भट्टराईको एनआरएनए क्यानडामा ब्राम्पटनबाट उम्मेदवारी घोषणा

news-details

गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति क्यानडाको आगामी दुई वर्ष कार्यकालको लागि नयाँ नेतृत्व छनौटमा ब्राम्पटन क्यालेडनबाट पिताम्बर भट्टराईले उम्मेदवारी घोषणा गरेका छन् ।

संखुवासभा चैनपुरका भट्टराई एनआरएन क्यानडाका वर्तमान महासचिव हुन् । एनआरएन अभियानमा शुरुवातदेखि नै जोडिएका भट्टराईको उम्मेदवारीसँगै क्यानाडामा छुट्टै माहोल तातेको छ ।

सफल संचारकर्मी समेत रहेका भट्टराईले एनआरएन क्यानडाको महासचिव हुँदा गरेका काम तथा सक्रियतालाई क्यानडाबासीले उच्च मुल्यांकन गरेका छन् । आगामी जुलाई ३१ मा हुने निर्वाचनमा भट्टराईले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।

आफ्नो उम्मेदवारी घोषणा गर्दै भट्टराईले भनेका छन्–‘एनआरएनए क्यानडाको अभियानमा म पुन एक पटक ‘Voice for Change & Action with Vision’ भन्ने अभियानका साथ स्वतन्त्र उम्मेदवारको रुपमा तपाईहरु समक्ष जोडिन चाहेको छु, विगतको अनुभव र अपूरा कार्यहरु पुरा गर्ने र अन्य समूदायमुखी भावि योजनाहरु सहित तपाईहरु समक्ष सहयोगका लागि अपिल गर्दछु ।’

आफ्नो उम्मेदवारीसँगै भट्टराईले ५ बूँदे प्रतिवद्धता जाहेर गरेका छन् ।

प्रतिवद्धताहरु :
१, क्यानाडामा प्रत्यक्ष निर्वाचन प्रणाली लागु गर्ने
२, हेल्प डेस्कको संरचना, उचित व्यवस्थापन र यसलाई थप प्रभावकारी बनाउने
३, टोल फ्रि नम्वर (प्रोजेक्ट) लाई क्यानडाका प्रत्येक प्रोभिन्समा स्थापित गराउने
४, प्रत्येक पन्जिकृत सदस्यहरु र सस्थाहरु बिच नजिकको सम्बन्ध कायम राखि यस संयन्त्रलाई बढी प्रभावकारी बनाउने
५, एनआरएनए क्यानडालाई हामी सबैको साझा र प्रतिष्ठीत संस्थाको रुपमा विकास गर्दै ‘नेपाल हाउस’को अबधारणालाई उचित ढंगले प्राथमिकता दिने ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *