कतारमा अधुरा कार्य पुरा गर्ने भन्दै मुक्तदाले पुनः दिए अध्यक्षमा उम्मेदवारी

news-details

गैर आवासीय नेपाली संघ(एनआरएनए) राष्ट्रिय समन्बय परिषद कतारको आगामी नेतृत्वका लागि पुनः अध्यक्षमा मोहम्मद मुक्तदा मुसलमानले उम्मेद्धारी घोषणा गरेका छन ।

एनआरएनए कतारको आठौ महाधिबेशनबाट अध्यक्षमा निर्बाचित भएका मुसलमानले एनसीसी कतारको नबौं महाधिबेशन मार्फत पुनः २०२१–२०२३ कार्यकालको लागि अध्यक्षमा उम्मेद्धारी घोषणा गरेका हुन ।

उनले आठौ महाधिबेशनबाट निर्बाचित भए संगै अघिल्लो कार्यकालमा अधुरा रहेका कार्ययोजनालाई पुर्णता दिन पुनः उम्मेद्धारी दिएको बताएका छन । एनसीसी कतारलाई गतिशिल नेतृत्व प्रदान गरि एनसीसी कतारको हरेक गतिबिधीहरुलाई श्रममैत्री बनाउन पुन एक कार्यकाल काम गर्ने मुक्तदाले बताएका छन् ।

उनले भनेका छन्–‘२०१९÷२०२१ कार्यकालका लागि यहाँहरुले दिनुभएको अध्यक्ष पदको जिम्मेवारी संगै सहयोग र सद्धभावका लागि हार्दिक आभार प्रकट गर्दछु, कोभिडका कारण आपसि भेटघाटमा भौतिक सहभागिताका साथ निर्धारित एवं घोषित कार्यक्रमहरु सम्पन्न गर्न सकेनौं तथापी कोभिडको महामारीमा यहांहरु सबैको साथ र सहयोगका कारण अधिकतम सेवा प्रदान गर्ने अवसर प्राप्त भयो ।’

मुक्तदाले उम्मेद्धारी घोषणा संगैे आफ्ना केही घोषणा पत्र पनि सार्वजनिक गरेका छन् । नेपाल वाहिर वस्ने नेपाली स्वतः गैरआवसिय नेपाली हुन भन्ने परिभाषालाई पुन स्थापित गर्नका लागि अन्तराष्ट्रिय समन्वय परिषद मार्फत पहल गरिने जानकारी दिएका छन् । उनले बिगतमा घोषित कार्यक्रमहरु बिशेष कारणबश सम्पन्न गर्न असमर्थ भएको बताउदैे ती अधुरा कामहरु सम्पन्न गर्न पुनः अध्यक्षमा विजयी गराउन आग्रह गरेका छन ।

उनले कतारबासी एनसीसी सदस्यहरुलाई सहयोग र समर्थन गरि आगामी नबौ महाधिबेशनमा अध्यक्षमा निर्बाचित गरी अघिल्लो कार्यकालका बाँकी कार्यभारहरुलाई पुर्णता दिने अबसर प्रदान गर्न आग्रह गरेका छन । मुक्तदालाई कतारमा रहेका जनप्रगतिशिल मन्च कतार ,जनसम्पर्क समिति कतार , प्रबासी नेपाली मन्च नेपाल समुह कतार , नेपाली समाज कतार, बिबेकशिल साझा कतार ,जनजाति महासङ्घ कतार , अन्तराष्ट्रिय मुस्लिम समाज लगाएत सन्स्थाहरुले समर्थन रहेको दावी गरेका छन् ।  यद्यपी उनी विरुद्ध अर्को पक्षको उम्मेदवारी पर्ने प्रवल संभावना रहेको छ ।

मुक्तदाका प्रतिवद्धताहरु :

.१, एनसीसी कतारको हरेक गतिबिधीहरुलाई श्रमिक मजदुरहरुको पक्षमा अधिकतम श्रममैत्री बनाउन कोसिस गरेको र अझ सशक्त बनाईने छ ।

२. विगतका वर्षहरुदेखि नै घोषित नेपाली सांस्कृतिक केन्द्र ,स्थापना गर्ने कार्यका लागि पहल भैरहेको र उक्त कार्य सम्पन्न गर्नका लागि यथासम्भब प्रयास गरिनेछ ।

३. नेपालमा पर्यटन प्रबर्द्धनका लागि अधिकतम पहल गरीरहेको र आगामी दिनहरुमा अझ प्रभावकारी र परिणममुखी वनाउनका लागि पहल गरिनेछ ।

४. विगतमा नेपाली नियोगसंग सहकार्य गर्दै नेपाली समुदायमा आइपरेका समस्या तथा अलपत्र परेका नेपाली श्रमिकहरुको हकहित तथा समस्या समाधानका लागि अधिकतम पहल गरीरहेको र आगामि दिनहरुमा थप रचानात्मक ढङ्गवाट कार्य सम्पादन गरिनेछ ।

५. कतार सरकारको सम्वन्धित निकायसंगको सहकार्यमा विगतमा नेपाली श्रमिकहरुका लागि वेलावेलामा चेतनामुलक कार्यहरु गरीएको र आगामि दिनहरुमा समेत यसको निरन्तरता र संस्थागत रुपमा सम्वन्ध स्थापित गरी थप कार्यहरु गरिनेछ ।

६, प्राय नेपालीहरु कतार आउदा कतारको भाषा,सस्कृति, धर्मका वारेमा त्यति जानकारी नहुदा समस्यामा पर्ने हुदा सोको न्युनिकरणका लागि चेतनमुलक कार्यक्रमको आयोजना गरिनेछ ।

७, २०२२ विश्वकप आयोजक राष्ट्र कतारसंग नेपाली समुदायको भुमिका प्रभावकारी वनाउनका लागि सम्वन्धित पक्षसंग समन्वय गरिनेछ ।

८, नेपालमा वेदेशिक लगानिका लागि संवृद्ध नेपाल निमार्णको अभियानमा कतारवाट इच्छुक लगानीकर्ताहरुको लागि आवश्यक पहल गर्न नेपाली नियोगको समन्वयमा प्रभावकारी भुमिका निर्वाह गरीनेछ ।

९, नेपालको पहिचान रहने नेपाली कला तथा सस्कृतिलाई विश्व सामु चिनाउनका लागि गैरआवसिय नेपाली संघको विश्व संजाल मार्फत आवश्यक पहल गरिनेछ ।

१०, पुर्व परिभाषीत गैरआवसिय नेपाली संघको मान्यता अनुसार सार्क मुलुक भन्दा वाहिर एक आर्थिक वर्षमा १८२ दिन नेपाल वाहिर वस्ने नेपाली स्वतः गैरआवसिय नेपाली हुन भन्ने परिभाषालाई पुन स्थापित गर्नका लागि अन्तराष्ट्रिय समन्वय परिषद मार्फत पहल गरिनेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *