गैरआवसीय नेपाली संघ (एनआरएन)को लगानी रहेको एनआरएन डेभलपमेन्ट फन्डको अध्यक्षमा उपेन्द्र महतो चयन भएका छन् । उक्त फण्डको प्रमुख कार्यकारी अधिकृतमा अनलराज भट्टराई नियुक्त भएका छन् ।
महतो गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष हुन् भने भट्टराई वैकिङ्ग तथा वित्त क्षेत्रका विज्ञ हुन् । एनआरएन फण्ड विश्वभरीका गैरआवासीय नेपालीको लगानीलाई उच्चतम प्रतिफल दिने कम्पनीका रुपमा स्थापित हुने एनआरएनएले जनाएको छ ।
एनआरएनएका अध्यक्ष कुमार पन्तले थप खुशीको कुरा भन्दै आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्–‘एनआरएन डेभलपमेन्ट फन्डले स्पष्ट आकार लिएको छ उहाँहरू दुवैजनाको व्यावसायिक अनुभवको भरपूर उपयोग भई संसारभरका गैरआवासीय नेपालीको लगानीलाई उच्चतम प्रतिफल दिने कम्पनीका रुपमा विकास स्थापित गर्नका लागि हार्दिक बधाइ तथा शुभकामना ।’
प्रारम्भिक चरणमा दस अर्ब रुपियाँ लगानी गर्ने योजनासहित स्थापना भएको उक्त कम्पनीमा संस्थापकतर्फबाट नेपाल सरकारको पाँच प्रतिशत र संघको १५ प्रतिशत लगानी रहने छ भने बाकी ८५ प्रतिशत लगानी विदेशमा रहेका नेपालीहरुको रहने छ ।
विधिवतरुपमा दर्ता भयो गैरआवासीय नेपाली संघको ‘एनआरएन नेपाल डेभलपमेन्ट फन्ड’ कम्पनी








