अधुरो सपना पुरा गर्ने भन्दै एनआरएनए मलेसियाको अध्यक्षमा शाहको उम्मेदवारी

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसिसी मलेसियाका पूर्व अध्यक्ष महेन्द्रजंग शाहले आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

एनआरएनए एनसिसी मलेसियाको सातौ अधिबेशनका लागि बुधबार वर्तमान एनआरएन आइसीसी सदस्य समेत रहेका शाहले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।
शाहले मलेसियामा स्थापित संघ संस्थाका प्रतिनिधिको उपस्थितिमा उम्मेदवारी घोषणा गरेका हुन् । शाहको उम्मेदवारी कार्यक्रममा जनसम्पर्क समिति मलेसियाका उपाध्यक्ष कमल गौतम र एनआरएन आइसीसी सदस्य टेक टमाटाले एनआरएनए मलेसियाको आगामी अध्यक्षमा शाहलाई बिजय गराउन मलेसियामा रहेका सबै नेपालीलाई आग्रह गरेका छन् ।

एनसीसी मलेसियालाई गतिशिल नेतृत्व प्रदान गरि एनसीसी मलेसियाको हरेक गतिबिधीहरुलाई श्रमिकमैत्री बनाउन पुन एक कार्यकाल काम गर्ने उद्देश्यले शाहले उम्मेदवारी दिएको बताएका छन् । शाहले उम्मेदवारी घोषणा संगै आफ्ना घोषणा पत्र समेत सार्बजनिक गरेका छन् ।

शाहले नेपालबाहिर बस्ने नेपालीहरु स्वतः गैरआबासीय नेपाली हुन भन्ने परिभाषालाई पुर्नस्थापित गर्नका लागि अन्तराष्ट्रिय समन्बय परिषदमार्फत पहल गरिने जानकारी गराएका छन् । उनले बिगतमा घोषित कार्यक्रमहरु बिबिध कारणबश सम्पन्न गर्न असमर्थ भएको बताउँदै ती अधुरा कामहरु सम्पन्न गर्न अध्यक्षमा विजयी गराउन आग्रह गरेका छन । उनले मलेसियाबासी एनसीसी सदस्यहरुलाई सहयोग र समर्थन गरि आगामी सातौ महाधिबेशनमा अध्यक्षमा निर्बाचित गरि सहयोग गर्न अपिल गरेका छन् ।

एनआरएन मलेसियाको अध्यक्षका लागि शाहसहित वर्तमान अध्यक्ष हरि भट्टराई, वर्तमान उपाध्यक्ष सुन्दर आले, पूर्व महासचिव सुनिल चालिसे, पूर्व उपाध्यक्ष रमेशप्रसाद तिवारी तथा वर्तमान कार्यसमिति सदस्य विनोद थापाले आकांक्षा व्यक्त गरेका छन् । यद्यपी अहिलेसम्म शाहले नै आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन् । एनआरएन मलेसियामा सर्वसम्मत नेतृत्वका लागि पहल भइरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *