एनआरएन कुँवरद्धारा बेनी अस्पताललाई ५ अक्सिजन सिलिण्डर प्रदान

news-details

एनआरएन एसिया प्यासिफिक पूर्व उपसंयोजक तथा कोरियामा कार्यरत नेपाली व्यवसायी विनोद कुँवरले म्याग्दीको बेनी अस्पताललाई ५ वटा अक्सिजन सिलिण्डर प्रदान गरेका छन् ।

एनआरएनले संस्थागत सहयोग उठाइरहेको भएता पनि तत्कालका लागि कोरोना महामारीमा अक्सिजन अभाव हुन नदिन कुँवरले व्यक्तिगतरुपमा उक्त सिलिण्डर बेनी अस्पतालले संचालनमा ल्याएको अक्सिजन बैंकलाई प्रदान गरेका हुन् ।

लामो समयदेखि कोरियामा बस्दै आएका म्याग्दी जिल्लाका कुँवरका तर्फबाट बिहीबार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल र अस्पताल प्रमुख डा. जितेन्द्र कँडेललाई हस्तान्तरण गरिएको छ ।

‘देश अक्सिजन अभावमा तड्पीरहँदा मेरो मन बेचैन भयो र धेरै खोज्दा तत्काल ५ वटा अक्सिजन सिलिण्डर उपलब्ध गराउन सम्भव भयो’ कोरियामा नै रहेका कुँवरले रोजगार मञ्चलाई भने‘ म अझै सकेको सहयोग निरन्तर गरिरहनेछु साथै यस्तो अवस्थामा विदेशमा रहेका नेपाली तथा नेपाली समुदायलाई पनि सहयोग गर्न आग्रह गर्दछु ।’

कोरियामा रेमिट्यान्स, रेष्टुरेन्ट, ट्राभल एजेन्सीलगयात दर्जनौ कम्पनी संचालन गरिरहेका कुँवर सामाजिक कार्यमा पनि अग्र स्थानमा छन् । समस्यामा परेका नेपालीलाई कोरिया तथा नेपालमा सहयोग गरिरहेका कुँवर नेपाल र कोरियाबीच व्यापारिक सम्बन्ध बिस्तारमा पनि लागिरहेका छन् ।

एनआरएन दक्षिण कोरियाका पूर्व अध्यक्ष, मोना अन्तर्राष्ट्रियका पूर्व अध्यक्ष, एनआरएन आइसीसीमा समेत रहेका कुँवरले एनआरएनमार्फत पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *