एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धि सुवेदी निर्वाचित

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनएए)अमेरिकाको अध्यक्षमा बुद्धि सुवेदी निर्वाचित भएका छन् ।

सुवेदीले ५६१८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी कृष्ण लामिछानेले ५ हजार २ सय मत प्राप्त गरेका थिए । अध्यक्षका अर्का उम्मेदवार डा अर्जुन बञ्जाडेले ४ हजार १ सय ४८ मत प्राप्त गरे भने तिलक केसीले ५ सय ६७ मत पाएका छन् ।

सन् २०२१-२३ कार्यकालका शनिबार र आइतबार दुई दिन मतदान भएको थियो । मतदानमा १५ हजार ७ सय ६८ सदस्यले मत हालेका थिए ।

यस्तै वरिष्ठ उपाध्यक्षमा ६ हजार ८ सय ५० मत ल्याई कृष्णजीवी पन्त विजयी भए । उनका निकटम प्रतिद्धन्द्धीमा बीआर लामाले ५ हजार १ सय ९० मत ल्याए ।

यस्तै महासचिवमा अन्जनकुमार चौलागाई ६ हजार ३ सय १२ मत प्राप्त गरेर विजयी भए । उनका प्रतिस्पर्धी विनोद भट्टले ५ हजार १ सय ४५ मत प्राप्त गरे ।

एनआरएनए अमेरिकामा २० हजार १ सय ३८ मतदाता छन् । चुनावमा ७८ प्रतिशत अर्थात १५ हजार ७ सय ६८ भोट खसेको निर्वाचन कमिटीले जनाएको छ । चुनावमा चार सय भन्दा बढी उम्मेदवार थिए ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *