एनआरएन मकाउको अध्यक्षमा राजेश प्रसाईं विजयी

news-details

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद मकाउको सातौं अधिवेशन निर्वाचन समितिले सन् २०२१ देखि २०२३सम्मका लागि अध्यक्ष पदमा राजेश प्रसाईंलाई निर्बिरोध चयन गरेको छ।

उनको प्रत्यासी उम्मेदवार निर्मला थापामगरको विरुद्धमा परेको उजुरी माथि उनले प्रयाप्त प्रमाण दिन नसक्दा प्रसाईं निर्बिरोध विजयी भएका हुन।

त्यस्तै प्रथम उपाध्यक्षमा बिजयराज अर्याल ,द्वितीय उपाध्यक्षमा भिमसेन श्रेष्ठ ,महासचिवमा उत्तम गुरुङ ,सचीवमा शिव थापा,कोषाध्यक्षमा निरन्जन खडका,सहकोषाध्यक्षमा दिपक तामाङ ,युवा संयोजकमा अमृत गुरुङ ,महिला संयोजकमा कुमारी गुरुङ विजयी भएका छन।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको निर्वाचन ,प्रमुख निर्वाचन आयुक्त विवेक जोशी ,सदस्यहरु बाबा भाइ र चिरञ्जीवी पौड्याल रहेको निर्वाचन समितिले आइ सी सी प्रतिनिधि मंगल बहादुर राई र शान्तिदेवी अधिकारीको उपस्तिथिमा निर्वाचन गरिएको जानकारी अन्तर्राष्ट्रिय समन्वय परिषद ,एसिया प्रान्तिय संयोजक र उपसंयोजकमार्फत जानकारी गराएको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *