एनआरएनए महिला उपाध्यक्षमा यासमिन बेगम सैयदद्धारा उम्मेदवारी घोषणा

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) को महिला उपाध्यक्ष पदमा यासमिन बेगम सैयदले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ।

सन् २००७ देखि गैरआवासीय नेपाली संघको साउदी अरबबाट संघको अभियानमा संलग्न सैयदले संघको आगामी अक्टोवरमा हुने निर्वाचनमा महिला उपाध्यक्षमा उम्मेदवारी दिने बताउनु भएको हो।

उहाले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा महिला तथा पुरुष लगायतका बिभिन्न पक्षमा राहत तथा उद्धारको लागि सहयोगार्थ सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएको छ।

गैरआवासीय नेपाली संघको विधान संसोधन समितिको सदस्य समेत रहनु भएकी सैयदले साउदी अरबस्थित बिभिन्न संघसंस्थाहरुको प्रमुख सल्लाहकारको समेत रहेर काम गरिसक्नु भएको छ ।

उहा गैरआवासीय नेपाली संघ अन्तर्रगतको स्वास्थ्य समितिको मध्यपूर्ण उपसंयोजक समेत हुनुहुन्छ।

उहाँले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा मास्टरडिग्री गर्नु भएको छ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *