एनआरएन जापानको विवादले आइसीसीमा चर्काचर्की

जापानका अध्यक्षको मुद्धा आइसीसी अनुशासन समितिमा पठाइयो
news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए), जापानको विवाद तथा अनियमितताको विषय एनआरएन आइसीसीमा पुगेको छ । एनआरएन जापान विवाद नै विवादमा मुसिएपछि त्यसको समाधानका लागि आइसीसीमा चर्काचर्की छलफल भएको छ ।

एनआरएन जापानका अध्यक्ष देवीलाल भण्डारीले आर्थिक हिनामिना गरेको भन्दै चौतर्फी राजिनामा माग भएपछि विषय आइसीसीमा पुगेको हो । मंगलबार आइसीसीका अध्यक्ष कुमार पन्तको उपस्थितिमा चलेको छलफलमा एनआरएन जापानका वर्तमानदेखि विगतसम्मका विषय उठेका थिए ।

छलफलको शुरुमा नै एनआरएन एसिया प्यासिफिक क्षेत्रीय संयोजक गोविन्द श्रेष्ठले एनआरएन जापानमा भएका विवादलाई समाधानका लागि आइसीसीले हस्तक्षेपकारी भूमिका खेल्न अनुरोेध गरेका थिए ।

एनआरएन जापानको अनियमितताका बारेमा उच्चस्तरीय छानविन समितिले दिएको प्रतिवेदनसम्बन्धमा, एनआरएन जापानका अध्यक्षलाई देविलाल भण्डारीलाई लागेको आरोप र निलम्बनसम्बन्धमा, एनआरएन जापानका महासचिवले कार्यसमिती भित्र बनाएको भोटिङ विधानमान्ने र नमान्ने गोप्यमत नामसहित फेसबुकमा सार्बजनिक गरेका लगायत विषयमा चर्काचर्की छलफल भएको सहभागी एकले रोजगार मञ्चलाई जानकारी दिए ।

एनआरएन जापानका अध्यक्ष भण्डारीलाई बीमा वापतको तेह्र लाख अनियमितता गरेको आरोप लागेपछि यो विषय टुंगो लगाउन आइसीसीलाई निकै पेचिलो बन्यो । एनआरएनए, जापानका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र सचिवसहित बहुमत कार्यसमिति सदस्यले अध्यक्ष भण्डारीमाथि आर्थिक अनियमितताको आरोप लगाउँदै राजीनामा नदिए निलम्बन गर्ने भनेपछि आइसीसी अध्यक्ष कुमार पन्तले कुनै ठोस निर्णय दिन नसक्दा निकै विवाद चर्किएको थियो । अध्यक्ष पन्तले एनआरएन आइसीसीको अनुशासन समितिले गर्ने निर्णयलाई कुर्न आग्रह गरेका थिए ।

छलफलले एनआरएन जापानको विवादलाई अनुशासन समितिमा पठाउने निर्णय गरेको एसिया प्यासिफिक उपसंयोजक खगेन्द्र न्यौपानेले जानकारी दिए ।

यता एनआरएन जापानका अध्यक्ष भण्डारीले भने उक्त आरोप केवल आरोप मात्रै भएकाले आफूले अनियमितता नगरेको बताउँदै आएका छन् । यद्यपी उनले आफैले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमाण दिन नसकेर रातो मुख लगाउन बाध्य भएका थिए । एनआरएन जापानको विवादले महाअधिवेशन हुने या नहुने आशंका पैदा गरिदिएको छ ।

एनआरएन जापानको यही जुन महिनाभित्र १२ वटै क्षेत्रीय कमिटीको अधिवेशन सहित नयाँ नेतृत्व चयन प्रक्रिया सकाउन एनआरएनए जापानले निर्देशन दिएको छ । हालसम्म नागोया, क्युुसो, चिबा, तोचिगि, कान्तो, ओकिनवा, कान्साई, नागानौसहितका क्षेत्रीय कमिटीका अधिवेशन सकिएको छ । नागोया क्षेत्रीय कमिटीले भने आफनो अधिवेशन सकाएका भएपनि नयाँ नेतृत्व चयन प्रक्रियामा विवाद देखिएपछि अर्को समानान्तर कार्यसमिति नै चयन भइसकेको छ ।

एनआरएन जापानका महासचिव जनकबिक्रम शाहीले संस्थाको गोपनियता नराखेको भन्दै उनको चर्को विरोध भइरहेको छ । एनआरएको विधान र नियमभन्दा बाहिर गएर गरिएको नायोगाको निर्वाचन कुनै पनि हालतमा मान्य नहुने जापानबासी नेपालीको भनाई छ ।

नायोगा क्षेत्रीय कमिटीको निर्वाचन संयोजक बिमल  अधिकारीसमेत महासचिव शाहीको अवैधानिक लहलहैमा लागेर सबैले इन्कार गरेको निर्वाचन गराएकोमा विवादमा तानिएका छन् । उता ओकिनावाको निर्वाचनमा चै विधान मान्नु पर्ने अनि नागोयामा बिधान मान्नु नपर्ने किन भनेर जापानबासीले प्रश्न गरेका छन् ।

एनआरएन जापानको अनियमितताको श्रृंखला लामो छ । एनआरएन जापानको अनियमितताका बारेमा उच्च स्तरिय छानविन समिति गठन गरेर पहिलो पटक प्रतिवेदन आएको छ । एनआरएन जापानमा प्रशस्त अनियमितता भएको छानविन समितिको ठहर छ । यद्यपी छानविन प्रतिवेदन आइसीसीमा पुगेको हुनाले सबैले आइसीसीको निर्देशन नै कुरिरहेको अवस्थामा कुनै ठोस निर्णय आउन सकेन ।

एनआरएन जापानको विषयमा राखिएको छलफल कार्यक्रममा अध्यक्ष कुमार पन्त, महासचिव हेमराज शर्मा, कोषाध्यक्ष महेश श्रेष्ठ, क्षेत्रीय संयोजक रोबिन्द श्रेष्ठ ( गोबिन्द), उपसंयोजकद्वय पारसमणी पोख्रेल र खगेन्द्र न्यौपाने, पूर्व अध्यक्ष भवन भट्ट, पूर्व क्षेत्रीय संयोजक किरण बिक्रम थापा, पूर्व प्रवत्ता भुषण घिमिरे, पूर्व युवा संयोजक सुदन थापा, डिपि कडेल, तुल्सिराम खरेल, देविलाल खड्का, नारायन सुवेदी, ईन्दिरा सुजुकी, राजन प्रधानाङ्ग, ओम गुरूङ, रोशन केसी, टासी लामा, दिपक कडेललगायत एनआरएन जापान कार्यसमितिको उपस्थिति रहेको थियो ।

उपस्थित सबैले एनआरएन जापानको विवादलाई छिटो समाधान गरेर आइसीसीले निकास दिनु पर्ने बताएका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *