एनआरएनए अफ्रिकाबाट रत्ननगर अस्पताललाई दोश्रो पटक अक्सिजन सिलिन्डर सहयोग हस्तान्तरण

news-details

एनआरएनए अफ्रिकाको नेपालमा तत्काल अक्सिजन सिलिन्डर सहयोग अभियान अन्तर्गत आज दोश्रो चरणमा चितवनको रत्ननगर टाडी अस्पताललाई थप १५ थान अक्सिजन सिलिन्डर (सिलिन्डर खरिदसहित) हस्तान्तरण गरिएको छ ।

रत्ननगर नगरपालिकाकि उपमेयर बिमला दुवाडीको उपस्थितिमा रत्ननगर अस्पतालका अध्यक्ष गोपाल कर्माचार्यलाई एनआरएनए सेसेल्सकी उपाध्यक्ष अनिता थापाले उक्त सिलिन्डरहरु हस्तान्तरण गर्नु भएको हो । समारोहमा अस्पतालका निबर्तमान अध्यक्ष देवेन्द्र कुमार श्रेष्ठ लगाएत स्थानीय समाजसेवीहरुको समेत उपस्थिति थियो ।

उक्त १५ थान सिलिन्डर खरिदका लागि एनआरएनएका पुर्वअध्यक्ष जिवा लामिछाने, सचिव गौरी जोशी र एनआरएनए सेसेल्सको आर्थिक सहयोग रहेको छ ।

यस अघि गएको हप्ता हस्तान्तरण गरिएको १० थानसहित कुल २५ थान अक्सिजन सहितका सिलिन्डर सहयोग रत्ननगर अस्पताललाई भएको छ । एनआरएनए अफ्रिकाको नेपालमा तत्काल अक्सिजन सहयोग अभियानको चितवन संयोजन सेसेल्स अध्यक्ष रामप्रसाद पन्तले गरिरहेका छन ।

गएको एक हप्तामा एनआरएनए अफ्रिकाको नेपालमा तत्काल अक्सिजन सहयोग अभियानले देशका ११ जिल्लाका अस्पतालहरुलाई १०५ अक्सिजन सिलिन्डर (सिलिन्डर खरिदसहित) र ७०० भन्दा बढी अक्सिजन सिलिन्डर रिफिल हस्तान्तरण गरिसकेको छ । अभियान अझै जारी रहेकाले सबैको सहयोगको अपेक्षा गरेको समेत एनआरएनए अफ्रिकाले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *