एनआरएनए अष्ट्रेलियाबाट आइसीसी सदस्यमा बुढाथोकीको बलियो दावेदारी, यस्ता छन् प्रतिवद्धता

news-details

बिगत १२ बर्षदेखि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अस्ट्रेलियाको विभिन्न समितिमा रहेर निरन्तर काम गरिराख्नुभएका राजेश बुढाथोकीले आइसीसी सदस्यमा आफ्ना प्रतिवद्धतासहित उम्मेदवारी दिनुभएको छ ।

एनआरएनए एनसीसी अष्ट्रेलियाको यही जुलाई ३१ मा हुन गैरहेको अधिवेशन तथा आगामी कार्यकालका लागि नेतृत्व चयनको पूर्वसन्ध्यामा बुढाथोकीले आगामी दिनमा पनि गैरआवासीय नेपाली अभियानमा रहेर सेवा गर्ने अवसरका लागि अष्ट्रेलियामा रहेका सम्पूर्ण एनआरएन पञ्जिकृत सदस्यहरुलाई आइसीसी सदस्य पदमा निर्वाचित गराइदिन अपिल गर्नुभएको हो । उहाँको उम्मेदवारीलाई अन्य आकांक्षी भन्दा बलियोरुपमा एनआरएन अष्ट्रेलियामा लिइएको छ ।

एनआरएन अष्ट्रेलियाको ८ जना आइसीसी सदस्यका लागि १६ जना उम्मेदवारी परेकोमा बुढाथोकीको दावेदारी सबैभन्दा बलियो देखिएको छ । अष्ट्रेलियामा रहेको नेपाली समुदायमा परिचित बुढाथोकी एनआरएन अभियानमा सक्रिय रहनुको अलावा सामाजिक कार्यमा पनि उत्तिकै सफल हुनुहुन्छ ।

अष्ट्रेलियामा रहेका नेपाली माझ अब्बल मानिनु भएका बुढाथोकी समुदायमा रहेर सेवा गर्ने, समस्यामा परेका नेपालीलाई सहयोग गर्ने र नेपाली समुदायमा घुलमिल हुने व्यक्तित्वका रुपमा चिनिनुहुन्छ । उहाँलाई एनआरएन आइसीसीमा सर्वसम्मत लैजान सबैको एकमत छ ।

सन् २००९ देखी नै पश्चिम अस्ट्रेलियाको संस्थापक सदस्यकोरुपमा एनआरएन अभियानमा जोडिनुभएका बुढाथोकीले त्यसयता अष्ट्रेलियामा रहेका बिभिन्न सामाजिक संघ–संस्थाहरुमा रहेर काम गरिसक्नुभएको छ । यस्तै उहाँ अष्ट्रेलिया जानु अघि नेपालमै पनि विभिन्न सामाजिक कार्यमा संलग्न हुनुहुन्थ्यो ।

अष्ट्रेलियामा आयोजना हुने नेपाल फेस्टिवल, बिबिध विधाका खेलकुद प्रतियोगिता, बिधार्थीहरुका लागि जानकारिमूलक र अन्तरक्रियात्मक कार्यक्रम, अभिभावक अवलोकन भ्रमण जस्ता करिव एक दर्जन कार्यक्रम सफल बनाउन अहंम भूमिका खेल्नुभएका बुढाथोकीले नेपालमा महाबिर पुन आवद्ध ‘आविष्कार केन्द्रको’ निर्माणार्थ तथा बाढी पिडितको सहयोगार्थ विभिन्न कार्यक्रम गरि सहयोग जुटाउने अभियानमासमेत नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।

यसरी विभिन्न समयमा विभिन्न पदमा बसेर काम गरेको अनुभवहरुलाई अझ प्रभावकारी ढंगले नेपाल र नेपाली समुदायकै हितमा लगाउने इच्छाकै कारण आफुले एनआरएनए एनसीसी अष्ट्रेलियाको आगामी कार्यकालका लागि आइसीसी सदस्यमा उम्मेदवारी दिएको बुढाथोकी बताउनुहुन्छ ।

‘अहिलेसम्म एनआरएनए अभियानबाट प्राप्त ज्ञान र अनुभवलाई प्रयोग गर्न तथा नेपाली समुदायले देखाउनुभएको माया र सद्भावलाई आत्मसात गर्दै एनआरएनएको माध्यमबाट केही गर्ने मेरो अभिष्ट पूरा गर्न मैले यो पटक अष्ट्रेलियाकोतर्फबाट आइसीसी सदस्यमा उम्मेदवारी दिने निर्णय गरेको छु’ बुढाथोकी सहयोगको अपेक्षा गर्दै भन्नुहुन्छ –‘पहिले जस्तै यहाँहरुको साथ र सहयोगको अपेक्षा गर्दै यही जुलाई ३१ गते हुन गैरहेको निर्वाचनमा अमुल्य भोट दिइ मेरो नेपाली समुदायप्रतिको लगाव र समर्पणलाई विजय गराउनु हुनेछ भन्ने कुरामा पुर्ण विश्वास छ ।’

उहाँले अस्ट्रेलियामा फैलिएर रहेका नेपालीहरुलाई सास्कृतिक, सामाजिक र भावनात्मक रूपमा जोड्न एनआरएनए आइसीसी र एनसीसीबीच संयोजनकारी भुमिका निर्वाह गर्ने बताउनु हँुदै समुदायले देखाएको माया र सद्भावलाई आत्मसात गर्दै समुदायकै हितमा आफ्नो आगामी पाइला अघि बढाउने बताउनुभएको छ ।

बुढाथोकीले प्रवासमा नेपाली भाषा संस्कृतिको जगेर्ना र दोस्रो पुस्तामा यसको हस्तान्तरण अहिले आवश्यक भएकाले एनआरएन मार्फत यो अभियान सफल बनाउने बताउनु भएको छ । उहाँ भन्नुहुन्छ–‘नेपाली भाषा, कला, संस्कृति जोगाउन एनआरएनएले पहिलो र दोस्रो जेनेरेसन आवद्ध भएर नेपाली भाषा पाठशाला चलाउन आवश्यक छ ।’

आफ्नो उम्मेदवारी घोषणा गर्दै बुढाथोकीले आफ्नो कार्यकालमा मूर्तरुप दिने योजना अघि सारेको बताउनु भयो । दोस्रो पुस्तालाई भाषा संस्कुती हस्तानान्तरण गराएर एनआरएनएमा जसरी पनि सामेल गराउने, ग्लोबल एनआरएनएमा समानुपातिक प्रतिनिधिको सहभागिता गराउने, स्वदेशमा लगानी भित्र्याउने, सामाजिक कार्यमा सहयोग पु¥याउने, एनआरएनएलाई दिगो संस्थागत विकास गराउन आफ्नो उम्मेदवारी रहेको बताउनु भएको छ ।

बुढाथोकीका प्रतिवद्धताहरु

(१) प्रवासमा हुर्कदै गरेका दोस्रो युवा पुस्तालाई नेपालका विभिन्न शैक्षिक एवं अन्य संघ–संस्थाहरुसँग समन्वय गरि उनीहरुमा रहेको सीप एवं अनुभवलाई साटासाट गर्ने वातावरण सिर्जना गर्न पहल गर्नेछु ।

(२) नेपालबाट श्रम तथा अध्ययनका निम्ति विदेशिने नेपालीहरुको लागि सम्बन्धित देशमा जानु अगाडि र पुगिसकेपछि सो देशको बारेमा सम्पुर्ण जानकारी जस्तै : नियम, कानुन अनि पढाई, रोजगारी लगायत आपत–बिपतमा सम्पर्क गर्ने संघ–संस्था वा व्यक्तिको जानकारी एनआरएनएको वेबसाइड र नेपालमा रहेको हेल्पडेस्क मार्फत लिन सकिने ब्यवस्था गर्नेछु ।

(३) नेपाली खेलाडीहरुको स्तर उन्नति र सामाजिक सद्भाव सृजनाको लागि नेपाली खेलाडीलाई विदेशमा आमन्त्रण गरि विभिन्न खेल प्रतियोगिता गराउने साथै बिदेशमा रहेका नेपाली खेलाडीहरुलाई नेपालमा राष्ट्रिय खेलकुद परिषदको सह–कार्यमा निरन्तररुपमा विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्न पहल गर्नेछु ।

(४) अष्ट्रेलियामा रहेका नेपाली समुदायको सर्वोपरी हितका लागि सम्मानित अग्रजहरुको मार्गदर्शनमा युवा विद्यार्थीदेखी यहाँ हुर्किदै गरेको दोश्रो पुस्ताका एनआरएनहरुको बृहत सहभागीतालाई सुनिश्चित गर्दै संस्थागत र सामाजिक सुदृढिकरणमा प्रभावकारी भूमिका खेल्नेछु । साथै मेरो कार्यकालमा एनआरएनको अभियानलाई अझ बढी प्रभावकारी र बिना पूर्वाग्रह समाजका हरेक तहतप्का लगायत फरक बिचार राख्ने प्रतिष्पर्धीलाई समेत समेट्दै सफलतापूर्वक आफ्नो जिम्मेवारी पुरा गर्ने कुरा यहाँहरु समक्ष राख्न चाहन्छु ।

(५) एनआरएनएलाई विशुद्ध नेपाल र नेपालीको हितमा काम गर्ने प्रतिनिधिमुलक सस्था बनाउने र अन्तर्राष्ट्रिय स्तरमा रहेका सम्पुर्ण सामाजिक सस्थाहरुसँग हातेमालो गर्दै अघि बढ्नेछु ।

(६) एनआरएनएलाई पारदर्शी र यहाँहरु सबैले दिएको प्रत्येक सहयोगको हिसाब किताब छर्लङ्ग राख्ने र देखाउने वातावरण बनाउन पहल गर्नेछु ।

(७) डायस्पोरामा रहेर नेपाली भाषा साहित्यको जगेर्ना गर्नु हामी सबै पहिलो पिढीको कर्तव्य हो भन्ने मेरो बुझाइ हो । यसरी नेपाली भाषा साहित्य, सस्कृतिको जगेर्ना गर्न र विश्वब्यापिकरण गर्न एनआरएनको तर्फबाट मेरो पहल र सहयोग रहनेछ भन्ने कुरा पनि अवगत गराउन चाहन्छु ।

(८) नेपाल र नेपालीको हितमा एनआरएनएलाई काम गर्ने प्रतिनिधिमूलक सस्था बनाउन पहल गर्नेछु ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *