यो साता कोरोना संक्रमणका कारण विदेशमा थप ४ जना नेपालीको निधन

news-details

कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ४ जनाको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार यो साता कतारमा ३ जना र रुसमा १ जना गैरआवासीय नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण शनिवार साँझसम्म हालसम्म २३ देशमा रहेका ३ सय ४९ जना नेपालीको निधन भएको छ ।

संयोजक डा सापकोटाका अनुसार यो साता माल्दिभ्स, मलेसिया, कतार र युएईमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ ।

हालसम्म ५४ देशमा ६५ हजार २ सय ८७ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएकोछ । तीमध्ये ६२ हजार ६ सय ६३ जना कोरोना संक्रमणमुक्त भएका छन् । विदेशमा संक्रमणमुक्त हुने दर ९६ प्रतिशत रहेको छ ।

अनुरोध

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले पछिल्लो समय नेपाल सहित विश्वकका विभिन्न मुलुकमा पनि कोरोनाको जोखिम थप बढ्दै गएकोले स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेको छ ।

समितिका संयोजक डा सन्जिव सापकोटाले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न, सहि तरिकाले नाकमुख छोप्ने गरि मास्क लगाउन, भौतिक दुरी कायम गर्न, हात धुने-स्यानिटाइज गर्ने, खुला तथा भेन्टिलेसन भएको ठाउ“मा मात्र भेटघाट गर्ने, लगायतका समितिले यसअघि जारी गरेको स्वास्थ्य निर्देशिका पालना गर्न समेत आग्रह गर्नुभएको छ ।

डा सापकोटाले संक्रमणको नया“ स्वरुप बढ्दै गएकाले पनि थप सचेत हुनुपर्नेमा जोड दिनुभएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *