एनआरएनएद्धारा भारतमा रहेका कोभिड-१९ पिडित नेपालीलाई आर्थिक सहयोग

news-details

कोरोना भाइरसबाट प्रभावित भारतमा रहेको नेपालीको सहयोगका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आर्थिक सहयोग गरेको छ ।

गैरआवासीय नेपाली संघका महासचिव डा। हेम राज शर्माका अनुसार भारतमा रहेका कोभिड पिडित नेपालीहरुको लागि संघको ५ हजार डलर आर्थिक सहयोग उपलब्ध गराएको हो ।

एनआरएनए संघले भारतमा रहेको फोकल टिम मार्फत त्यहाँ रहेका नेपालीहरुलाई सहयोगको थालनी गरेको हो ।

भारतमा रहेका नेपाली श्रमिकहरुको लागि अध्यक्ष कुमार पन्त, उपाध्याक्ष डा बद्री केसी, कोषाध्यक्ष महेश श्रेष्ठ, युरोप संयोजक नारायण आचार्य, एआरएनए फोकल टिमकी संयोजक अलिनी सुवेदी सल्लाहकार पुरु श्रेष्ठ, डा सन्जिब सापकोटा, डा उत्तम गौली, डा बोदराज सुवेदी, रजनी प्रधान, सुन्दरी लामा, भुमा लिम्बु, डा सागर पौडेल, डा युबराज पोखरेल, डा अरुन पौडेल, डा सुधिर खनाल, डा अबिरल निधि, लगाएतको टिमको पहलमा भारतमा रहेका नेपालीहरुको लागि आर्थिक तथा स्वास्थ्य परामर्शको सुरुआत गरिएको थियो ।

संघले नयाँ दिल्लीको गडि एरियामा कोभिडको कारणले तीन महिना देखि बेरोजगार भएर भोकै अवस्थामा पुगेका टेक राज पोखेल, थानेश्वर पाण्डे जविलाल अधिकारी, शिव कुनार बुढाथोकीको परिवारलाई खाद्य सामग्री वितरण गरेको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *