल आचार्य, एसिया प्यासिफिक क्षेत्रीय संयोजक गोविन्द श्रेष्ठ, एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजक खगेन्द्र न्यौपाने, मध्यपूर्व क्षेत्रीय उपसंयोजक मनोज गोर्खाली, एनआरएन मलेसियाका संस्थापक अध्यक्ष शंकरबहादुर पौडेल, एनआरएन चाइनाका अध्यक्ष प्रदिप न्यौपाने, एनआरएन एकेडेमीका सदस्यसचिव धर्मराज गिरी, मलेसियाका एनआरएन अगुवा तथा विभिन्न क्रियाशिल संघसंस्थाका पदाधिकारी अतिथिकारुपमा जोडिएका थिए ।

एनआरएनए मलेसियाको सातौ महाधिबेशन भब्यरुपमा सम्पन्न, उदाहरणीय एनसीसी बनेकोमा मलेसियाको प्रसंसा

महाधिबेशनलाई संवोधन गर्दै राजदूत पाण्डेले एनआरएन मलेसिया र दूतावासबीच सहकार्यमा धेरै काम गर्न सफल भएको जानकारी दिए । राजदूत पाण्डेले भने–‘ दूतावासले एनआरएनसँग सहकार्य गरेर धेरै काम गरेको छ, भोलिका दिनमा पनि त्यस्तै सहकार्य हुने अपेक्षा राख्दछु ।’ राजदूत पाण्डेले सर्वसम्मतबाट नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिदै दूतावास सदैव साथमा नै रहने जानकारी दिए ।

महाधिबेशनमा एनआरएनका उपाध्यक्ष डा. बद्री केसीले कोभिडका समयमा एनआरएन मलेसियाले गरेको कामको प्रसंसा गरे । उनले भने–‘एनआरएन मलेसियाले समस्या तथा दुःखमा परेका नेपालीहरुको सहयोगमा खेलेको भूमिका सबैभन्दा उत्कृष्ट छ ।’ उनले नयाँ आएको नेतृत्वले अझ धेरै काम गर्न आवश्यक रहेको बताए ।

एनआरएनए मलेसियाको सातौ महाधिबेशन भब्यरुपमा सम्पन्न, उदाहरणीय एनसीसी बनेकोमा मलेसियाको प्रसंसा

महाधिवेशनको हलमा नै उपस्थित भएर एनआरएन महिला उपाध्यक्ष रविना थापाले एनआरएन मलेसियामा सर्वसम्मत निर्वाचित नयाँ कार्यसमितिको कार्यकालको शुभकामना दिदै एनआरएन अभियानमा एनआरएन मलेसियाको ठूलो भूमिका रहेको बताइन् ।

एनआरएन मलेसियाको हरेक गतिविधी उत्कृष्ट रहेको जानकारी दिदै एनआरएनएका महासचिव हेमराज शर्माले सर्बसम्मत नेतृत्व चयन गरेर अर्को उदाहरण प्रस्तुत गरेकोमा एनआरएन मलेसियालाई धन्यवाद दिए ।

एनआरएनए मलेसियाको सातौ महाधिबेशन भब्यरुपमा सम्पन्न, उदाहरणीय एनसीसी बनेकोमा मलेसियाको प्रसंसा

कार्यक्रम हलमा उपस्थित भएर महाधिबेशनलाई संवोधन गर्दै एनआरएनएका सल्लाहकार टिबी कार्कीले मध्यपूर्व र मलेसियाका मुद्धा साझा भएकाले अब एनआरएनमा अझ बुलन्द बनाउनु पर्ने बताए । उनले वर्तमान कार्यसमितिले खेलेको भूमिकाको प्रसंसा गर्दै नयाँ कार्यसमितिको सफलताको शुभकामना दिए । अर्का सल्लाहकार कुल आचार्यले एनआरएन मलेसियाको प्रसंसा गर्दै मलेसियाका मुद्धालाई आइसीसीले पहिलो मुद्धा बनाउनु पर्ने बताए ।

एसिया प्यासिफिक क्षेत्रीय संयोजक गोविन्द श्रेष्ठले मलेसियामा सर्बसम्मत नेतृत्व चुनेर उदाहरण प्रस्तुत गरेको भन्दै एनआरएन मलेसियाको बर्तमान कार्यसमितिको कार्य उत्कृष्ट रहेको बताए ।

एनआरएनए मलेसियाको सातौ महाधिबेशन भब्यरुपमा सम्पन्न, उदाहरणीय एनसीसी बनेकोमा मलेसियाको प्रसंसा

नेपालमा नै रहेका एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजक खगेन्द्र न्यौपानेले कार्यक्रम हलमा संवोधन गर्दै एनआरएन मलेसियामा सर्बसम्मत नेतृत्व चुन्न धेरै सकस परेको बताए । निर्वाचन गराउने जिम्मासमेत पाएका न्यौपानेले भने–‘एनआरएन मलेसियाको कार्यसमितिमा आउन चाहने धेरै साथीहरुलाई ल्याउन सकिएन तर जिम्मेवारी अवश्य प्राप्त हुनेछ, हामीले सर्वसम्मत गर्न सफल भयौ, यसमा यहाँहरुको सहयोग र समर्थनले सम्भव भएको हो ।’

एनआरएनए मलेसियाको सातौ महाधिबेशन भब्यरुपमा सम्पन्न, उदाहरणीय एनसीसी बनेकोमा मलेसियाको प्रसंसा

एनआरएन मुख्यालय हलमा उपस्थित भएर मध्यपूर्व क्षेत्रीय उपसंयोजक मनोज गोर्खाली, एनआरएन चाइनाका अध्यक्ष प्रदिप न्यौपाने, एनआरएन एकेडेमीका सदस्यसचिव धर्मराज गिरी, एनआरएन मलेसियाका सल्लाहकार रमेश तिवारीले एनआरएन मलेसियाको वर्तमान कार्यसमितिको कामको प्रसंसा गर्दै नयाँ आउने कार्यसमितिका लागि शुभकामना व्यक्त गरे ।

जुम मार्फत जोडिएर एनआरएन मलेसियाका संस्थापक अध्यक्ष शंकरबहादुर पौडेलले मलेसियामा रहेका नेपालीहरुको पक्षमा एनआरएन मलेसियाले सदैव काम गरिरहेको बताए । कार्यक्रममा प्रवासी नेपाली एकता समाजका अध्यक्ष योगेन्द्र कुँवर, जनप्रगतिशिल मञ्चका अध्यक्ष प्रेम पाण्डे, जनसम्पर्क समितिका सभापति चोलाकान्त पंगेनी, एनआरएनए आइसीसी सदस्य टेक टमटा, एनआरएन मलेसिया, पूर्व अध्यक्ष तथा आइसीसी सदस्य विश्व राईले महाधिबेशनको सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा एनआरएनए मलेसियाका कोषाध्यक्ष कृष्णप्रसाद नेपालले आर्थिक प्रतिवेदन पेश गरेका थिए भने सचिव रंजित क्षेत्रीले प्रगति प्रतिवेदन पेश गरेका थिए ।

एनआरएनए मलेसियाको सातौ महाधिबेशन भब्यरुपमा सम्पन्न, उदाहरणीय एनसीसी बनेकोमा मलेसियाको प्रसंसा

एनआरएन मलेसियाका अध्यक्ष हरि भट्टराईले कोभिडका वावजुत पनि एनआरएन मलेसियाले आफ्नो कार्यकालमा धेरै काम गर्न सफल भएको जानकारी दिए । एनआरएनको आफ्नै कार्यालय स्थापाना, आफ्नै पहलमा ५० हजार रिंगेटको राहत कोष स्थापाना, कोभिडका कारण समस्यामा परेका हजारौलाई खाद्यान्न सहयोग, स्वदेश फिर्ता, औषधी उपाचार, हवाई टिकट प्रदानलगायतका काम गर्न सफल भएको भट्टराईले बताए । उनले भने–‘ एनआरएन मलेसियालाई अगाडि बढाउन मैले दुई कदम पछाडि सरेर सर्बसम्मत बनाउन सफल भएका हौ ।’

कार्यक्रम हलमा आकर्षक नृत्य राखिएको थियो । कोभिडका कारण रोकिएका कार्यक्रम धेरैपछि एनआरएन मलेसियाले आकर्षक कार्यक्रम राखेर एनआरएनहरुमा रौनकता जगाएको छ ।

विनोद थापासहित नयाँ कार्यसमितिलाई सपथ ग्रहण

एनआरएनए मलेसियाको सातौ महाधिबेशन भब्यरुपमा सम्पन्न, उदाहरणीय एनसीसी बनेकोमा मलेसियाको प्रसंसा

एनआरएन मलेसियाको आगामी २०२१–२३ कार्यसमितिले पदको सपथ खादै कार्यभार सम्हालेको छ । सर्वसम्मत विनोद थापाको नेतृत्वमा चुनिएको कार्यसमितिलाई एनआरएन एसिया प्यासिफिक उपसंयोजक खगेन्द्र न्यौपानेले सपथ खुवाएर कार्यभार हस्तान्तरण गरेका हुन् ।

कार्यभार सम्हाल्दै अध्यक्ष थापाले सबैको अपेक्षा र आशालाई एनआरएन मलेसियाले आगामी दिनमा मर्न नदिने बरु अझ उँचो बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले भने–‘एनआरएन मलेसियाको शाखलाई जोगाउँदै श्रमिक मैत्री कामहरु अझ धेरै गर्नेछौ, त्यसका लागि सबैको सहयोग चाहिन्छ ।’

एनआरएन मलेसिया कार्यसमितिको बरिष्ठ उपाध्यक्ष इन्द्र नारायण लिम्बू, उपाध्यक्ष हेमराज सापकोटा, राकेश प्रसाद महतो,दिल कुमार केरुङ, महासचिव रञ्जित कुमार क्षेत्री, सचिब नारायण अधिकारी, रोशन सुब्बा, कोषाध्यक्ष कृष्ण प्रसाद नेपाल, सह–कोषाध्यक्ष बलध्वज लिम्बू , युवा संयोजक अरुण गिरी र महिला संयोजकमा मिना पूरी गिरी निर्बिरोध निर्बाचित भएका छन ।

कार्यसमिती सदस्यहरुमा सन्तोष कार्की,पासाङ्ग लामा ,वीरेन्द्र कार्की, विष्णु प्रसाद बराल,श्याम बहादुर श्रेष्ठ,टेक बहादुर अधिकारी सर्व सम्मतीबाट निर्बिरोध निर्वाचित भएका छन् ।