एनआरएनए कोरियाद्वारा नेपालको कोराना संकटमा सहयोग गर्न दक्षिण कोरिया सरकार समक्ष आग्रह

news-details

नेपालमा फैलिएको कोरोना भाइरसको भयावह स्थिति नियन्त्रणका लागि सहयोगको आग्रहसहित गैरआवासीय नेपाली संघ, दक्षिण कोरियाले कोरियाली सरकारको ध्यानाकर्षण गराएको छ ।

एनआरएनए एनसीसी दक्षिण कोरियाको एक टोलीले कोरियाली संसद भवन पुगेर महामारी नियन्त्रणमा सहयोग गरिदिन आग्रह गरेको हो ।

नेपाल–दक्षिण कोरिया संसदीय समितिका सभापति इ साङ्ग ह्युनसँग भेट गरि नेपाललाई तत्काल आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइदिन अनुरोध गरेको एनआरएनए कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले बताए ।

सुवेदीले सो अवसरमा नेपाल सरकारलाई आवश्यक स्वास्थ्य सामग्रीको सूची दिनुका साथै नेपालको पछिल्लो अवस्था बारे जानकारी गराएको पनि बताए ।

भेटमा सभापति ह्युन नेपाललाई सहयोग गर्ने कुरामा निकै सकरात्मक देखिएको सुवेदीले बताए । सभापति ह्युनले तुरुन्तै नेपाललाई सहयोग गर्दै आएको संस्था कोइकाका प्रतिनिधिलाई बोलाएको तथा संघ र कोइकाको योजना विभागका प्रतिनिधिबीच छलफल गराएको पनि उनले जानकारी दिए ।

छलफलपछि नेपाललाई आवश्यक स्वास्थ्य सामग्री तत्काल आपूर्ति गर्न सरकारसमक्ष पहल गर्ने ह्युनले प्रतिवद्धता जनाएका थिए ।

उक्त भेटघाट कार्यक्रममा संघका अध्यक्ष सुवेदीसहित प्रमुख संरक्षक रुद्र शर्मा, संरक्षक बिनोद कुवँर तथा वरिष्ठ उपाध्यक्ष दीपक पुन पनि संलग्न थिए ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *