एनआरएनएद्धारा भारतमा रहेका नेपालीका लागि हटलाईन सेवा सुरु

news-details

गैरआवासीय नेपाली संघले भारतमा रहेका नेपालीहरुको सहयोगार्थ हटलाईन (टेलिफोन) सेवा सुरु गरेको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्रगतको स्वास्थ्य समितिका संयोजक डा। संजिव सापकोटाका अनुसार भारतमा तिब्र रुपमा बढ्दै गएको कोभिड १९ को प्रकोपबाट ठूलो संख्यामा नेपाली प्रभावित भए पछि संघले स्वास्थ्य सेवा दिने उदेश्यले सो सेवाको सुरुआत गरेको हो ।

कोरोना भाइरस सम्बन्धी कुनै समस्या भए भारतमा रहेका नेपालीहरुले फोन, टेक्ट, भाइवर, ह्वाट्सएप, इमेल मार्फत त्यहाँ रहेका चिकित्सकहरुसंग सिधै सम्पर्क राख्न सक्ने संघले जनाएको छ ।

सो सेवाबाट अतिआवश्यक बाहेकका सेवाहरु नेपालीहरुले लिन सक्ने छन् ।

सो सेवा संचालन गर्नको लागि डा अरुण पौडेल (नयाँ डिल्ली), डा अविरल निधी (नयाँ डिल्ली), डा सागर पौडेल (नयाँ डिल्ली), प्रभावत अधिकारी (नेपाल) रहेको चिकित्सकहरुको टोली खटिएको हो ।

कोरोना भाइरसको संक्रमण कारण हाल सम्म भारतमा ६१ जना नेपालीको ज्यान गएको छ भने तीन हजार भन्दा बढी नेपालीमा कोरोना संक्रमण देखिएको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *